Posted by: underwear July 28, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
बेन्नेडिक्ट ज्यु,

नम्रता का साथ जवाफ फर्काउनु भएको मा म आभारी छु. तपाईं आफ्नो जोन मा हुनुहुन्छ, म आफ्नो जोन मा छु. हामी एक अर्का को हर कुरा मा सहमत नभएपनि तपाईं ले समय लगाएर आफ्नो तर्क को व्याख्या गर्नुभयो र म त्यही सेन्टिमेन्ट मा तपाईं को उत्तर दिन्छु. साथै साझा का हर कुरा लाई ब्रम्हवचन् नठान्न आग्रह गर्दछु. वान्स अगेन यो साझा हो, बी बी सी हैन, यहाँ मान्छे हरु सँवाद हैन विवाद मन पराउंछन्.

कुरा आयो भगवान, देउता, मन्दिर, आस्था, विधी-विधान, परम्परा आदी को - हामी कट्टर हिन्दूपन्थी धर्म र पाप; र पूजा र श्राप मा यति विश्वास गर्छौँ हाम्रो मानसिकता त्यो भन्दा अघि बढ्न सक्दैन. ल ठीक छ तपाईं लिबरल् हुन्हुन्छ रे, लिबरल् कुन माने मा हुनुहुन्छ त्यता तिर नजाउँ. मान्छे पढेलेखेको हुनुहुन्छ, सही-गलत के हो छुट्ट्याउन सक्नुहुन्छ. बस्नुहुन्छ न्यु इङ्ल्यान्ड तर शायद नेपाल मा परिवार अवश्य पनि होलान. तपाईं नम्रता पूर्वक आफ्नो माता पिता, गण्य मान्य सित कुरा गर्नुहुन्छ, आदर र इज्जत गर्नुहुन्छ तर वहाँहरु को गलत कुरा लाई मन नपरे पनि गलत भन्ने हिम्मत गर्नुहुन्न. मैले माथि भनेको थिएँ, सबै कुरा ब्रम्हवचन् हुँदैनन, त्यसैले घोक्रेठ्याँक् भन्ने कुरा लिटरल्ली नभएपनि तपाईं पढेलेखेको मान्छे ले च्यालेन्ज गर्न सिक्नुपर्छ किनकी तपाईं को घर मा अहिले पनि तपाईं को वयस्क भाइ (छ भने मात्रै है ) को होइन बल्की तपाईं को बुढा आमा बाबु को हैकम चल्छ. र जबसम्म चल्छ तपाईं का भतीजा भतीजी ले कहिले पनि स्वतन्त्र सोच राख्न पाउँदैनन र नेपाल को घिनलाग्दो समाज को हिस्सा हुन्छन्. नेपाल मा यहाँ जस्तै भिन्नै घर जम हुने भएको भए म यस्तो कुरा गर्दिनथिएं होला तर दुर्भाग्यवश सबै सामुहीक परिवार मा बस्छन, बच्चा हरु ले त्यही हावादारी आडम्बर को कुरा सिक्छन्.

म नास्तिक हुं, एक नम्बर को स्वार्थी हुं. मलाई आफ्नो र आफ्नो परिवार को मात्रै चिन्ता छ, बीच बीच मा कुनै कुनै सत्कर्म गर्छु, तर अल इन अल म एक स्वार्थी मान्छे हुं. अचम्म को कुरा के छ भने म सबै लाई म भन्दा बढी स्वार्थी देख्छु तर कोइ आफ्नो स्वार्थ लाई स्वीकार गर्न चाहंदैनन. म आफ्नो छोरो लाई पनि नास्तिक, अधर्मी बन्न सिकाउँछु तर परेको बेला अरुलाई मदद गर्न, मिठो बोल्न, उदार हुन सिकाउँछु. स्वार्थ उसले आफैं सिक्छ, तर आम नेपाली जस्तो राम र कृष्ण मा विश्वास गर्न थाल्यो भने त्यो मेरो हार हुनेछ.

तपाईं नेपाल सन्स्क्ऋती र समाज को परिचय विश्व लाई दिनु भन्नु हुन्छ. हिमाल, पहाड, खुकुरी र गोर्खाली को तपाईं को छाती चौडा पार्छ, मेरो केस्ले पार्छ थाहा छ? अाधारिक संरचना, ठोस् पुर्वाधार, अशिक्षा को निवारण, बलियो अर्थव्यवस्था, रुदिवादी परम्परा को विलोपन र प्रौढ शिक्षा (त्यो कुरा अत्यन्त जरुरी छ किन कि नेपाली घर मा रजाइं अहिले पनि सासू ससुरा को हुन्छ, लोग्ने को हुँदैन).

हिमाल ले खान दिँदैन, पशुपति ले लाउन दिँदैन, खुकुरी र कुनै जमाना को वीरता ले बस्ने घर दिँदैन. जबसम्म हामी त्यो पुर्वज ले खनिदिएको शान र मर्यादा को खाल्डो बाट बाहिर निस्केर अरु देश सित आफूलाई तुलना गर्दैनौँ र आफ्नो विक्रिती सुलझाउँदैनौ हाम्रा बच्चा हरु आफू नेपाली भने पछी लाज ले मुख लुकाउँछन्. यो भन्दा ठुलो कटु सत्य एउटा नेपाली को लागि अरु केही होइन.
Read Full Discussion Thread for this article