[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 देश पराधिन हुनबाट जोगेको रात ..........

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE: <<  1 2  
[VIEWED 27546 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-28-11 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

देश पराधिन हुनबाट जोगेको रात ।



२००८ साल माघ महिना को रात । काठमाडौ चिस्सिएर समय भन्दा चाँडो सुतिसकेको थियो । पातलो बस्ती, पिलपिले बत्ती बीच सिंह दरबार भित्र राँको बलिरहेको थियो । धुँवा परपर सम्म कुनै अनिष्टताको सन्देश फैलाई रहेको थियो । सिंहदरबार जले पछी नारायण हिटीमा चैन  हुंदैन । नारायण हिटी दरबारमा रात चलायमान भयो। बिदेशी कुटनितिज्ञको गाडी प्रबेशियो । प्रधान मन्त्री मातृका प्रशाद कोइरालाको गाडी देखी सुरक्षा निकायका प्रमुखहरु नारायणहिटी प्रबेशिएको देखियो ।

 
रात यसरी नसुतेको प्रजातन्त्र पछी बिरलै थियो सिंह दरबार र नारायणअहिटिमा । जनताको घर आँगनमा  भने रात काहिलेइ शान्ती सँग बास बसेको थिएन । कहिले के को हल्ला, कहिले के को । पातलो बस्ती मा बाक्लो त्रास थियो। लूटपाट र हत्याले हरेक टोल बस्ती आँफै गस्ती गर्थे ।

बिहान नहुन्जेल काठमाडौले रातको बात थाहा पाएन । भद्रकाली भन्दा पूर्व जाने बाटो आठपहरियाहरुले रोकेका थिए । नारायणहिटी वरिपरी नेपाली सेना को बाक्लो उपस्थिती देखिन्थ्यो । ठुलै गडबड भएको लख काटिरहेका थिए, बिहानै हिंडेका भक्तजनहरु । रक्तपात नहोस् भन्ने कामना गर्दै ।

सिंह दरबार बिद्रोहीहरुले कब्जा गर्‍यो रे । शहर भरी आगो सारी फैलियो । गौचरन पनि बिद्रोही कै कब्जामा रे । सेनाको हतियार भन्डार र टक्सार पनि रे । कती नेपाली सेना मारिए लेखा जोखा छैन रे । बिद्रोही ले सरकार र राजा त्रिभुवनलाई आत्म समर्पण गर्न १ दिनको समय सीमा दिएको छ रे । अन्यथा नारायणहिटी माथि धावा बोलिने रे । त्यसै त तरल राजनैतीक अवस्थाले बिगत एक बर्षा देखी देशबासिहरु त्रासै त्रासमा बाँचेका थिए। त्यसमाथि अर्को संभाब्य हिंसा । टोल टोलमा केही निडर लिडर बाहेक बाटोमा कोइ थिएन । घर भित्र चुकुल बेस्सरी लाएर बसे ।

बिहानै नारायणहिटी दरबारका एक जना कारिन्दा वरिष्ठ् मन्त्री गणेश मान सिंह को घर पुगे र सिंहलाई तुरन्तै नारायणहिटी आउन हुकुम भाको खबर संप्रेषण गरे। गणेश मान सिंहले त्यो रातको कथा को भेउ पाइसक्नु भएको थियो। ड्राइभर बाबुकाजीलाई तत्काल गाडी स्टार्ट गर्न लगाइ नारायणहिटी तिर लागे । शंकटकालिन मन्त्रिपरिषद को बैठक बस्न लागेको थियो ।
 
दरबार को अगन्तुक कक्षमै प्रधान मन्त्री मातृका प्रशाद र नेपाली काँग्रेसका पार्टी सभापति बीपी कोइराला संग भेट भयो । तिनै जना बसेर केही कुरा गरे । मन्त्री परिषदको बैठक सुरु भयो । शंकटकालिन अवस्था र नारायणहिटी दरबार मा भएको बैठक भएर होला, राजा त्रिभुवनको प्रतिक्षा मा बसेका थिए मन्त्री मण्डल । बीपी बैठक कोठाभन्दा बाहिरै प्रतिक्षारत थिए। एउटा कक्षबाट राजा त्रिभुवन एक जना चिरपरिचित ब्यक्ती सँग ठट्ट्यौलिंदै सवारी हुनु भयो र बैठक कोठा तिर लाग्नु भयो ।

राजा सँग सँग त्यो ब्यक्ती पनि बैठक तिर लागे पछी बिपीले भन्नु भयो " महाशय , यो सार्बभौमसत्ता देश को मन्त्रिपरिषद बैठक कक्ष हो , तपाईं को देश को हैन, बाहिरै बस्नुस् । ' 

क्रमश:


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-03-11 1:27 PM     [Snapshot: 1268]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हो हो ठुल्दाइ अर्को भाग छिटो चाहियो, यो त हात्तीको मुखमा जिरा भने जस्तो भयो..

 
Posted on 02-03-11 2:58 PM     [Snapshot: 1329]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 tyai vanya....alik lamo lamo bhag rakhna paryo ki chito chito bhag lyauna paryo....btw....is this story really true? what is its authenticity? any reliable source?
 
Posted on 02-04-11 1:57 AM     [Snapshot: 1490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 khoi ta....still waiting.....
 
Posted on 02-04-11 10:28 AM     [Snapshot: 1559]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश पराधिन हुनबाट जोगेको  रात...................
अन्तिम भाग 

 


गणेश मान जी को गाडी लाई यस पटक भने रोकतोक भएन । फेरी वार्ता भयो । सरकार को गोलमेच सम्मेलन, संबिधान सभा आदी को निर्णय प्रति बिद्रोहीले समर्थन जनाए साथै चेतावनी पनि । साँझ ५ बजे भित्र सरकार ले गोलमेच सम्मेलन डाकेन भने वार्ता भङ भएको मानिने छ ।
गणेश मानजी  सरकारलाई जानकारी गराइ पुन: उपस्थित हुनु परे हुने छु भन्दै तहाँबाट नारायण हिटी फर्किनु भयो ।

सरकार र सेना ले यता बिद्रोही को संख्या, हतियारको आकार प्रकार, गोलिगट्ठा को भन्दार आदी बारे पर्याप्त सूचना संकलन गरी सकेको र आफ्नो सामरिक कदम क्रमश चाल्दै थियो । बिशेश्वर प्रसाद, प्रधान मन्त्री मातृका कोइराला र सेना प्रमुख बिचको सामरिक सूचना गणेशमान जी लाई पनि जानकारी थियो ।

नारायण हिटी फर्किंदा करीब करीब ४ बजी सकेको थियो । ५ बजे को समय सीमा नाघ्नु अघी बिद्रोहिलाई सरकारको निर्णय पठाउनु थियो । नारायणहिटी दरबार भित्र माहौल गम्भिर र कौतुहलपूर्ण थियो । धेरै को धेरै स्वार्थ बीच राष्ट्रिय स्वार्थ जोखिममा थियो । सानो गल्तिले राष्ट्रिय स्वाभिमान मात्र हैन, राष्ट्रिय अस्तित्वको "ॐ स्वाहा " हुन बेर थिएन ।

नेपाली सेना परिचालित भैसकेको थियो  र पनि अझै केही समय अन्तिम कार्यबाही को लागि चाहिएको थियो । त्यसैले पनि बिद्रोहीको प्रस्ताबलाई अझै पनि निरन्तरता दिनु थियो ।  बीपीले गणेश मानजी लाई भन्नु भयो " गणेशमान जी फेरी एक पटक उता जानु होस्, गोल मेच सम्मेलनलाई सरकारले सूचना जारी गर्न सूचना तयार पारी सकेको छ, कुन कुन पार्टिलाई बोलाउने हो त्यसको लिस्ट चाहियो भन्नु होस् । "

गणेश मान जी फेरी पनि ज्यान जोखिममा राखेर सिंह दरबार लाग्नु भयो । बिद्रोहिले पार्टीहरुको नाम दिए र समय सीमा आधा घण्टा बढाइ दिए ।

नारायणहिटी मा अन्तिम तयारी भैसकेको थियो । सेना परिचालनको लागि राजाको लाल मोहर चाहिने । राजा त्रिभुवनले ललमोहर लगाउन आनाकानी गरी राखेका थिए । संभवत सरकार को कदम प्रती सहमत हुनु हुन्नथ्यो । "नेपालीले नेपाली लाई मार्नु हुन्न । मार्नै परे सीपिएन ले भने जस्तो इण्डियन कमाण्डो उतार्नु पर्छ"  भन्ने उहाँको बिचार  थियो । स्पष्ट छ, भारतीय राजादूतले राजाको ब्रेन वाश गरी सकेका थिए ।

यसै कारणले ५.३० सम्म सेना परिचालित् हुन नसक्ने हो कि जस्तो लागेर बिपी र मातृका बाबु ले पुन: अन्तिम पटक के आइ सिंहलाइ गुलियो भुलाउन आग्रह गर्नु भयो । अब के भन्ने ? समस्या पर्‍यो । बिपीले जुक्ती निकाल्नु भयो । " लिस्ट मा कम्युनिष्ट पार्टी को पनि नाम छ, यहाँ धेरै कम्युनिष्टहरु छन, पुष्प लाल को सक्कली कम्युनिष्ट को अरु लाल कम्युनिष्ट स्पष्ट भएन " भन्नु होस् ।

सांझ अँध्यारिने क्रममा थियो । भिजिबिलिटी कम भैसकेको थियो । नेपाली सेनाले  सिंह दरबारको चारै तिर सामरिक ठाउबाट घेरा हाली सकेका थिए ।
गणेश मान जी सिंह दरबार पुग्नु भयो ।

पश्चिम गेट मा के पुग्नै लागेको थियो, बुर्जा माथि पहरा दिइराखेका बिद्रोही सेनाली अन्धाधुन्द गोली प्रहार गरे ।

"बाबु काजी  ! ! ........"  - गणेश मान जी ले चिच्याउनु भयो । बाबुकाजी ले होस गुमाएन ।

"काजी साहेब " भन्दै गोली ले छलनी हुंदै गरेको गाडी लाई ३६० डिग्री घुमाइ फर्काए ।     

गाडी निमेष मै नारायणहिटी पुगे । गाडीबाट ओर्ले पछी मात्र गणेशमान जी र बाबु काजिले सास फेर्नु भयो । गाडीमा सयौं गोलीको निशाना तातै थिए । दुबै हेरेको हेरै भए ।
 

बीपी लगायत सबै भेला भए, गणेश मान जी र बाबु काजी दुबैको जयजयकार भयो ।

बीपी सँग सुटुक्क गणेश मानजी ले सोध्नु भयो ।

"अब देश मा भारतीय सेना आउँदैन हैन ? मेरो ज्यान नै गएको भए पनि राष्ट्रको लागि यती गर्न सकेकोमा धन्य हुने थिएं ।"
 
बीपी ले मुस्कुराउदै भन्नु भयो " धुक्क हुनु होस् , देश पराधिन हुन बाट जोगियो ,"र" योजना तुहियो  " ।

समाप्त ।

(नेपाली सेना ले जवाफि कार्यबाही गरे , रात भरी गोलिबारी चल्दै गयो । झिसमिसे मा के आइ सिंह लगायत केही सहयोगिहरुलाइ सेफ प्यासेज दिइयो  । घट्टेकुलो हुँदै तिब्बत तिर लागे । तत्कालिन तिब्बत सरकार आतिथ्य दिए डा के आइ सिंह र उनका सहयोगिहरुलाइ  । त्यस पछी माओ सेतुङले रातो कार्पेट बिछ्याइ चाइनामा स्वागत गरे । २०१४ साल मा राजा महेन्द्रले फेरी रातो कार्पेट बिछ्याइ स्वदेश फर्काए र प्रधान मन्त्री बनाए । देश लाई पराधिन बनाउन बिदेशी को गोटी बन्ने मान्छे फेरी राष्ट्रबादी भए , राजा महेन्द्र झन महान राष्ट्रबादी । मातृका कांग्रेस छोडि राजाबादी भए । देशलाई पराधिन हुन जोगाउने बिशेश्वर प्रशाद कोइराला र गणेशमान सिंहहरु अराष्ट्रिय कहलिए । अझ नव बामपन्थीहरुले बिपिहरिलाई  भारतीय दलाल को पदबी दिए । यही हो नेपालको बिडम्बना । चोरलाइ चौतारी, साधुलाई शूली ।)
अस्तु!!!
     

 

Last edited: 04-Feb-11 11:15 AM

 
Posted on 02-04-11 11:17 AM     [Snapshot: 1612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ ईतिहासको नयाँ पाटो उजागर गरिदिनु भयोको मा धन्यवाद  
 
Posted on 02-04-11 12:52 PM     [Snapshot: 1666]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


ईतिहास को पाना मा हराको कथा भनिदिनु भएको मा ठुल्दाइ लाई धन्यबाद

 
Posted on 02-04-11 1:18 PM     [Snapshot: 1688]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai,
Producer ta huina, tara yas bare sachhai movie banauna man lagyo :) I really appreciate this thread for bringing out 'almost forgotten' history on Nepal. Ani tapai ko lekha sadhai salala baghne ra rochak hunchha.

 
Posted on 02-04-11 1:28 PM     [Snapshot: 1651]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 katha ramro cha tara maile nabujheko kura.....ganeshman le goli khayera kasari desh paradhin huna bata jogaye?
 
Posted on 02-04-11 4:49 PM     [Snapshot: 1782]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Rahulvai, I could not understand what you are trying to say. I think, you are trying to show BP koirala was an epitome of Nepalese patriotism. How is it logical to brand K I Singh as a chinese dog?

Dr. Kunwar Indrajit Singh (his surname was not kunwar as you have writeen, it was his title only, he was a thakuri) was a homeopathy practitioner and ex-indian army. He joined NC to participate in the armed revolt that was going to be launched for the overture of rana regime. He was dissatisfied from the very begining with the selection of Matrika , an ignorant of the warfare and weapons, as a supreme commander.  During the bairaganiya sammelan (not very sure about the place??) of NC to discuss about the revolt he grilled Matrika by questioning very practical questions of warfare like if matrika knew the length of bullet in 303 rifles.

During revolution, he was stationed in Bhairahawa, only where real clash between rana favoring army and NC’s mukti sena had happened. This clash took lives of many NC cadres. He was still in the middle of war when BP faction of NC declared armistice with rana and was busy signing 1950 Dehli treaty. He was even more furious with this power hunger of Koiralas. He felt deceived by koiralas because he wanted total uprooting of rana regime and abolition of any remnant of it. However, koiralas were hasty to be in Mohan Sumsher led government. So, he did not surrender. But, he was captured and imprisoned in the vigilance of Bijuli Garad. He was so influential that he succeeded to convince all the soldiers and officer of that battalion. With the help of bijuli garad he tried an unsuccessful coup against Koiralas. Rest of the story you have shown.

It’s an irony that you highlighted BP as the most patriotic person. He was more power monger than Mohan Sumsher. After the expiration of interim government led by Mohan Sumser, BP tried to become next Mohan sumsher. He even did not endure his own elder brother Matrika for PM chair. Just because of him Matrika left NC. He sidelined all the influential leaders of NC who contributed heavily for the upbringing of NC and it’s revolt. Mahendra Bikram Shah (not king Mahendra), Subarna Sumsher(financer of the revolt), Surya PD. Upadhyaya all were marginalized. He was the person who tried to bar Nepal’s appeal in UN to get membership. His famous Rastriya Melmilap niti was an aftermath of failed relation with Indira Gandhi and India. His young brother, notorious GP Koirala, in his (BP’s) presence, demanded 5000 gorkha soldiers to Indira Gandhi to attack  Nepal to depose king Birendra. GP has mentioned this in his autobiography.  Do you still claim he was the most nationalistic person?

If it’s just a STORY based on a historical incident, then I do not have anything to say. But is it okay to anathematize K I Singh as CHINESE DOG without exploring his other dimensions ? He was lot better a man of principle than BP and rest of koirala block. Yes, I agree, Ganeshman was really a patriot. Undoubtedly. And accept my kudos to your brilliant writing style. Keep going !!

Last edited: 04-Feb-11 05:15 PM
Last edited: 04-Feb-11 05:24 PM
Last edited: 04-Feb-11 05:51 PM
Last edited: 04-Feb-11 05:55 PM

 
Posted on 02-04-11 6:48 PM     [Snapshot: 1848]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro kathaa -- kati chhito sakkiyeko,

itihas ma lukeko arko pato lekhidiyeko maa both Rahulbhai and Nalapani lai dhanyabaad.

I thoroughly enjoyed.

 
Posted on 02-04-11 7:30 PM     [Snapshot: 1879]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अर्को पाटो हो ईतिहासको, धेरै ब्यक्ती हरु को मह्त्तपूर्ण योग्दान् छ नेपाल  को स्वोतन्त्रा मा, हामी नेपाली हरु भनिये को कुरा भन्दा नभनिये को कुरा मा धेरै विश्वाश गर्ने हुँदा ब्यक्ती ब्यक्ती को आँखामा ब्यक्ती ब्यक्ती फरक पर्चन । मैले त धेरै भाग को अपेक्च्य गरेको थिए तर चाडै सिध्हिएछ। हुन पनि नभको कुरा थपेर लेख्न मिल्ने होइन, जे होस्  राहुलभाइले मिहेनत क साथ् प्रस्तुत गर्नु भएको यो पाटो को लागि प्रसन्स गर्नै पर्छ।  



 
Posted on 02-05-11 1:24 AM     [Snapshot: 1970]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको इतिहासको पानामा मलाई पनि साह्रै रोचक लाग्ने रात हो त्यो | त्यसैले धेरै किताब पढियो त्यो सन्धर्भमा । राहुलदाईले भने झै त्यो रातको कतिपयकुराहरु गणेशमानजीको सवारी चालकको केही बर्ष अगाडि एउटा दैनिकीमा पढेको अन्तर्वातामा पनि मेल खान्छ । म राहुलदाइलाई इतिहासको एउटा रोचक कथालाई साझामा पस्कनु भाकोमा धन्यवाद दिन चाहन्छु ।  यो बिशय राजनैतीक पनि भएकोले धेरै Positive र Negative कमेन्टस्हरु आउन सक्छन ।

फत्ते !

 
Posted on 02-05-11 2:53 AM     [Snapshot: 1987]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Terrific stuffs there, Rahulbhai.

I never got to see BPKoirala, but among the leaders I have seen GM has to be the best. He inspired everyone around him. GM was a great leader, a very honest man. I think Manmohan was also very honest--except that he was a communist and that really puts me off [ The reason why nepali communist leaders put me off is because they say one thing to sojhasajha people and say different things to foreigner].

Ram Prasad Rai was the leader of KI Singh's army. Not sure if KI Singh was "remote controlled" by India. I think Singh was just way too radical and didn't know what was good for country. Singh was a relatively decent man. Once he was kicked out from his prime minister position, he went back to his village and spent rest of his life as a farmer, and his son had won a recent election for MP. Not sure if he still is.

Ram Rai was either killed or died in snow as he fled the aborted coup.(My memory fails me). There are some Rai/Limbus who really idolize him.



 
Posted on 02-06-11 10:36 PM     [Snapshot: 2155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulBhai,

You have tried to distort the history. Dr. KI Singh was the part of Mukti Sena. Mukti Sena was created by Nehru in 1949 after disbanding 31st and 32nd Bengal Rifles. Nehru was angry with then PM Mohan Sumsher JBR when he told him to (during Mohan SJBR's Delhi trip) support and give prominance to Subarna SJB Rana (Nehru's favourite man). But immediately after returning from Delhi PM Mohan confiscated the property of Subarna and Mahabir SJB Rana (who were cousion brothers), instead.
The revolt of Dr. K.I. Singh was engineered by India. Dr. KI Singh knew well that his revolution was to establish Indian hegemony in disguise of democracy. Dear writer, please tell me who invited Indian Army, in Nepal (in 2008 BS) and why? Why Indian Army entered Nepal and killed Bhim Dutta Panta? When Matrkia was asked who invited Indian army to kill Bhim Dutta Panta, then he denied any knowledge about it. When Dr. Lohia raised this same question in Indian parliamanet than only it became public information.
BPs main motive in creating Nepali Congress was to make Nepal a prominent part of India (which is clearly declared in the manifesto of NC during its establishment.) BP had opposed Nepal being a member of UN as an independent nation. Dear writer I want to tell you that BP had never opposed Indian ambassador in the cabinet meeting (rather the Indian Ambassador was the most regarded figure during Matrika's cabinet), BP had never opposed the entry of Indian Army in Nepal and BP never uttered a word against the attrocities comitted by the Indian Army including murder, rape and arson in those days.
While BP was the first elected PM he said "Nepal needs two seats in Indian parliamant", what does this mean? Will you kindly explain?

 
Posted on 02-07-11 12:48 AM     [Snapshot: 2225]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@ Nepalichora
Thanx for illuminating other aspect of that incident.
In nepal all the nationalist people have been belittled or sidelined. Baru bideshi ko ishara ma nachne haru nai thulo manis bhaeko hamro itihas chha. BP Koirala mahmanab re. Ajha rahulbhai ko katha ma ta sarabashrestha deshbhakta. What an irony!! Your story is lopsided and jaundiced.
 
Posted on 02-07-11 3:09 AM     [Snapshot: 2253]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

haha distored half educated story history of Nepal's past and  aru chai haru wah wah .  sorry I couldn't digest  making KI singh villian and BP who seeked seats in India for voice of nepal a hero. What about Gandak?   must have been  sold by dr. sigh and mahendra .  pls be a writer not historian. Pathetic chamche attempt to take advantage of clueless minds in sajha like this :P 

http://www.sajha.com/sajha/html/openthread.cfm?threadid=87882

 
Posted on 02-07-11 8:39 AM     [Snapshot: 2308]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

राजनैतिकर्बप्रथम यो ऐतिहासिक कथा पढि दिनु भै टिप्पणी गर्ने सबै महानउभाव प्रती आभार । यो कथा लेखनका केही प्रिष्ठभूमी र सीमितता बारे स्पष्ट पार्न चाहन्छु ।

१. कथामा लेखिएका सबै कुराहरु त्यो घट्नासंग प्रत्यक्ष संलग्न र महत्वपूर्ण भूमिकामा सरिक हुनु भएका आदरणिय महानुभावले जे मलाई सुनाउनु भएको थियो त्यही लेखेको हुँ।

२. ईतिहासका अनेक ग्रन्थहरुको सोधकार्य हैन ।

३. बिपी महान थिए वा थिएन, मातृका राष्ट्रबादी थिए वा थिएन त्यो मेरो लेखनको उद्देश्य थिएन ।

४. भारतीय षड्यन्त्रमा नेपाली सेना प्रबेश गराउन खोज्न रचिएको घटना क्रम लाई रोक्न सफल भएको त्यो रात थियो भन्ने मलाई लाग्द छ ।तपाइहरुलाई लाग्दैन भने त्यसमा मेरो केही भन्नु छैन।

५. यिनै कुरा मैले बामपन्थीबर्गमा इमान्दार कहलिएका श्रद्धयी मनमोहन अधिकारिको मुखबाट पनि सुनेको छु । यदी केही मित्रहरुको भनाइ सहि मान्ने हो भने मनमोहनजी झूठ बोल्नु भएको मान्नु पर्ने हुन्छ, जुन कुरालाई म मान्दिन ।

६. बिशेश्वर प्रशाद कोइराला प्रती हेर्ने आँखा फरक फरक हुन्छन, क्याम्पस  पढ्दा देखी सुन्दै आएको छु । तपाईं को हेर्ने  चसमा को रंग संग सबैको रंग एउटै हुनु पर्छ भन्ने मलाई लाग्दैन र मेरो बुझाई सँग तपाईं सहमत् हुनु होस् भन्ने पनि मेरो भनाइ छैन।

७.  यो राजनैतिक बहस गर्न लेखेको कथा हैन । राजनऐतिक बहस गर्न अर्कै धागो वा फोरम प्रयोग गर्न सकिन्छ र म तयार छु ।

अन्तमा आग्रह छ, राजनैतिक लाभ हानिको लागि नलेखिएको भएकोले यस कथालाई अन्यथा नलिन हुन र यहाँ हरुको भावना मा ठेस लागेको भए म यो कथा मेटीदिन्छु र क्षमा माग्न तयार छु ।
 


 
Posted on 02-07-11 12:10 PM     [Snapshot: 2383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,

Thank you for sharing your thoughts and writes pen.  Only if history could be erased by deleting this post.  तपाईं ले भन्नु भा जस्तो यो कथा हो। बाँकी हामी सब्बै अफ्फै जान्नि बुझ्नि छौं कथा को मुल्याङ्कन पनि त्यै अनुसार हुन्छ होला 

Thank you once again for your effort.

 


 
Posted on 02-07-11 4:11 PM     [Snapshot: 2463]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेर्ने दृष्‍टिकोण फरक भएपाछी  शायद मुलयँअकन् पनि फरक हुने हो कि? हामी तथ्य भन्दा आख्यान मा बढी भर पर्छौ त्यसकारण नेपाल को ईतिहास मा पनि टन्न दृष्‍टिभ्रम छ, यहाँ राहुलभाइ ले खाली आफुले  भरपर्दो  मध्यम ठानेको स्रोत बाट सुनेको कुरा हामी सँग साटेको मात्र हो। एसरी आफुले पाएको कुरा साझेदारी गर्ने मान्छे लाई नै गाली गर्न थालयो भनीए त पछी कसै ले पनि केही पनि पोस्ट नगरे भो साझा मा।बिस्लसह्न आफ्न्प आफ्नो गर्ने कुरा त चाडै छ नि। मलाई चाँही राम्रो लाग्यो यो प्रस्तुती।


 
Posted on 02-07-11 8:49 PM     [Snapshot: 2544]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

actually you started this to be political, just delete last comments it may be fine story  for blind devotees  of koiralas but pls don't try to persuade others with distorted facts and defaming un-deserving people. No delete is neccessary just delete the comments that's all is needed otherwise it is good imaginable story.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters