Posted by: AnandNepal January 18, 2020
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Login in to Rate this Post:     1       ?         Liked by
अपडेट भिडियो बनाएको छु -- आस्थाको गल्ति छ ।
तर, प्रहरि प्रतिको मानिसको धारणा पनि सुन्नै पर्छ - तेसैले यो भिडियो बन्यो (स्क्रिप्ट तल छ) :

https://youtu.be/dFwTlCOht3s

गायिका आस्था राउतले विमानस्थलको सुरक्षामा खटिएकी महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै एक भिडियो लाइभ मार्फत अक्रोश ब्यक्तगरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा जाँच भइरहेको भिडियो क्लिप नै सार्वजनिक भएको छ। उच्च सुरक्षा रहने अतिसंवेदशील क्षेत्र एयरपोर्टको सिसिटिभि भिडियो यसरि सार्वजनिक हुनु सुरक्षाको दृष्टिले साह्रै नै गैरजिम्मेवार पुर्ण कुरा भएको बताइन्छ ।

सो भिडियो सार्वजनिक भए संगै अर्को समाचार आएको छ त्रिभुवन विमानस्थल आस्था राउतलाइ जाँचको क्रममा दुर्ब्यबहार गरेको भनेर आरोप लागेकि प्रहरी जवान रमिता श्रेष्ठले उल्टो जाँचका क्रममा गायिका आस्था राउतले आफूमाथि दुव्र्यवहार गरेको भन्दै जाहेरी दिएको पनि खवर आएको छ ।

रमिता श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा जाहेरी दिए पछि उनको उजुरि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी कार्यालय रानिपोखरी पठाएको खवर छ। महानगरीय प्रहरी कार्यालयले सो उजुरी माथि आवश्यक अनुसन्धान गरेर कारबाही गर्ने बताएको छ। यसरि आस्था रावत पक्राउ पर्ने प्रवल सम्भाव्ना देखिएको छ । गत शुक्रबार विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो मा गायिका राउतको व्यवहारमा पनि प्रश्न आएपछि राउतले फेसबुकमार्फत फेरि लाइभ आएर आफ्नो बचाउ गरेकी थिइन्।
Read Full Discussion Thread for this article