Posted by: AnandNepal August 29, 2020
नेपाललाइ अंग्रेजले किन जित्न सकेन ? (शिख साम्राज्यमा जस्तै मारकाट त गराएकै थियो)
Login in to Rate this Post:     0       ?        
नेपालमा कोत पर्व, भण्डारखाल पर्व सबै अंग्रेजको सहयोगमा भएको हुन सक्छ ..
तेस्तै काण्डै काण्ड गराएर शिख साम्राज्यलाइ अंग्रेजले हडपेको रहेछ ।

राजा रंजित सिंह मरे - त्यसपछि उनका दुइ छोरा, एक नाति, पनाति जन्मनु अघि वा जन्मने बित्तिकै मारिएको हुन सक्छ ।
त्यसपछि बेलायतले शिक साम्राज्य हडप्यो।

नेपालमा पनि त्यस्तै त्यस्तै घटनाहरु भएका थिए - त्यहि समयमा । अंग्रेज बिरोधिहरु सबै सखाप पारिंदै थिए।
३० बर्ष शासन गरेका भिमसेन थापालाइ फसाइयो - आत्महत्या गर्न बाध्य पारियो (आत्म हत्या भनिए पनि उनको हत्या भएको पनि हुन सक्छ)

राजा रणबहादुर शाहको हत्या, गिर्वाण बिक्रमको पनि हत्या - वा रहस्यमय मृत्यु
राजा राजेन्द्रलाइ जंगबहादुरले बन्दि बनाए ..

प्रधानमन्त्रिहरुमा पनि माथवर सिंहको हत्या, त्यसपछि अर्का प्रधानमन्त्रि फतेजंगको पनि हत्या ..

पक्कै पनि अंग्रेजहरुको हात छ होला । यो बारेमा बिष्लेषणात्मक रुपमा कसैले केहि लेखेको छ कि छैन होला ?

मैले शिख साम्राज्यको बारेमा छोटो बिश्लेषण गरेको थिएँ । जिन्द कौर को रहिछिन भन्ने बुझ्न खोज्दा । यो भिडियोको फलोअप बनाउन रहर लागेको छ ।

https://youtu.be/zXWn3nhKMRk
Read Full Discussion Thread for this article