Posted by: tps2gc August 17, 2020
Where to invest ?
Login in to Rate this Post:     0       ?        
भाई जिन्दगिमा आर्थिक रुपमा लाटो हिसाब ले अगाडी बढ्नु छ भने जग्गा र स्टकमा खेल्नु ( manipulate ) गर्नु जरुरि छ । यता को पैसा उता उता को पैसा यता । स्टकको खतरा खेलाडी नभए सम्म अम्रिकामा राम्रो प्रगति गारो छ, स्टकको ० knowledge छ भने आजै बाट सुरुवात गर्नुस । robinhood dowonload गर्नुस , penny stock मा खेल्नुस, idea लिनुस १ २ सय लगानी गर्नुस, नाफा कमाउनुस, कैले कहिँ घाटा खानुस । basically स्टकको idea लिनुस , fb मा stock पण्डित छन् तिनको कुरा सुन्नुस , YouTube हेर्नुस । stock मा आजको भोलि काया पल्ट हुन्न तर उतार चदाप् र छाल हरु आई रक्छन, येस्तै छालले कैले बगरमा फाली दिन्छ कैले महलमा फाली दिन्छ , धैर्य गर्नुस ।

7 वर्षमा 5० के बचत गर्नु भयो भने पछि basic job नै गर्नु हुन्छ जस्तो लाग्यो। खान पिन खर्च कटाएर तेती बचाउनु भनेको राम्रै हो, तपाई मा बचत गर्ने छेमता रैछ अब बचत लाई multiply गर्नु पर्यो । ५ महिना पहिले यो प्रस्न र ५० k हात मा लिएर आउनु भएको भए tesla मा लगानी गरेर ऐले कम्तिमा 200k हुने थियो, ऐले tesla मा लगानी गर्न असम्भब छ ,

ऐले भएको ५० k मध्ये ४० k नेपाल पठाउनुस, जग्गाको भाउ सस्तो छ काभ्रे, धुलिखेल परि १ रोपनी आउने जग्गा हेर्न लगौनूस अनि जग्गा हान्नुस। १० के यता भैपरी आउने खर्च र stock खेल्न राख्नुस । फेरी १० के नाई stock मा नहाल्नुस पैले बुझ्नुस used to हुनुस अनि खेल्नुस ।
क्रेडिट स्कोरे राम्रो राख्नुस, कुनै पनि बेला stock लाई पैसा चाहिन सक्छ ।
मेहेनत गर्नुस आज वा भोलि सफलता हातमै छ । stock को basic जानकारी लिनुस । सबै भन्दा ठुलो कुरो मुर्ख संग दोस्ती भन्दा बुद्धिमान संग दुस्मनी गर्नुस केहि कुरा सिकिन्छ ।

यो साझाका stock player को idea खासै कामलाग्ने छैन, सबै सिकारु छन्, यिनको पछि लाघे झन् काम बिग्रिन्छ । साझामा जो जान्ने सुन्ने छन् तिनीहरु लेख्दै लेख्दैनन, म जस्ता सिकारु बोलेका बोलाई छौ ।
५० K हात मा लिएर हिड्नु भनेको time बम बोकेर हिड्नु जस्तो हो, ठाउँमा फाल्नु भयो भने खजानाको ढोका खुल्छ येतिकै राख्नु भयो भने आलु बम भएर एक दिन ओसिएर फुस्स धुवा मात्र निस्किन्छ ।
Read Full Discussion Thread for this article