Posted by: ktmpost May 27, 2019
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
Login in to Rate this Post:     1       ?         Liked by

यादवराज जोशी

अमेरिकामा रहेका नेपालीको सरदर वार्षिक आय २५ हजार तीनसय अमेरिका डलर रहेको छ । यो आम्दानी दक्षिण एसियाली राष्ट्र अफगानिस्तानभन्दा तीनहजार डलर बढी हो भने बंगलादेश र भारत भन्दा क्रमशः चारहजार डलर र ३९ हजार कम हो ।

अमेरिकी तथ्यांक विभागको तथ्यांक विश्लेषण गरी एक्जिम डटकमले तयार गरेको विश्लेषणमा अमेरिकामा बस्ने चिनियाको वार्षिक आय ४२ हजार अमेरिकी डलर छ । अमेरिकामा सबैभन्दा धेरै कमाउने आप्रवासीमा अस्ट्ेलियन छन् । उनीहरुले वार्षिक ८८ हजार एकसय अमेरिकी डलर कमाउछन् । सबैभन्दा कम १९ हजार अमेरिकी डलर बार्षिक आय साउदी अरबका अप्रवासीको छ ।

अमेरिकामा राम्रो आय मानिने बार्षिक ६० हजार अमेरिकी डलर कमाउने समुहमा इजरायल, क्यानडा, फ्रान्स, आयरल्याण्ड, बेलायत, अस्ट्रेलिया छन् । नेदारल्याण्डका आप्रवासीको आम्दानी बार्षिक ६० हजार छ भने एसियाली राष्ट्र ताईवानको आम्दानी ५८ हजार नौस्य अमेरिकी डलर छ ।

अमेरिकामा सबैभन्दा ठूलो आप्रवासी समुह मेक्सिकनको छ । उनीहरु एक करोड १३ लाख छन र सबैभन्दा कम कलेज डिग्री पनि यहि समुहको छ । केवल ६.७ प्रतिसत मेक्सिकनसंग कलेज डिग्री छ । कलेज डिग्री सबैभन्दा धेरै हुने समुहमा भारतीय छन् । २६ लाख भारतीयभध्ये ७८.६ प्रतिसतसंग कलेज डिग्री छ । १४ प्रतिसत बंगलादेशी र ३५ प्रतिसत अफगानीसंग कलेज डिग्री छ ।

सबैभन्दा राम्रो आम्दानी गर्ने समुह भएपनि केबल ६१.४ प्रतिसत अस्ट्रेलियनसंग कलेज डिग्री छ । दक्षिण अमेरिकी मुलकहरु एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरसका आप्रवासीको शैक्षित अवस्था निकै कम छ । एल साल्भाडोर र ग्वाटेमालाका लगभग २४ लाख आप्रवासीमध्ये केवल सात प्रतिसतसंग कलेज स्तरको शिक्षा छ । होण्डुरसका आप्रवासीमा यो संख्या नौ प्रतिसत छ ।

दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश, पाकिस्तान, नेपाल निम्न आय समुहमा पर्छन । यि तीन राष्ट्रमा पाकिस्तानका अमप्रवासीको सबैभन्दा धेरै बार्षिक ४४ हजार अमेरिकी डलर आम्दानी छ । बंगलादेशीको २९ हजार र नेपालीको बार्षिक २५ हजार तीनसय छ । लगभग ५६ प्रतिसत पाकिस्तानीसंग कलेज डिग्री छ भने बंगलादेशीमा ४४.८ प्रतिसत छ । ५७.५ प्रतिसत नेपालीसंग कलेज डिग्री छ । अमेरिकी सरकारका अनुसार नेपालीको संख्या एकलाख ५२ हजार सातसय छ ।

https://www.enepalese.com/2019/05/230514.html

Read Full Discussion Thread for this article