Posted by: ktmpost January 30, 2020
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
Login in to Rate this Post:     0       ?        

१६ माघ, काठमाडौं । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)को अनुसन्धानबाट खुलेको छ ।

बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वैध भएको अदुअआको निश्कर्ष छ ।

मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अदुअआका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

https://www.onlinekhabar.com/2020/01/832583

Read Full Discussion Thread for this article