Posted by: logan December 4, 2020
Regarding Flex loan
Login in to Rate this Post:     2       ?         Liked by
हिसाब किताब राम्रै देखिन्छ , हिसाबकिताब सङ्ग जोडिएका अरु कुरा लाइ मध्यनजर गर्नु ठिक होला ?

नगदी हात पर्ना साथ् नेपाल पठाउनु पर्यो अनि तुरुन्तै लगानी गर्नु पर्यो |
यहा नगद लिएर नेपाल पठाउनु पर्यो अनि त्यहा लगानी गर्नु पर्यो |
मासिक १५०० प्लस ब्याज तिर्नु पर्यो , याने सबै पैसा लगानी गर्न सकिन्न , मासिक तिर्न केहि नगद राखी छोड्नु पर्यो |
उता लगानी मा मासिक ब्याज उठाएर एता पठाउनु पर्यो : पठाउने खर्च पनि जोड्नु पर्यो |
लगानी उठन सकेन भने धरोउटि बिक्रि गरि उठाउनु पर्यो , तेस्लाई लाग्ने समय पनि जोड्नु पर्यो |
अहिले १ डलर बराबर रु ११९ जति होला , ऋण तिरुन्जेल सम्म त्यो रु ११९ मै बसी नराख्दैन बरु बढेर १२२ -१२५ पुग्ला ?
खुद नाफा ३ वर्षमा $३२४००-$१२९६० = $१९४४० को हिसाब किताब दुरुस्त देखिन्न ? कहिँ नास ले झैँ लगानी गर्यो अनि बेच्ने बेलामा गुलामा हात राखेर सुत्ने काम झैँ नगर्नु है |

कुराको चुरो : बन्दुक र गोला पनि अरुको श्रम मात्रै आफ्नो लगाएर बाघ कै सिकार नभएर बच्चा हरिण हात पारीए पनि सुन मा सुगन्ध मिले जस्तो होईन र ? ढुकुटि खेलका मास्टरले जबाफ देलान |
Read Full Discussion Thread for this article