Posted by: Bennedict August 14, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
टीपीएस सर,
म हराको छैन, यही छु, तेही त हो, बिल तिर्नै पर्‍यो हैन? साझामा आएर अब कती रामायाण फलाक्नु नि हो। अनी म साझाको watch-guard पनि हैन हो। कस्तो उपाधी दिनुभाको होला। लोल। साझाको शुद्धिकरण, नीर्मलिकरण मैले गरेर हुने भए, नास् सर अहिले बिहे गरेर छोराको डाइपर चेन्ज गर्दै बस्नुहुन्थ्यो होला। अब बेला बेला उहा र अन्डिजीको करतूतहरुको कारस्तानी सुने भने अनी अजिब लागेर आउँदा लेख्छु, कस्ता कस्ता मान्छेहरु हुँदा रहेछन भनेर, शायद म नै गलत टाइममा पो जन्मे कि?
गन्धर्वजीले लेख्नु भाको तथाकथित आपत्तिजनक लेख मैले पढ्न छुटाए होला, अनी उहाले कुन कन्टेक्स्टमा भन्नु भाको थियो, बाहुन सम्बन्धी कुरा, मैले चै केही मेसो नै पाउन सकिन, अनी फेरी लोगनजीले साझाका गाडु हवल्दारहरुलाई सन्देश भनेर लताड्नुभयो, म त कन्फ्युज्ड थिए, कसले कसलाई के भनेको, किन भनेको होला भनेर। एक त लोगनजी ले हमेशा धेरै लेयरमा कुरा गर्नुहुन्छ अनी कस्लाई इङीत गरेर भनेको हो, लेखको मुल सार के हो मलाई बुज्न गाहरो हुन्छ। साचै भन्नुपर्दा, मैले उहाले लेखेको १००% मा मुश्किलले ३०% बुजे मलाई ठुलै कुरा हुन्छ, अब यस्तो भाषा लेख्ने मान्छे रियलमा भेटे कसरी कुरा गर्छन् होला त लाग्छ बेला बेला, पक्कै पनि slc मा नेपालीमा चै लोगनजीले ७०% कटाए होलान। अब कुलङारहरु, नचाहिदो बेला ग्रुप बनाएर एक पछी झुन्डिने चुर्ने रूप लिएका के के भन्नु भाको छ, अब मलाई मात्र त भन्नु भाको हैन होला। भन्नु भाको हो भने नि, लोगनजीलाई के भन्न चाहन्छु भने, मैले तपाईंहरुको यो बाहुन सम्बन्धी डिस्कशनको पुरै ज्ञान भएन, तेही भर नबोलेको हुँ हजुर। अब ज्ञान नभाको कुरामा बोलेर आफ्नै बेइज्जत के गराउनु नि हो।
अर्को मुल कुरा म कन्फ्युज्ड हुनको कारण लोगन नामका दुइटा आईडी देख्छु म यहाँ अनी को को हो, म आँफै अर्ध-चेत छु, क्यापिटल लोगनजी ओरिजिनल होला, उहाको कुरा गर्ने शैली एउटै छ तर अर्को स्मल लोगनजी को शैली प्रश्ट छ भन्नु पर्दा, अब लोगनजी पहिला यो कन्फ्युजन हटाउनुस् हजुर, अनी केही कुरा हुन सक्ला हजुर।
त्यो जुन स्टेट्मेन्टको कुरा गर्नु हुँदै छ, मलाई थाहा छैन, कसरी भनिएको थियो, अब मैले के भन्ने, सुन्दा चै सार्है अराजक र घोर साम्प्रदायिक चै छ। जतिसुकै हामीहरु आँफैलाई प्रोगेस्सिभ भने पनि हामीहरु आफ्नो बाहेकको अरु जातहरु प्रती कुनै न कुनै रुपमा नराम्रो वाक्यन्श चै बोल्छौ बोल्छौ, लोगनजी तपाईंलाई सोध्छु म, के तपाईंले कहिले आफ्नो बाहेकको अरु जातहरुमा कहिले कुनै अराजक शब्द या वाक्य नै बोल्नु भएन होला त जिबनमा? साझामा राम बन्न त सजिलो छ नि हजुर।
Read Full Discussion Thread for this article