Posted by: AnandNepal March 25, 2020
नेपालीले पायो भने गर्छ - अंग्रेजी गित गाएर बिश्वप्रसिद्ध गायकलाई नै रुवादियो त!
Login in to Rate this Post:     0       ?        
"यसले त मलाइ रुवायो" जजलाइ नै रुवाउने प्रस्तुति अमेरिकन आइडलमा नेपालि गायक दिवेश पोखरेलको

https://www.youtube.com/watch?v=X3Mf-X-ckjg

(भिडियोको स्क्रिप्टको शुरुको भाग)

दिवेश पोखरेलले अमेरिकन आइडलमा साँच्चि नै हंगामा मच्चाइ रहेका छ । अडिसनमा नै तिनै जना जजलाइ प्रभावित पारेका दिवेशको प्रत्येक प्रस्तुति बिशेष हुने गर्दछ । प्रत्येक प्रस्तुतिमा उनले दर्शक र कार्यक्रमका जज हरुको मन जितिरहेका छन । अझ दिवेशको सोमवार भएको प्रस्तुतिमा त एक जज यति डुबे कि उनले आँशु रोक्न नै सकेनन । पोखरेलको प्रस्तुति को अन्त्यमा आँशु पुछ्दै जज लियोनल रिची ले भने "यसले त मलाइ रुवायो" ।
आइ एम सरि आइ जस्ट ब्रोक अप नाउ - भन्दै फेरि उनले "आइ एम सरि " भन्दै गर्दा अर्कि जज केटि पेरि हाँसेकि थिइन ।

त्यस अघि दिवेशको प्रस्तुती सकिने बित्तिकै तीनै जना जजले उठेर "स्ट्याण्डिंग ओभेसन दिएर सम्मान गरेका थिए ।

गित सुन्दै गर्दा लियोनल रिचि कति मख्ख परेर सुनिरहेका थिए भन्ने यो एक्प्रेसनले प्रष्ट पार्छ - आँखा चिम्लेर मग्न हुँदै मुस्कान सहित सुन्दै गर्दा उनको घाँटिका नसा कसिएर तन्किएका छन ।

गित सकिने बित्तिकै सबै भन्दा पहिला केटि पेरि तालि बजाउंदै उठेकि थिइन भने त्यस लगत्तै अन्य जजहरु पनि उठेर तालि बजाएका थिए।
Read Full Discussion Thread for this article