Posted by: AnandNepal September 28, 2020
लोड शेडिङ भै सक्यो रे ..
Login in to Rate this Post:     0       ?        
लोड शेडिङ कुलमानले *हटाएकै होइन* रे -- सरकार निकट ले यस्तो भन्न थालेका छन :

-> २०७२ कार्तिक ४ गते पहिलोपटक झापामा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १ बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए रे।
-> २०७२ माघ १ गते पर्वतको कुश्मा बजारमा तत्कालिन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि एक बर्षभित्र लोडसेडिङ अन्त्य हुने बताए - एक बर्षमै २५० मेगावाटका जलविद्युत आयोजनाहरु सकाउने लक्ष्य र १० बर्षभित्र १० हजार मेगावाटका राष्ट्रिय योजना बनाउने भने।
-> त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पुष्पकमल दाहाल प्रचण्ड प्रधनमन्त्री बने ।
-> त्यसपछि बल्ल २०७३ भदौ ३१ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए।
-> २०७३ सालको कार्तिक(लक्ष्मीपूजाको दिन)देखि काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको थियो ।

ओलिले भनेकै कुरा गरेको कुलमानले - ओलिले सिकाएर लोडसेडिंग अन्त्य गरेको भनेर नभनेकोमा प्रधानमन्त्रिको गुनासो रहेछ । ओलिले भाषण नगरेको भए कुलमानले कसरि थाह पाउँथ्यो लोडसेडिंग अन्त्य गर्न मिल्छ भनेर ??

तेसैले, बढि जान्ने हुने घिसिंङ लाइ घोक्रेठ्याक लगाइदिएको रे ! यो लेखको लिंक कसैलाइ चाहिए भन्नु म खोजौंला .. ..
Read Full Discussion Thread for this article