Posted by: tps2gc July 29, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     1       ?         Liked by

name change गर्न पाउनु पर्यो !!

आदर्निये साझा admin ,

यो TPS नामले म आफै लाई haunt गर्न थाल्यो , कृपया नाम परवर्तन गर्ने सुबिधा मिलाई दिनु होला ।

कसोरी रह्यो त मेरो नाम TPS ?
यो account मेरो एउटा भाई ले खोलि दिएको हो , जाठो लाई मेरो वास्तविक नाम चै नराखी खोल होइ भनेको tps2gc राखेछ । अब त्यो बेला राम श्य्म्म हरि जे राखे नि हुने एस्तो नाम राखेछ । हुने त भाई tps हो gc कै चक्कर म़ा छ तेइ भएर तेस्को मनमा तेइ आयो होला त्यो बेला । पैले पैले तेसैले use गर्थियो ऐले म full timer हो , login logout म आफै गर्छु ।

tps राखेर मलाई केहि नराम्रो त भाको छैन तर मेरो साझाम़ा nickname नै " tps बुढो " भाको छ उता नेपालम़ा माग्ने बुढो जस्तै । inbox म़ा प्रस्न नि आऊछन् tps सम्बंद्धि परामर्सा को बारे । आफु लाई tps को तातो भुत्लो केहि थाहा छैन अब response नगरौ ठुलो भाको भन्छन गरौ idea नभाको बिसए म़ा के बोल्नु ?

केटो लाई change गर्दे भनेको मिल्दैन भन्छ , मिल्दैन भने किन तेस्तो नाम राखिस त जाठा भन्छु खितितिति हास्छ ।

लु यो सुबिधा थप्दिनु पर्यो, मिल्छ भने /

Read Full Discussion Thread for this article