Posted by: underwear September 21, 2020
विश्वास
Login in to Rate this Post:     2       ?         Liked by
खतरा कविता, पढ्न २० मिनेट लाग्यो, बीच मा दुई चोटी निदाएँ आनन्द आएर, अझै लामो हुनु पर्थ्यो अनि पढ्न मजा आउंथ्यो, यस् बारे म तीन वटा रिसर्च पेपर लेख्न सक्छु र दुइटा नेट्फ्लिक्स सिरिज बनाउन सक्छु.

हजुर को यो दिव्य कविता लाई म गरीब को त्यस्तै लामो हरफ भाको  मिल्ने कविता ले जवाफ दिने प्रयत्न गर्छु

बरालिएको यो मेरो जीवन मा यो कविता ले शीतलता प्रदान गर्‍यो
बाँकी को शीतलता साझा खोलेर सान प्रधान ले गर्‍यो
हिजो बिहान मेरो साली को सानो देखी पालेको सुगा मर्यो
कसरी मर्यो थाहा पाइएन शायद कोरोना सर्यो

हजुर जस्तो खतरा कवि अहिले सम्म देखिएकै थिएन
हजुर देखेर भानुभक्त को घांसी को कुँवा बाट पानी कसैले पिएन
हजुर को यो धाँसू कविता कुनै पत्रिका ले लियो की लिएन
त्यस्को साटो हजुर लाई एक मिलियन डलर दियो की दिएन
Last edited: 21-Sep-20 10:52 AM
Read Full Discussion Thread for this article