Posted by: Bennedict January 12, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
म चुपचाप कतै कहानी भए,
धमिलो धमिलो बिहानी भए,
मनभित्र गुम्साहट छ,
छटपटी र बेचैनी छ
कसलाई के भनौ?
आँफैलाई थाहा छ
मन भित्र मेरो
अन्तरद्वन्दको ज्वारभाटा छ।

यी लाइनहरु मन पर्‍यो, काब्यत्मक छनक पाए, अन्डीजीको याद आयो, कसरी एउटा भुलले उहाको बर्शौको मेहेनत पानीमा बग्यो। मेरो सानो प्रयास, यी लाइनहरुको सेरोफेरोमा रहेर केही लेख्ने।

म चुपचाप कतै खरानी भए,
फुङ उड्ने धुलो भए,
भएका कयौ रङहरु
एकैछिनमा बेरङ भए
सिर्जिएका कयौ वजनहरु
वजन बगैरका खेस्रा भए
कसलाई के भनौ?
आँफैलाई थाहा छ
चड्कन चिउरा खाएको
गाला मेरो राता छ।

म चुपचाप कतै सिरानी भए,
एक्लै सुत्ने माध्यम भए,
अनिन्द्रा छ, शोक छ
गुमेको गर्व फेरी पाउने
असीम लालसा छ
कसलाई के भनौ?
आँफैलाई थाहा छ
फेरी पनि खोक्ने, तर्साउने
जिउदै अझै पल्पसा छ।
Read Full Discussion Thread for this article