[Show all top banners]

chainpure1
Replies to this thread:

More by chainpure1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बुद्ध भारतमा जन्मिएको देखाउन भारतको प्रयास ‘वालुवामा पानी’
[VIEWED 9703 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-11 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आज यो खबर दैनिकी पत्रिकामा देखेर सार्है खुशी लाग्यो र साझावासीमाझ बाँड्न मन लाग्यो। आशा गरौं यो कामको नतिजा नआउन्जेल बिना बाधा बिघ्न पुर्ण होस। काठमाडौं, २ जेठ (दैनिकी) बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ । हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो। बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ । एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ । त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।

source: http://dainikee.com/newsdetail-19929.html#
Last edited: 01-Feb-11 07:23 PM

 
Posted on 02-01-11 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यस्तो समाचार सुन्न पाए पो मन पनि आनन्द हुन्थ्यो ...जैलेई सुन्यो उई उई ..
धन्यवाद 
अनि त्यो लिंक(link) यहाँ टाँसीदिनु भएको भए हुन्थ्यो नि ..


 
Posted on 02-01-11 7:27 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://dainikee.com/newsdetail-19929.html#

la aba chahin bharat le je gare pani na
sakne bho

 
Posted on 02-01-11 8:56 PM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-11 10:28 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 01-Feb-11 10:33 PM

 
Posted on 02-02-11 1:19 AM     [Snapshot: 328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is this a credible source? yesta jharpat partrika le jpt lekhidincha. esto news bhaye ta aru newspaper le pani lekhnuparne ho ta.
 
Posted on 02-02-11 10:57 AM     [Snapshot: 499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo samachar chapiyeko 9 months bhayecha. Khoi ailey samma k k pramarit bhayo ta? JPT samachar.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters