Posted by: huippa September 17, 2018
ओली सरकारको ‘नाच्न नजाने आँगन टेढो’
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको आलोचना गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । आफ्नो नेतृत्वको वर्तमान सरकारविरुद्ध प्रतिक्रियावादीहरुले हमला गरेर जनतामा निराशा पैदा गर्न खोजेको आरोप उनले लगाए । उनले केपी ओलीलाई हमला गरेको छ, मलाई होइन भनेर चुप लागेर नबस्न, अरि·ालको गोलोजस्तै एउटामाथि आक्रमण हुँदा सबै मिलेर झम्टिन आह्वान गरे । के यो एक सरकार प्रमुखले बोल्ने बोली हो ? प्रजातन्त्र÷लोकतन्त्रमा सरकारको कमी–कमजोरीलाई लिएर प्रतिपक्ष, स्वतन्त्र जनता र आफ्नै पार्टी समर्थक र कार्यकर्ताले समेत आलोचना गर्ने प्रचलन छ, गरिन्छ । सरकारले ती आलोचना र विरोधबाट आफ्नो गल्ती सच्याउँछ, सही छ भने निरन्तर काम अगाडि बढाइरहन्छ । सरकारले गरिरहेका गल्ती र कमजोरीको आलोचनामात्र गर्दा पनि सरकारमाथि हमला भएको देख्नु प्रधानमन्त्री ओलीको कायर मानसिकता हो ।


हुनत सत्तासीन शासकहरुले सरकार वा आफ्ना कुनै कदमको विरोध हुनेबित्तिकै त्यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय षड्यन्त्र देख्नु र हमला भयो भन्नु नौलो कुरा होइन । राम्रो काम गर्न खोज्ने कतिपय देशभक्त र जनपक्षीय सरकारमाथि षड्यन्त्रपूर्वक हमला पनि हुनेगर्छ । तर नेपालको सन्दर्भमा वर्तमान ओली सरकारमाथि राष्ट्रिय वा अन्तर्राष्ट्रिय कतैबाट पनि हमला भइरहेको स्थिति छैन । बरु सरकारले गर्नुपर्ने काम नगर्दा, चाल्नुपर्ने कदम नचाल्दा अहिले सरकारको ध्यानाकर्षण र आलोचनासम्म भइरहेको हो ।


कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा अनुसन्धानमा खटिएका प्रहरीले नै घटनाको दसी प्रमाण मेटाउने अपराध गरे । मारिएकी बालिकाकी आमा–बाबुलाई अनुसन्धान नसक्दै लास बुझ्न र दाह संस्कार गर्न जिल्ला प्रहरी प्रमुखले नै दबाब दिए । शङ्कास्पद व्यक्तिहरुलाई खुला छाडेर प्रमाण लोप गर्न सघाउ पु¥याया । त्यसको विरोधमा कञ्चनपुरका सचेत नागरिक प्रहरीका विरुद्ध सडकमा उत्रे ।

 नागरिक आवाजको सुनुवाई गर्नुभन्दा पनि प्रहरी दमनमा उत्र्यो । त्यसै घटनाका बारेमा प्रधानमन्त्री ओलीले टेलिभिजन कार्यक्रममा असम्वेदनशील भई बोले भने गृहमन्त्री थापाले संसदमा झूटो बोले । त्यसपछिमात्र सडक, संसद र सञ्चार माध्यममा सरकारको आलोचना र विरोध भएको हो । यतिखेर समाचार प्रकाशित गरेको निहुँमा पत्रकारलाई असम्बन्धित ऐन लगाएर थुनामा राखिएको छ । सामाजिक सञ्जालमा कार्टुन पोस्ट गर्दा पक्रेर थुनेको छ । मन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ गरिएका व्यक्तिको हिरासतमै रहस्यमय मृत्यु भएको छ । तर त्यस व्यक्तिको शव परीक्षण गर्न समेत प्रहरी आनाकानी गरिरहेको छ । विधिको शासनको अवधारणा ओली सरकारले बुझ्न सकेको वा बुझ्न चाहेको देखिएको छैन । नागरिकको आलोचना र विरोधलाई ओली सरकारले हमला देख्नु ‘नाच्न नजानको आँगन टेढो’ उखानको चरितार्थ मात्र हो ।


Read Full Discussion Thread for this article