Posted by: thankeshwor November 8, 2020
Breaking : मेलानियाले गरिन trump संग सम्बद बिछेदको घोसणा
Login in to Rate this Post:     0       ?        

भाया,

ओराली लागेको हरिण लाई बाछीले नि लखेट्छ, मरेको मान्छे लाई जुम्राले नि छोडछ । trump को पराजय संगै अन्तत मेलानियाले नि सम्बन्ध बिछेदको घोसणा गरेकी छिन् ।

उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको dailymail ले दाबी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ ।
ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।
२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो ।
तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।
Read Full Discussion Thread for this article