Posted by: AnandNepal September 17, 2019
यति हसाउने लेखक अरु कोहि जन्मेको छैन(अनि, यति रुवाउने पनि कोहि जन्मेको छैन)
Login in to Rate this Post:     1       ?         Liked by
भैरव अर्यालका जय भुँडि, भोलि जस्ता हास्य निवन्ध पढेर मुर्छा परेर हाँसिन्थ्यो पहिला .. अहिले उनको सुसाइड नोट पढ्दा मन नै चसक्क भएको छ। 

दर्शकहरुले माग गरेको भएर भैरव अर्यालको जिवनि भिडियो बनाउँदै गर्दा उनको दुखदायि जिन्दगिको बारेमा थाह भयो। मन कटक्क खायो, अति नै दुख लाग्यो । परिचय भिडियो बनाएपछि मात्रै उनले लेखेका चिठि पढ्ने अवसर प्राप्त भयो ।
(अहिले बनेको भिडियो यो पोष्टको अन्त्यमा छ । 
चिठिहरु पढेर अनि थप जानकारि जम्मा गरेर अर्को भिडियो बनाउने छु)

अपडेट : 
https://www.youtube.com/watch?v=373Bkf3OUQU

मर्नु भन्दा अघि छोरा छोरिलाइ लेखेको चिठि :


भैरब अर्यालले असोज १९, २०३३ साल मध्यरातमा गोकर्ण मन्दिर नजिकको काठे पुलबाट बागमती खोलामा हाम फालेर आत्महत्या गरेका हुन !

घाटीको कारण हो कि भन्ने आशंका ,घाटिको स्वरको प्रसङ्ग धेरैले गरेका छ्न किताबमा ! तर एकिन कारण चै सबैजसोले खुट्याएका छैनन (खुट्याउन सक्ने कुरा पनि भएन ) उनी तेस्रो पटक सम्मको आत्महत्या असफल भएपछि चौथो पटकमा हाम फालेर मरेका रैछन। [शाश्वत व्यङ्ग्यशील्पी(किताबबाट),सं. रोचक घिमिरे]

उनको आवाज कस्तो थियो भन्ने त, उनले वाचन गरेको सुनेर थाह हुन्छ - उनको स्वर त्यस्तो खराव नै भएको जस्तो चाँहि लागेन मलाइ।
कमेन्ट गर्नु भएमा आभारि हुने थिएँ ।

धन्यवाद

https://www.youtube.com/watch?v=x6EbBI36roY
Last edited: 19-Sep-19 02:03 PM
Read Full Discussion Thread for this article