Posted by: AnandNepal September 29, 2018
दशैंमा कुन गित सुन्नुहुन्छ ?
Login in to Rate this Post:     0       ?        
दशैं आउनै लाग्यो .. दशैंको नाम सुन्ने बित्तिकै एक फरक खालको उत्साह ले मन भरिन्छ -
एउटा छुट्टै खालको उमंगको पिंग मच्चिन्छ ।
अनि मलाइ मुग्लान फिल्मको गित गाउन मनलाग्छ .. "दशैं आयो .. दशैं आयो .. " (भिडियोमा हेर्नुहोस)

बर्ष दिन कुरे पछि बल्ल बल्ल आँउने दशैको बारेमा सुगम पोखरेलको गित पनि उत्तिकै रमाइलो चर्चित रहेको छ -
अझ दशैंमा नयाँ लुगा, नयाँ उपहार पाउने आशा र भरोशा अर्का पोखरेल - कुल पोखरेलले जमानामा किशोर किशोरि र बालबालिकाको मनबाट ठ्याक्कै टिपेर गाइदिएका थिए:

हुन त दशैं बाल बच्चा बेला जस्तो रमाइलो सँधै नहुन पनि सक्छ । ठुलो भए पछि, अनि जिम्मेवारिले थिचे पछि त्यहि दशैं दशा जस्तो पनि लाग्न थाल्छ - दशैंको यो पक्षलाइ बर्णन गर्ने गित योगेस्वर अमात्यले गाएका छन्।

जे भए पनि दशैं भनेको इस्टमित्र, साथिभाइ,परिवारका सदस्य सबैलाइ भेट्ने कुराकानि गर्ने रमाइलो गर्ने समय हो । बर्षदिन भरिको बिछोडको पिडा मेटेर भेटघाट गर्ने यो नेपालको मौलिक पर्वलाइ स्वरसम्राट नारायण गोपालले यसरि दर्शाएका छन :

दशैंको बेला घरका परिवारलाइ उपहार ल्याइदिने .. ल .. प्रियसिलाइ फरिया ल्याइदिने शिव थापामगरको कुरा सुन्नुहोस -

भेट्न जाने अवसर मिले त ठिकै हो, तर, त्यस्तो भाग्य सबैलाइ कहाँ मिल्छ र । कमाइ गर्न लाहुर गएकाहरु को घर छुट्टि नमिल्दाको पिडा पनि मनै कुँडिने खालको पिडा हुन्छ । लाहुरे दाइका दशैंमा नआउनुको पिडा समेटिएका अनगिन्ति गित छन .. जिवन शर्माले अर्को साल आउने बाचा गर्छन ..

फौजिको पिडा छुट्टै छ - दशैंमा पनि बिदा नमिल्ने पेशाको पिडा

अनि नमुछे आमा दहिमा टिका नछरे जमरा .. गायक नारायण रायमाझिका दाइ लक्षमनले भारतिय सेनामा रहँदा र सन १९९९मा कार्गिल युद्धमा लड्दा आँफ्नै पिडा घोलेर लेखेका थिए ।

यि थिए मलाइ मन पर्ने दश दशैं गित हरु तपाइलाइ मनपर्ने गित पो छुट्यो कि ?

https://www.youtube.com/watch?v=Bc0_aktOlXs
Read Full Discussion Thread for this article