Posted by: AnandNepal January 10, 2021
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
Login in to Rate this Post:     1       ?         Liked by
Interesting @harkhe7
मैले बुझेको कुरालाइ अहिलेको अबस्थालाइ लिएर थोरै लेख्ने प्रयास गरें .. (तर मलाइ रिपोर्टरको रिपोर्ट अधुरो लाग्यो - भारतिय स्कलर को हो .. नाम पनि छैन स्रोतको कुनै उल्लेख पनि छैन। केहिको पनि श्रोत उल्लेख गरिएको छैन।")
"writes one commentator." - who & where ?
"B. P. had spoken to an Indian academic" - name? or just a made up thing?

...
२०१५ सालमा नेपालमा पहिलोपटक निर्वाचन भयो र बिपि कोइरालाको नेतृत्वको नेपालि कांग्रेसले बहुमत प्राप्तगर्यो। बिपिको नेतृत्वमा सरकार बनेको एक बर्ष पछि एक भारतिय बुद्धिजिवि संग कुरा गर्दै शन्तोष ब्यक्तगरेका थिए, "बल्ल एउटा सरकारबन्न नपाउँदै कुनबेला कसले फेर्ने हो भन्ने चिन्ता लिनु नपर्ने भएको छ।"

"अहिले कम्तिमापनि स्थायित्व त बहेको छ। बिगतलाइ हेर्दा यो एक अद्वितिय कुरा हो।"

तर, दुखको कुरा उनले त्यसरि स्थायित्वको बखान गरेको ६ महिना पछि नै उनको सरकार ढल्यो। उनलाइ राजा महेन्द्रले गिरफ्तार गरेर एक प्रजातान्त्रिक र स्थायित्वको प्रयासको अन्त्य गरिदिए।

अहिले ६० बर्ष पछि फेरि त्यहि अबस्था दोहोरिएको छ। त्यो बेला राजाले संसद बिघटन गरेर प्रधानमन्त्रिलाइ बन्धक बनाएका थिए। त्यस बेला जस्तै अहिले पनि पञ्चायत हटेर बहुदल आएको ३० बर्ष पछि बनेका सबै सरकार अस्थाइ रहेका थिए। एक बर्ष भन्दा लामो समय चल्नु नै अनौठो जस्तो लाग्ने अबस्था आएको थियो। अनि, ३ बर्ष अघिको चुनावमा जनताले नेकपाको गठबन्धनलाइ झण्डै दुइ तिहाइको बहुमत दिएर सरकार बनाउन लगाए। इतिहासमा नै सबै भन्दा शक्तिशालि यो सरकारले देश बिकास गर्छ भन्ने ठुलो आशा थियो। तर, सरकार शुरु देखि नै अल्पमतको सरकार जस्तो बन्यो। आन्तरिक कलहका बिच प्रधानमन्त्रिले पटक पट्क मन्त्रिपरिषद फेरबदल गर्दै असन्तुष्ट पक्षलाइ खुशि पार्ने प्रयास गरिरहे। तर, यो गठबन्धन नै जनतालाइ धोका दिएर बनाइएको रहेछ भन्ने प्रचण्डले खुलासा गरे। उनिहरुले प्रधानमन्त्रि नै पालो पालो बन्ने भनेर भित्रि समुझौता गरेका रहेछन। यो गोप्य सम्झौता खुलासा गरे पनि ओलिले प्रम पद छोडेनन, प्रचण्डले उनको खुट्टा तान्न छोडेनन।

यहि खिचातानिको बिचमा इतिहास दोहरियो फेरि संसद बिघटन भयो।

(थपथाप र मिलाउन बाँकि नै छ)
Read Full Discussion Thread for this article