Posted by: AnandNepal September 24, 2019
के नेपालको झण्डा यति नराम्रो छ र?
Login in to Rate this Post:     0       ?        
Thank you ..
It's very interesting :
आनन्दजीले झण्डालाइ ठाडो नदेखाई तेर्सो पार्ने सुझाब त दिनुभयो तर राष्ट्रिय झण्डा र रास्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ को परिच्छेद २ दफा ११ बजोमिम बखेडा निस्कन सक्थ्यो। सम्पूर्ण स्वरूप नदेखाई चन्द्र र सुर्यको भाग मात्र भवनको शीर देखि पुछारसम्म छोपिने गरी देखाए पनि त्यसरी नै विवाद हुन सक्थ्यो। अझै निहुँ खोज्ने भए बुर्ज खलिफालाई झण्डा देखाउने अनुमति कसले दियो भन्न सकिएला, व्यापारिक प्रयोजनमा वा बिज्ञापनमा प्रयोग गर्न नपाइने कार्यविधि छ, यस्तै यस्तै जति पनि निहुँ खोज्न सकिन्छ; तर "फाइदा के?"

फाइदा त -
- त्यस टावरमा झण्डा पनि कुनै फाइदा कै लागि फहराइएको होला - झण्डाले देशकै प्रतिनिधित्व गर्ने हुनाले राम्रो प्रस्तुति फाइदाजनक नै हुन्छ होला।
- पर्यटन बिकास कै लागि गरिएको हो भने कलात्मक हुँदा अझ धेरै पर्यटक आकर्षित हुन सक्लान।
- आकर्षक र कलात्मक रुपमा देखिंदा सो घटना चर्चित हुन सक्ला, अन्तराष्ट्रिय मिडियामा पनि तारिफ आउन सक्ला।

म डिजाइनर नभएको हुनाले मेरो सुझाव unprofessional and crude थियो । ग्राफिक डिजाइनर हरुले बुर्ज खलिफा अनुरुपको आकर्षक डिजाइन पनि पक्कै बनाउन सक्लान।
Read Full Discussion Thread for this article