Posted by: Samrat Singh Karki January 22, 2020
कुन चाही गाडि ठिक होला त !
Login in to Rate this Post:     0       ?        
सर तपाइको अनुभब के छ मेरो अनुभब मा चै गाडीमा धेरै पैसा हाल्नु बुद्धिमानी हैन भन्ने लाग्छ, मैले १७ को highlander X LE लेको अति महँगो पर्यो, मेरो सोच चै कम्तिमा अब यो गाडी ८ /१० वर्ष कुदौचू भनेर महँगो गाडी लेको, गाडी नि first क्लास छ तर के गर्नु यो २ वर्ष को अन्तरलमा कति नया नया feature भाका सस्ता गाडी आइ सके, १० वर्ष कुदाउने भनेर किनेको गाडी ३ वर्ष मै पुरानो लाग्न थाल्यो , मेरो बुबा १९९५ को cruiser ऐले नि चलार हिड्नु हुन्छ नेपालमा , मैले नि तेही सोचेर १० वर्ष highlander चलौचु भनेर किनेको, जमाना कहाँ तेस्तो पुरानो रह्यो र, अब त हरेक ३ ४ वर्ष मा गाडी नफेरे outdated हुइने / ऐले मलाई यो गाडी बोक्नु न टोक्नु भा छ, बेच्न खोजेको आफ्नो लागेको जति मुल्य नआउने, आफ्नो loan amount मा घटाएर दिने कुरो नि भएन

मेरो विचार मा चै राम्रो वार्रेंटी भाको सस्तो SUV किन्ने ३ ४ वर्ष चलाउने फेरी नया संग साट्ने / अब को ३ ४ वर्ष मा त गाडी को पुरै रेवोलुशन हुने वाला छ, ऐले का emission गाडी त धेरै phase out हुन्छन, तेतिखेर हामी all electric vehicle तिर जानु पर्ने हुन सक्छ , ऐले नै ४० -४५ हजारको गाडी किनियो भने चै फेरी ६ ७ वर्ष लै हामी luck -up हुन्छन loan मा , तेसैले मैले चै ऐले मेरो गाडी बिक्रि भयो भने २१ हजार को TUCSON लिने तेस्लाई ३ ४ वर्ष चलाउने अनि ५ हजार depreciation कटाएर बेच्दा त कतै घाटा लाग्दैन / महँगो गाडी लिदा चै lastai depression जाने , अस्ति dealership मा सोदेको मेरो single handed १७००० mile गुडेको गाडी को टाकन टुकन गरेर ११००० depreciation कटायो त्यो पनि फेरी उसकै बाट नया गाडी लिनु पर्ने रे

टोयोटा/होन्डा का dealer हरु माहा ठग, हाम्रो गाडीको पैसा पुरै घटाउने अनि उनीहरु बाट तेइ गाडी लिनु पर्यो भने कति महँगो / होन्डा को SUV भन्दा hyundai को SUV १२००० जति सस्तो पर्न औछ ( same feature वाला को ) गाडी को main problem भनेको engine र transmission हो तेस्मा hyundai को राम्रो वार्रेंटी छ/ २५००० तल राम्रो   SUV new कतै देख्नु भयो भने भन्नु होला

Last edited: 22-Jan-20 01:03 PM
Read Full Discussion Thread for this article