Posted by: Bennedict August 19, 2020
Nepalis in USA, can you help with these 2 issues, please?
Login in to Rate this Post:     0       ?        
सुरेन्द्र जी,
तपाईंले सोधेका दुई प्रश्नहरुको उत्तर दिने प्रयास गर्दै छु। म तपाईंको लेखहरु पढ्ने चै गर्छु है कमेन्ट चै गरिहालेको थिएन।

# म ट्रम्पलाई सप्पोर्ट गर्छु या गर्दिन भन्दा पनि ट्रम्पको कुरा मान्छेहरु किन सुन्छन र किन सजिलै बुझ्दछन भन्नेमा जाउ। यो बिश्लेशन चै धेरै मान्छेहरुसँग गरेको सम्वाद र पत्रीका पढे पछीको मेरो बिचार हो। ट्रम्पको स्पीच र बोली सामान्य ज्ञान भएका सबैले सजिलै बुझ्दछन, राजनैतीक पोलिसी र ठुला ठुला गहन शब्दवाली राखेर ट्रम्पले कहिले बोल्दैन, उसले बोलेको कुरा हाइ स्कुल ड्रप-आउटले पनि बुज्दछन, एक किसानले पनि र ठुलै पोस्टमा पुगेका ज्ञाता-बिग्यले पनि। अब उसको कन्टेन्डरहरुको कुरा गर्नु पर्दा, साधारण तरिकाले नबुजिने राजनैतीक मापदण्ड, धराताल सबै छुने गरेर बोल्दछन अनी कती चै सामान्य जिबन बिताउने मान्छेहरुलाई असर पर्ने भएता पनि मतलब राख्न चाहन्नन, सुन्न चाहन्नन। हिलारिको ताका यस्तै भएको मैले अनुभव गरे, जहाँ हिलारी ठुला ठुला निति-नियमको कुरा धेरै लेयरमा कुरा गर्थिन, ट्रम्प चै पर्खाल बनाउने, र यसलाई हटाउने, उस्लाई सिध्याउने कुरा गर्दै बसे। अनी तेही कुरा धेरैले बुझे पनि। हिलारिको फेरी पास्ट को कुरा ले धेरै लखेट्यो, ट्रम्पलाई पनि लखेटेको त हो, तर उसले बोलेको कुरा धेरैलाई घत लाग्यो र के भयो, सबैलाई ज्ञान नै छ। र मैले धेरै रजिस्टर्ड डेमोक्र्याटहरुले बूथमा गएर त्रम्पलाई भोट् हालेको पनि थाहा पाए। मेरो बारेमा भन्नुपर्दा, टीपीएस सरले भन्नुभाको जस्तो हामीहरुलाई चै जुन प्रेसिडेन्ट आए नि तेस्तै हो, जे गरे पनि आँफैले गर्नु पर्छ, कुनै प्रेसिडेन्ट माथि यती धेरै डीपेन्डेन्ट पनि हुनुहुदैन। ओबामाले मलाई यो ज्ञानभास गरिदिएको भनौ। तेसैले म तपाईंको यो प्रश्नमा चै "न्युट्रल" रहन चाहन्छु है।

# म बीफ खान्न, तर भुलेर/ झुक्केर चै खाए, अमेरिका आएर भनौ। तर जानी जानी चै खान खोज्दिन। यसमा चै मेरो हिन्दू धर्मप्रतिको श्रद्धा भनौ। सानै देखी पढेको, गाई भगवानको रूप भनेर, अनी गाइसँग धेरै कथा ईतिहास छ क्यार नेपाल देश उत्पती बारे पनि। (कसैलाई त्यो कथा थाहा भए भन्नुहोला) अब सानो देखी सुनेको, कसैले कसम हाल्नु पर्‍यो भने भन्ने गर्थे, "गाइको मासु खाने" म यस्तो कहिले गर्दिन आदी। शायद त्यस्तो कसम खाने चलन हराउछ होला अब। मैले नि देखे, धेरै नेपालीहरु मतलब गर्दैनन। तेसमाथि तेत्रो धेरै स्वत्रतन्ता भएको देशमा छौ।
Read Full Discussion Thread for this article