[Show all top banners]

shareds
Replies to this thread:

More by shareds
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 FLASHOUT!! Bhat Bhateni, Chaudhary, Shanker, Golchha, Bishal, Sarda, Varun, Chamelia... देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ
[VIEWED 12298 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-11 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ

-ओम थापा-

अर्थसचिवबाट राजिनामा दिएपछि बिहीवार रामेश्वर खनालले फेसबुकमा एउटा छोटो नोट लेख्नुभयो, बितेका आठ वर्षमा हरेक दिन सत्ता र पैसाका लोभीसँग भेट भयो। त्यसो भए को थिए त ती लोभी? जो पैसा र सत्ताका पछि मात्र दौडिरहेका छन्।

पैसाको लोभका कारण नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ।

नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घराना समेत छन्। यो ह्वाइट क्राइममा दुई जना सभासदका कम्पनी समेत मुछिएका छन्, जो उद्योग-व्यवसायीको कोटाबाट समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्छन्। को को रहेछन् त उनीहरु। विस्तृत जानकारीका लागि भित्र आउनुस्-


आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेका छन्। यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटविलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका थिए भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएका थिए।

नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन्। नक्कली भ्याट विल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरु समेत छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको हो।

शंकर समूह

छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको छ। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली विलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो। त्यो भनेको ६० करोड रुपैयाँ हो।

भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्।

चौधरी ग्रुप

चौधरी समूह अर्न्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरणमा छ। चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ। चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ। छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ। सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन्, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो।

नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन्। उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो।

सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। विभागले आड वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो। आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो।

गोल्छा अर्गनाइजेशन

दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अर्न्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ।

गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो। यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो। यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो। तर पछि पुतलिसडकको एउटा फर्ममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो।

विशाल समूह

चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ। राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ।

विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्।

भाटभटेनी सुपरमार्केट


यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको आठ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।

भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। भाटभटेनीले पनि नक्कली विलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो। धेरैजसो नक्कली विल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी, अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो।

वरुण डेभलपर्स

गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ। यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ।

वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ। एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ।

चमेलिया जलविद्युत

नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ। चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतले बतायो। झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको थियो। तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन।
थापाको यो लेख आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।


 
Posted on 04-06-11 6:26 PM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 समाचार अनुसार, राजश्व छलेर देश डुबाइ जनता बाट उठाएको पैसा आफ्नै बाउको सम्पति ठान्ने यस्ता चोर फटाहा हरुलाइ हदै सम्मको कारवाही गर्नुपर्छ तर यहाँ कुरा आँउछ कारवाही गर्ने निकाय र ब्याक्तिको, जो तिनै ब्यापारीको खोल ओढेका लुटेराको पैसामा बिकी सकेका छन् । तर यहाँ नेर के अचम्म लाग्छ भने  जनता कै लागी भनेर १० बर्ष सम्म हजारौ गरिबका छोराछोरी लाइ यूद्दमा बलिदानि गर्न गराउन लगाएको माओबादी पनि आज तिनै चोर पटाहाको जालमा अल्झिन पुग्नु बिडम्बना भएको छ । यदि त्यसो हुन्थेन भने रामेश्वर खनाल त्यसरी हिड्न पर्दैन थियो ।

 
Posted on 04-06-11 6:27 PM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राजास्व थगी गर्ने हरु धेरैजसो भारतीए मुल का हुन । उनिहरु लाई देश निकला नगरे सम्म देश को बिकास हुन गाह्रो छ । बिदेशिको दबाब मा बिदेशी लाई जोगएर नेपाली को कर मा मोज गर्न खोज्ने अर्थमन्त्री लाई अलिकती पनि नैतिकता छ भने तुरुन्त रजिनमा देउ ।

 
Posted on 04-06-11 9:21 PM     [Snapshot: 221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mohan

भनिन्छ, नेताले देश हाक्छ, तर नेतालाई पनि बिजिनेस गर्नेले हाक्छ. नेताहरु बिजिनेस गर्नेहरुसंग मिलेर चन्दा लिन्छन र चुनाव जित्छन, तेस्को भरण सामान को भाउ बढाएर गर्छन. जति राजनीति गडबड, तेती ब्यापारीलाई, नेतालाई मस्ती, देश लुट्नमा.
संयोग हो, दुइ रामेश्वोर मिलेर करप्सन हताउ न मिलेका, एउटाले पर्दाफाश, अर्कोले सजाय तोक्ने. शुभकामना छ, आशा तपैहरुमा छ. यस्ता करासन गर्नेहरु कति छन् कति, एक पछी अर्को निकाल्दै, थुनामा कोच्दै जानुस. कम्तिमा यसमा हामी गर्व गरौँ.

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 0


 
Posted on 04-06-11 11:16 PM     [Snapshot: 282]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्थमन्त्री श्रीमतीसहित अमेरिका भ्रमणमा जाँदै

 
 

 
Posted on 04-07-11 6:09 AM     [Snapshot: 431]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

can some one punch this artha mantri in usa??????????? please ....pretty pretty please.....

 
Posted on 04-07-11 8:19 AM     [Snapshot: 495]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 07-Apr-11 10:39 AM

 
Posted on 04-07-11 10:28 AM     [Snapshot: 580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I am not sure what illegal activities these businessmen might have been doing.  Neither am I affiliated with them, nor am I in Government to be in the know.  But one thing for sure is they have created a lot of employment in Nepal.  Because of the industries they have started, lot of Nepalis can bring the food to their table. On that basis and only on that basis, I would encourage more such entrepreneurship rather than pull their legs.

- my 2 cents.

 
Posted on 04-07-11 11:20 AM     [Snapshot: 622]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Riten ..you can see it from different angle...If the most successful business in nepal doesnt pay taxes how will the government be able to invest in public projects like hydro power, road to Jumla Humla and invest in Education. Employemnt Creation will happen anyhow if these company want to grow..but They should not grow at the cost of cheating the government from the TAX revenue it deserves. CAN U IMAGINE USA runnign if WALMART, Oil Companies and other Fortune 500 companies STOP PAYING TAXES???


 
Posted on 04-07-11 11:25 AM     [Snapshot: 627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A country's development and growth are severely hindered if the government isn't rich itself and hence, there's a little surprise that Nepal is still one of the poorest nations in the world despite having a great potential.

 
Posted on 04-07-11 8:13 PM     [Snapshot: 760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

banindra bajgayan

ए राता मकै !! देश को ढुकुटी रित्याउनेको पर्दा फाष गर्दा तपाईंको छैन किन टाउको दुखेको हो | जनता छैन सकी नसकी १३% vat तिर्ने अनि त्यो पैसा छैन चोर नेताहरु र ब्यापारी हरु ले कुम्ल्याउने – यो देख्दा चै तपाईं लाई टाउको दुख्दैन है ?? यदि यो पढ्न मन छैन र त्येही चोर नेता को पछाडी जय जय कर गर्न मंछा भने जानु नि कान्तिपुर को साप्ताहिक को स्तम्भ हरु पढ्न !! कि कसो साथी हरु ?

यो internet, facebook, blogs र citizen journalism को युग हो | हेर्दै जानुस कति तहल्का मचाउने छ पाठक हरु ले येही माईसंसार मार्फत |

खबरदार vat मारा बांगे मोहन अधिकारी हरु र चोर ब्यापारी हरु !!!


 
Posted on 04-08-11 10:33 PM     [Snapshot: 914]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अब यी ठुला ब्यापारी लाई यो काण्ड मा कारबाही न भए भबिस्य मा अरु ठुला साना ब्यापारी लाई एस्तो कार्य गर्न प्रोत्साहन मिल्ने छ… तेश्कारण समय मै सरकार ले कडा भन्दा कडा

कारबाही गरि भबिष्य मा हुने घोटाला रोक्नु सबै भन्दा उचित हुने छ..

अहिले आम जनता (सोझा गरिब जनता) ले सानो रकम राजोस्वो न तिरे धेरै दुख दिने गरे को छ … तर ठुला बडा लाई देश नै लुट्दा सबै जना टुलु टुलु हेरी बस्छ , उल्टै ( केहि

बिकाउ ) पत्रिका ले देश को नोकसनी न हेरी आफ्नो स्वार्थ को लागि डाका हरु को साथ दिई बचौना तिर पो लाग्छ… हरे अचम्म, देश को बारे मा कसको राम्रो सोच भने छैन.

देश बचाऊ अभियान सुरु गर्नु पर्यो है जनता हरु…………………..

नेपालको परिप्रेछ्यमा “जो अगुआ उही बाटो हगुवा” भएर बिगार्यो | नेतानै भ्रस्ट, ब्यापारी बेइमान, पार्टीहरु भतुवा, कर्मचारी बिकाउ, प्रहरीनै चोर – अब जनताले के गर्ने? देखिहाल्यौ

कांग्रेसको रगतै बिग्रेको, एमालेको बुद्धि बिग्रेको, माओबादीको बिउनै बिग्रेको, अरु बर्णशंकर पार्टीहरुको के कुरा गर्नु ? नया नेपालको सृजनामा नया रगत भएका इमान्दार पुस्ताको खाँचो छ

जसले यो त्यो नभनी नियम कानूनको पालना गराउन सकोस र एक एक गरि भ्रस्टाचारीलाई जाक्न, ठोक्न, न्याक्न र फ्याक्न सकोस | अब त्यस्तो शक्तिको उदय हुनु पर्छ जसले

गरिब निमुखा जनताको रछ्या गर्दै देशको इज्जत बढाउन सकोस र कालाबजारी र भ्रस्टचारीलाई पैतालाले मिच्न सकोस !!

 
Posted on 04-16-11 10:14 PM     [Snapshot: 1025]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looters are not only politicians. There are some so-called Big Business Houses that are too hell bent on making this country totally bankrupt. At least this much has come to the fore very freshly.

The Rajdhani Daily, April 4, 2011, claims that Chaudhary Group led none less than by United Marxist Leninists Constituent Assembly and renowned businessman Mr. Binod Kumar Chaudhary (53) and SARDA group founded by Mr. Shivratan Sarda were among the top fake VAT (Value Added Tax) Bill racketeers.

‘While Chaudhary Group evaded Tax worth 45 crore rupees and SARDA group presenting fake VAT bills did not pay 70 Crore rupees to the government’.

There are some 28 Business firms and some individuals, whose involvement have been proven to date for having evaded the government tax, a government investigation report has it.

The government had formed an investigation committee coordinated by Deputy Director of Inland Revenue Department Mr. Laxman Aryal and other members as Kul Prasad Chudal, Suryanath Prakash Adhikari, Dirgharaj Mainali, Govinda Prasad Subedi and Psadananada Gurung.

Founded by Lunkarandas Chaudhary, the Chaudhary Group of Industries is being run by Basanta Chaudhary, Arun Chaudhary and Nirvan Chaudhary under the leadership of Mr. Binod Chaudhary.

The CG company imports vehicles, is involved in production of fast foods and snacks, Lube Oil and have also invested in Financial Institutions. The Group had recently joined hands with Thailand based InVision Hospitality with a plan to open 30 hotels across Asia by 2013.

Similarly, SARDA group is involved in production of Wires, Cables, Pashmina, fast foods and snacks. The group is managed by Sandip Sarda and Pradip Sarda led by founding Chairman Shivratan Sarda.


 
Posted on 04-16-11 10:28 PM     [Snapshot: 1041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rs 2.27 Billion Nepal VAT Scam, Biggest firms involved

 
Around 385 firms have been found to be engaged in producing counterfeit VAT bills in order to evade taxes. In a letter forwarded at the Public Accounts Committee of the Parliament the Ministry of Finance-Revenue Department has stated that as the investigation is ongoing, the names of those firms cannot be made public. However, MySansar and Rajdhani daily have published the names of the VAT defaulters. How can the Nepal Government make progress when the nation's leading business houses don't pay their taxes?


Group
Owner
Company
Presented Fake
VAT Bill (NPR)- Investigation to date
Shankar
Shankar Lal Golyan
Pawan Kumar Golyan (Chairman NMB Bank)
Jagadamba Steels
80 Crores
Chaudhary
Binod Kumar Chaudhary
Arun Chaudhary
Basanta Chaudhary
Nirvan Chaudhary
CG Impex, CG Electronics, CG Foods, Arun Intercontinental,
45 Crores
Golcha
Diwakar Golcha
Shekhar Golcha
Him Electronics, Neoteric,
 
6 Crores (Investigation to date)
Vishal
J.P. Agrawal (Chairman NIC Bank)
T.R Agrawal
Nirmal Agrawal (Board Member NIC Bank)
Trilok Chandra Agrawal (Chairman Bank of Asia)
Anuj Agrawal (Board Member Bank of Asia)
United Distributors, investments in financial institutions, Insurance Companies, Trading Houses
10 crores
Bhatbhateni
Min Bahadur Gurung
Bhatbhateni Super Market (Maharajgunj and Bhatbhateni)
8 Crore
Barun
 Rabin Jain Tajpuriya (Indian national)
Barun Beverage
KFC and Pizza Hut
15 Crore
Chameliya Hydropower
Chinese Contractor
 
60 Crore
SARDA
Shivratan Sarda
Sandip Sarda
Pradip Sarda
 
70 Crore

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters