Posted by: AnandNepal December 15, 2020
लाउ "मिना" सिदुर लाउ ... निको पार हृदयको घाउ
Login in to Rate this Post:     1       ?         Liked by
Thanks @Logankobaje ;)

मिना ढकालको स्ट्याटस अपडेट हेर्दै छु ..

यस अघि मिना ढकालले "#बुझ्नेलाइ शृखंड।#नबुझ्नेलाई खुर्पाको बिंड।" भन्नुको अर्थ बुझिएको थिएन - उनले त्यसलाइ प्रष्ट पार्न एक स्ट्याटस लेखेकि छिन :

#बुझ्नेलाइ शृखंड।#नबुझ्नेलाई खुर्पाको बिंड। पंचायत कालमै नेपालमा माओत्सेतुङ,लेनिनका फोटो भएका म्याग्जिन बिक्री हुन्थे, एक्दमै चिल्ला राम्रा,तिन्लाइ हामिले किताबको गाता, खोलको रुपमा प्रयोग गर्ने गरेको याद छ।के ती किताबका कभर हेरेर हामिलाइ विश्लेषण, मुल्यांकन गर्न मिल्ला त?त्यसै गरि अरुको ब्यक्तिगत जीवन भोगाइका कुरा बोल्दा लेख्दा कोइ न्यायाधीश बन्छ र कोइ कसैको तर्फ बाट वकालत गर्छ भने त्यो जति घटिया सोच केही हुन्न।कोइ पनि एकोहोरो सिरियल्ली अन्यायमा नपरि एक तर्फी चिच्यारहन्न। तिमेर्ले देखेको त्यही एउटा कागजि प्रकृया मात्रै हो। कसैको जिन्दगी बेकामे र बोनसमा आको,पाको होइन। सबैको जिन्दगी आफ्नो लागि उत्तिकै महत्वपुर्ण र मुल्यवान हुन्छ। मेरो जिन्दगी स्वास्थ शरीर जिर्ण बनाउने पापि अपराधी संग मैले जोरि नै खोजेको हो।राम्रो तरिकाले भन्दा भेटघाट गर्न नसक्ने हुतिहाराले सन्जालमा उद्घोष गरेर झन सजिलो भको छ।छिटोभन्दा छिटो कानुनी कट्घरामा अन्तत भेट हुने भो खुसी छु।एक्लो जिन्दगी हार जित जे होला तर मेरो कुरा कानुन समक्ष राख्न त पाउछु नि। भिडबाट हुर्केकालाई भिड बिना डिप्रेसन हुन्छ।म ५३ साल देखि एक्लै हो र एक्लो जिन्दगी एक्लो पन देखि कतै डराउदिन र बिचलित हुने छैन।एउटा जाबो पेसा गरि खाने संचारकर्मो जोकर कलाकार जात लाई भगवान मान्ने समाज बाट के नै आशा राख्न सकिन्छ।महिला आफू अन्यायमा नपरे सम्म अर्काको पुरुष लाई महान देखिरहन्छ्न। सबको जिबन भोगाइ दुख पीडा एउटै र देखे जस्तो हुने भए। कोइ पनि दुखी गरिब हुन्थेन।

त्यसपछि उनले लेखेकि छिन -
"मेरो आखाको अप्रेसन गरेर पट्टि र ब्यान्डेज गरेको बेला, एक्छिन पनि रेस्ट गर्न नदिइ गाडिमा राखेर तिल्गंगा अस्पताल बाट सिधै कलंकी बच्चालाई चेकअप गर्ने क्लिनिकमा लगि पुरै सेटिंङ र प्लानिङ सहित झुक्याएर #क्लोनाज लगायतका ट्याब्लेट हरेक पटक दुई बर्ष सम्म आफ्नो निगरानीमा खुवाउनेले जैले छोरीलाई हतियार बनाउछ। मैले दुखले आर्जेको सृष्टिमा मेरै छोराछोरीको अधिकार लाग्छ। बस्न पठाएको हो मैले।त्यो पछि चै आउन नदेको हो र मैले देको सिम,नम्बर फाल्देको हो।। अरु के के सुन्न छ?? पानी माथिको ओभानो.."


त्यस अघि , "ब्यापार र ब्यापारीले मात्रै हो नाफा र घाटा हिसाब गर्ने। म जे मा सन्तुष्ट हुन्छु, खुसी हुन्छु त्यो गर्छु।" भनेकि थिइन ।

अनि, "बिहे हुँदा मन्दिरमा म संग मेरो परिवार थियो बिचरा उ एक्लो थियो।सम्बन्ध बिच्छेद गर्न कागजमा सहि गर्न अदालत जादा ३ वटा गाडिमा उस्का ६ दाजुभाइ उ जन्ती लिएर आएको थियो। तर म एक्लै थिए। ३ करोडले गलत भने पनि कहिले कतै बिचलित हुन्न। न मलाइ कहिले एन्जाइटी थियो न डिप्रेसनको रोगी....! बाकी कुरा कस्को के के उदांगो हुदै जान्छ हेर्दै जाउ....."

अनि, "युद्ध छेडे पछि कि युद्द बिराम गर्नुपर्यो। नत्र ढिलो छिटो एक पक्षको हार अर्को पक्षको जित सुनिश्चित छ।"

डिभोर्सको पुरानो समाचार शेयर गर्दै उनि लेख्छिन, "हट्ने होइन डटि लड्ने.....अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखीका घट्ना परिघट्ना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने।"

त्यसैमा थप कमेन्ट गरेकि थिइन - "बलात्कार,रंगेहात, विभिन्न समयमा बिदेश जादा महिनौ सम्म लिभींङ रिलेसनमा रहेका कुरा पनि आउछ्न नि। २२ बर्षमा के के भए त्यो पछि आफ्नो सर्कलमा के कस्तो आरोप लाको छ सबै प्रमाण चाहिन्छ। के गर्नु आफू सहानुभूति चाहिने मान्छे परिएन..."

यि सबै स्ट्याटस मैले यस अघिको रिपोर्ट पोष्ट गरेपछि शेयर गरिएका हुन। प्रत्येक १-२ घण्टाको अन्तरालमा पोष्ट गरिएका हुन । स्क्रिप्ट लेख्दै गर्दा एउटा स्ट्याटस लेखेको २ घण्टा अर्को, ४ घण्टा, हिसावकिताव को स्ट्याटस ८ घण्टा, १० घण्टा, र ११ घ्ण्टा अघि पोष्ट गरिएका हुन ।

पुर्वपत्निका यस्तै बारंबारका आक्रमण पछि बाध्य भएर मनोज गजुरेलले उनि बिरुद्ध कानुनि उपचाअरको खोजि गर्ने भनेर भनेका थिए। यदि मनोज गजिरेलले साँच्चिकै कानुनि उपचार को खोजि गरेमा मिना ढकालका यि प्रत्येक स्ट्याटस उनको बिरुद्ध प्रयोग हुन सक्छन। कानुनि लडाइँमा सक्दो कम बोल्नु र बोल्दा पनि जोखेर तौलिएर बोल्नु पर्ने हुनाले कानुन ब्यबसायिको सल्लाह गरेर मात्रै बोल्ने गरिन्छ।
Read Full Discussion Thread for this article