Posted by: AnandNepal December 25, 2020
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
Login in to Rate this Post:     3       ?         Liked by
** बिगठनको इतिहास**
भिडियो तयार गर्दै छु
पहिलो बिगठन - २०१७ सालमा - राजा महेन्द्रले (भिडियो तयार भै सक्यो)

दोश्रो बिगठन - २०५१ सालमा - गिरिजा प्रसाद कोइरालाले - २६ असारमा - सरकारको निति तथा कार्यक्रम स्विकृत नभए पछि (गर्दै छु)

तेस्रो बिगठन - २०५२ - मध्यावदि निर्वाचन पछि अल्पमतको सरकार बन्यो मनमोहन अधिकारिको नेतृत्वमा। ९ महिना पछि अबिश्वास को प्रस्ताव आए पछि संसद बिगठन गरिदिए। तर, भदौ १२ गते सर्बोच्चले पुनर्स्थापना गर्यो। मनमोहन अधिकारिको बिरुद्धमा - नेपालि कांग्रेस र राप्रपाले संसदको बिशेष अधिबेशन

चौथो बिगठन - २०५४ मा २४ पुष मा राजासंग सिफारिस सुर्य बहादुर थापाले । ९६ जना सदस्यले दरवारमा निबेदन दर्ता गरे। सर्बोच्चले प्रतिनिधि सभा बिगठनको प्रयास ।

पाँचौ बिगठन - २०५५ को अन्त्यमा - गिरिजा प्रसाद कोइराला -- कांग्रेस एमाले सरकारको नेता गिरिजाले गरेको शिफारिस कार्यान्वयन भएन । २०५६ मा नियमित निर्वाचन भयो।

छैठौं बिगठन - २०५९ - शेरबहादुर देउवा - कांग्रेसले बहुमत प्राप्त गरेको थियो - सत्ता झगडा - नयाँ राजा ज्ञानेन्द्र शाह - असोज ८ गते संसद भंग गरेर निर्वाचन घोषणा गरे । तर उनले निर्वाचन सम्पन्न गर्न नसकेपछि राजाले शेरबहादुर देउवालाइ असक्षम भन्दै उनलाइ बर्खास्त गरेर आँफैले सत्ता हातमा लिए। त्यस पछि राजा बिरुद्धको जन आन्दोलन ले गति लियो र प्रतिनिधि सभा बिगठित भएको ३ बर्ष पछि पुनर्जिवित गराइयो।

सातौं बिगठन - बाबुराम भट्टराइले संविधान सभा बिगठन गर्ने शिफारिस गरेको - तर दलहरुले मिलेर खिलराज रेग्मिलाइ सरकार प्रमुख बनाएर चुनाव गराएको (यो बारेमा सोधखोज गर्न बाँकि नै छ)

आठौं बिगठन - २०७७ को केपि ओलिको बिगठन

पहिलो भाग यो हो :
https://youtu.be/WdCrZMRkm74


अन्तिम बिगठन प्रचण्ड चुनावसंग डराएको ले भएको रहेछ
https://youtu.be/8TiOfspmwVA
Read Full Discussion Thread for this article