Posted by: AnandNepal September 23, 2019
के नेपालको झण्डा यति नराम्रो छ र?
Login in to Rate this Post:     0       ?        
(बुर्ज खलिफामा कमेरो पोतेर टाँसे जस्तो .. अरु सबैको झण्डा गज्जब देखिने नेपालको चाँहि कोटमा टाँसेको जस्तो ! भित्तामा टाँसेको जस्तो)

संविधान दिवसको दिनमा बिश्वकै सबै भन्दा अग्लो बुर्ज खालिफाको बाहिर नेपालको राष्ट्रिय झण्डा को चित्रलाइ प्रस्तुत गरेको भनेर खुवै प्रचार प्रसार भयो। यसै सन्धर्वमा ट्विटर मित्र स्वप्निल ले भारत श्रिलंका र पाकिस्तानको झण्डालाइ त्यसरि नै प्रस्तुत गरेका फोटो शेयर गर्दै नेपालको झण्डाको डिजाइनलाइ राम्रो संग प्रस्तुत गर्न नसकेको भनेका छन।

उनि अंग्रेजिमा भन्छन - यो अपुष्ट डिजाइन निर्देशन, हतार हतारमा कुनै योजना नै नबनाइ कार्यान्वयन गरेको डिआइन हो। हाम्रो देश असफल हुनु पनि हाम्रो यस्तै बिशेषताको कारणले हो।

उनको यो भनाइलाइ धेरैले हाम्रो झण्डा बर्गाकार नभएर त्यस्तो भएको भनेर बचाउ गरेका छन। तर, बर्गाकार नभएर मात्रै राम्रो संग प्रस्तुत गर्न नसकिएको भन्ने तर्क आँफैमा फितलो छ। किनकि राम्रो देखिनको लागि डिजाइन सिमेट्रिक हुनु आबश्यक मानिन्छ। यसको लागि मेरो बिचारमा दुइवटा झण्डा प्रयोग गरेर राम्रो संग प्रस्तुत गर्न सेकिने थियो।

नेपालको झण्डाको महत्व, डिजाइन आदि बिभिन्न चर्चाहरु तलको भिडियोमा हेर्नुहोला !
(भिडियोमा पछि भएका कुरा स्क्रिप्ट नलेखि भट्याएको भएर यहाँ थप्ने मिलेन :)


https://www.youtube.com/watch?v=te_zGIHU_v8

Read Full Discussion Thread for this article