[Show all top banners]

sudystha
Replies to this thread:

More by sudystha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ‘एएनए’ को दर्ता सन् २००२ मै खारेज !
[VIEWED 7198 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-11 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

‘एएनए’ को दर्ता सन् २००२ मै खारेज !


एसोसिएसन अफ नेप्लीज इन अमेरिकाज (Association of Nepalis in the Americas) कानुनी रुपमा अहिले अस्तित्वमा नरहेको बुझिएको छ l सन् १९८३ मा अमेरिकाको डिसीमा दर्ता भएको ‘एएनए’ का नामले चिनिने उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्थाको रजिस्ट्रेसन सन् २००२ को सेप्टेम्वर ९ तारिखका दिन खारेजी भएको देखिन्छ l ‘एएनए’ ले आफ्नो संस्थाको दुइ वर्षको विवरण नबुझाए पछि कानुनी आधारमा यसको दर्ता खारेजी गरेको बुझिन्छ l दर्ता खारेजी भएको संस्थामा संस्थागत गतिविधिहरु भने सुचारु रुपले चलिरहेका थिए l सन् २००२ को सेप्टेम्वर ९ तारिख पछि पनि संस्थाको नेतृत्व परिवर्तन देखि आर्थिक गतिविधि चली रहनु कानुनी रुपमा सहि थिए भन्ने ठाउँ देखिदैन l यस विचमा रहेको ‘एएनए’ को नेतृत्वलाइ यस विषयमा कुनै जानकारी थियो या थिएन भन्ने बुझन नेपाल मिडिया क्याफेले केहि पूर्व पदाधिकारीहरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन l

सन् १९८३ मा अमेरिकाको डिसीमा दर्ता भएको ‘एएनए’ को दर्ता खारेजी भएको निक्कै पछि सन् २०११ को मे २५ तारिखमा मेरिल्याण्ड राज्यमा “Association of Nepalis in the America Inc.” (यस संस्थामा America मात्र उल्लेख गरिएको छ Amerikas छैन) नामको संस्था दर्ता भएको देखिन्छ l नेपालीहरुको सामुदायिक संस्था ‘एएनए’ को दर्ता खारेजी भएको झन्डै ९ वर्ष पछि मेरिल्याण्ड राज्यमा पुरानै नामसँग मेल खाने गरि ANA दर्ता कस-कसले र के कारण गर्यो होला ?

दर्ता खारेजी भएको संस्थाको नेत्तृत्वमा रहने वा नरहने भन्ने जानकारीका लागि क्षेवाङ शेर्पा लामासंग नेपाल मिडिया क्याफेले सम्पर्क गर्दा उहाले भन्नु भयो ” मैले ‘एएनए’ को कुनै पदीय रुपबाट बोल्न मिल्दैन जुन कुरा अदालतको निर्देशन हो तर व्यक्तिगत रुपमा मैले मेरा कुरा राख्न पाउछु भन्ने मेरा वकिलको सल्लाह छ त्यसैले मैले व्यक्तिगत रुपमा भन्नु पर्दा जुन संस्थाको प्रगतिका लागि भनेर मरिमेटियो त्यो संस्थाको दर्ता नै उहिल्यै खारेजी भएको छ भन्ने सुन्दा दु:ख लागेको छ l ‘एएनए’ अहिले अदालतमा छ त्यस कारण अहिले केहि निर्णय गर्न सकिदैन जस्तो लाग्छ l अदालतको निर्णय आए पछि के गर्ने भन्ने कुरा अदालतको निर्णयका आधारमा गर्नु पर्ने हुन्छ l ”

एएनएको नेतृत्व आफुले पाउनु पर्ने र वर्तमान निर्वाचनको प्रक्रिया रोकिनु पर्ने आसयकासाथ समुदायका केहि व्यक्तिहरुद्वारा अमेरिकी अदालतमा मुद्दा हालिएको थियो l अदालतले १० दिनका लागि कुनै काम नगर्न र ११ औ दिन अर्थात् अगष्ट १५ तारिख दुवै तर्फका वकिललाई अदालतमा आउन निर्देशन दिएको छ l अदालतले यस विषयलाई नेतृत्व चयनको सामान्य विवादको रुपमा मात्र नहेरेर दर्ता खारेजी भएको संस्थाको संचालन गरेको कसुरका रुपमा हेर्न पुग्यो भने यस विषयसंग सम्बन्धित ब्यक्तीहरुले सत्य तथ्य विवरण बुझाउन लामो समय खर्चिनु पर्ने देखिन्छ l

‘एएनए’ को दर्ता खारेजीले ‘एएनए’ को नाममा रहेको सम्पत्ति के हुने भन्ने जटिल प्रश्न खडा गरेको छ l कानुनी रुपमा संस्था दर्तामा नरहे पछि त्यस संस्थासंग रहेको सम्पत्ति सरकारी हुने हुन्छ l नेपालीहरुले आफ्नो समुदायको केहि बनाउ भन्ने उद्येश्यले चन्दा संकलनबाट आर्जेको सम्पत्ति केहि ब्यक्क्तिहरुको गल्तीले अनाहकमा समुदायले गुमाउने अवस्था आएको देखिन्छ l



 
Posted on 08-08-11 10:57 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thukka Bhaatmaara haru!
 
Posted on 08-08-11 11:05 AM     [Snapshot: 48]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali haru katai pani milera basna sakdai sakdainan!
 
Posted on 08-08-11 11:24 AM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so much for all the "responsible" ANA board members and presidents Past and Present....how would one not know if an organization they are going to run is registered or not???? WTF
fking each and everyone of em should be blamed.... Simon and his gang for not taking accountability for the lost money and the old hags feudal cherry picking way of choosing new ANA members.   FK ANA

 
Posted on 08-08-11 11:28 AM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is this khicha-taani is beyond me.

But having been involved with other smaller organizations in the past, I have had some experience with dealing with the people who want to be involved in similar organizations-not just as members but as executive committee.
Most, I have found are people seeking some kind of recognition; that is too obvious to understand. But the level of recognition these individuals expect is beyond obviousness. I have seen people think of themselves as the next PM of Nepal once they are elected a president/ VP of these organizations…meanwhile the guy sitting in a chair observing their program probably gives a ra** a**. It is this perceived (and yet untrue) power that is what most of these individuals are after.
Now, I am not saying everybody is like that; but most. Some want to make a real change; most are just there to “rule the world.”

 
Posted on 08-08-11 11:32 AM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Ooooh my god!

 ANA board members, presidents, v presidents Past and Present
Thukka Bhaatmaara Bhaatya  haru. Go to hell with your all generations.

 
Posted on 08-08-11 1:00 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can we file a mass lawsuit against the past Officers for such an illegal act in a non-profit organization and for hiding the truth and for  illegally mis-using us and our resources??? I would say Let's go for it !!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters