Posted by: neo-reactive-poet January 18, 2019
halkaaa ramailoo
Login in to Rate this Post:     0       ?        
स्खलित

म तिम्रो रुपले मोहित भएछु
थाहै नपाको कुराले प्रेरित भएछु

खै कुन साईतमा पीरती बस्यो
नबुझेको कुरामा भ्रमित भएछु

यो मेरो कस्तो पराजीत मानसिकता
यो निको नहुने रोगले ग्रषित भएछु

मेरो सोचाईको स्तर देखेर म
आफ्नै नजरमा पतीत भएछु

अचम्म छ, जोगी तर भोगी छु
बासना ले म त कुण्ठित भएछु

आज त सारै भयो प्रिया तिम्रो यादमा
म आज राती नै स्खलित भएछु

source: https://twitter.com/neodonator
Read Full Discussion Thread for this article