Posted by: harkhe7 June 23, 2020
नयाँ नक्शा, नागरिक्ता येन र MCC
Login in to Rate this Post:     0       ?        
@The Thamelan मैले यो क्षण लाई नेपालको इतिहास, भूगोल र राजनीतिको संगमको रुपमा हेरेको छु | पहिला इतिहासको कुरा गरौं | वीर गोर्खाली को कथा त कसलाई थाहा छैन होला र | गोर्खालीले British India सँग मात्र लडेनन | त्यत्ति बेला गोर्खालीको तिब्बत र चिन सँग पनि लडाइँ भएकोे थियो | त्यत्ति खेर लडेर नेपालको सार्भमौम सत्ता जोगाये | र आजसम्म पनि त्यही बिरताको इतिहासले गर्दा नेपालको Sikkm, भुटान अथवा तिब्बतको अवस्था आएन |

अब भूगोलको कुरा त सबैलाई थाहा छँदै छ | नेपाल दुई ठुला देश India र चिनको बिचमा पर्दछ | र ऐले चिन बिस्वोको सक्तिको रूपमा उदाइसकेको छ भने India पनि बिस्वो सक्ति बन्न चाहन्छ |

अन्तिममा नेपालको अहिलेको राजनीतिक अवस्थलाइ हेरौ | अहिले नेपालमा India मा जस्तो प्रजातान्तृक बेबस्था छ भने चिनमा जस्तो communist पार्टी को सरकार छ | यो राजनीतिक बेवस्था पनि धेरै आन्दोलनहरु र राजनीतिक उथल पुथल पछि आएको हो | राना, प्रजातन्त्र, पन्चायेत, फेरि प्रजातन्त्र, फेरि राजतन्त्र र अन्त्यमा अहिलेको गणतन्त्र |

यदि यी तीनै कुरा नभएको भय यो क्षण नै आउदैन थियो नेपालमा | त्यसैले यो क्षण सक्तिसालि छ किनभने यसले बिस्वोको ऐलेको बेवस्थालाई नै परिबर्तन गर्न सक्छ |

Read Full Discussion Thread for this article