Posted by: AnandNepal September 30, 2018
R.I.P. Gagan Birahi, अमेरिका बस्ने छोरि फर्केर, कविता संग्रह बिमोचन गरेको २ घण्टा पछि प्राण गयो
Login in to Rate this Post:     0       ?        
#आनन्दको स्क्रिप्ट

- ६१ बर्षका
- पहिलो समाचार वाचक (NTV का)
- फिल्म निर्देशक
- फिल्म निर्माता
- अभिनेता
- कवि
- गितकार

दुइ बर्ष अघि लिभरको समस्यावाट सिकिस्त बिरामि भएका विरही त्यसपछि तंग्रन सकेका थिएनन । अचानक रुघाखोकी र ज्वरो थलिएका विरही लाइ अघिल्लो हप्ता शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । उनि बेहोस भएको र औषधीले समेत काम गर्न छोडे पछि अस्ट्रेलियामा बस्ने छोरा र अमेरिकामा बस्ने छोरी लाइ नेपाल् बोलाइएको थियो । छोरी शनिबार मात्रै नेपाल आइपुगेकि थिइन। तर, उनि हाएको भोलि पल्ट नै बिरहि बेहोसि अबस्था मा नै बिते - आइतबार ४ बजे। ६१ बर्षका बिरहिको त्यहि सांझ नै अंतिम संस्कार पनि गरिएको छ ।

नेपाल टेलिभिजनको पहिलो समाचारवाचक विरहिले 'झ–झल्को', 'मितेरी गाउँ', 'शिखर' र 'घर–आँगन' जस्ता फिल्म निर्देशन गरेका थिए । त्यसका साथै उनले 'मितेरी गाउँ', 'शिखर' र 'घर–आँगन’जस्ता फिल्म आफैंले निर्माण गर्नुका साथै फिल्मको कथा र स्क्रिप्ट पनि आँफैले लेखेका थिए ।

केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह 'हस्ताक्षर' विमोचन गर्ने तयारी गरिरहेका थिए। पिताको अन्तिम बिरहिकि त्छोरी एलिना श्रेष्ठले पूरा गरिदिएकी थिइन बिरहिको निधन हुनुभन्दा २ घण्टाअघि मात्र । विरहीको अन्तिम कृति 'हस्ताक्षर' नर्भिक अस्पताल परिसरमा नै विमोचन गरिएको थियो ।

विरहीको आत्माको चिर शान्तिको कामना छ ।

https://www.youtube.com/watch?v=DJIilQwe5RQ
Read Full Discussion Thread for this article