[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब त मलाई नेपाली हुँ भन्न नी लाज लाग्छ
[VIEWED 11305 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-11 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

अब त मलाई नेपाली हुँ भन्न नी लाज लाग्छ, खल्ती मा भयेको रुमाल निकालेर मुख छोपु झै लाग्छ ! १४ कडोर को समान लाई ४४ कडोर मा बिक्री !! ३०० प्रतिशत घोटला
मेरो थ्रेड को बिषय देखेर कति जना लाई रिस उठ्यो होला , साले अम्रिका आयेर खुब अम्रिकाने भइ भन्दो होला भनेर ! तर हैन म भाको नी हैन हुन नी मन छैन । आफ्नो देश् को हालत ढेखेर दिक्क लागेर भनेको । तेत्रो जन आन्दोलन भो माओवादी बार्ता मा आयो के के न होला भनेको त भुत्रो हुन्थो । जसलाई नी सत्ता चैयेको छ , महङी बडेको बढ्है छ , साझ परे पछी राती हिंड्न डर छ , बिहान निस्केको छोरा बेलुका आउने नाऔने थेगान छैन ! मेरो देश् नराम्रो हैन , तेसलाई आफ्नो स्वार्थ को लागि नराम्रो बनाए , लुछा चुदी गरेर देश् लाई बर्बाद बनये ! आज को समाचार पढेर त रुनु न हास्नु भनयो ! आँफै सँग रिस उठेर आयो ! कसलाई कोपारु कोपारु चिथारु चिथारु जस्तो लाग्यो ! के गर्ने यहाँ त चर्को स्वोर ले बोले ने पुलिस आउँला भन्ने डर !!
शान्ति सेना जस्तो कुरा मा पनि कति घोताला ! १४ कडोर को समान लाई ४४ कडोर मा बेचेको रे ! ३०० प्रतिशत घोतला , थुक्क कुकुर हो खान को ने सीमा हुन्छ नी !
कैले काही त लाग्छ नेपाल गयेर एस्ले नेता हरु लाई गोली थोकेर मारु जस्तो लाग्छ , तर आफ्नो अवस्था ले रोक्छ ।
रक्त चन्दन कान्द मा पुलिस बिचरा ले बल्ल बल्ल थाहा पायो फेद , समौने आत कस्को !
चोरी का गाडी आफ्नो बनएर मस्त ले चलौछन रोक्न गयो माथि को आदेस मा गाडी फिर्ता रे !
भी ओ आइ पी रोक्न सकेन सरकार ले अब सब को लागि खुल्ला रे !
माओवादी को सरकार भन्न एमाले र कांग्रेस नदिने कांग्रेस र माओवादी को बन्न माओवादी नदिने ! अनी सरकार तेइ हरुवा ग्याङ ले चलैरहने !
२०० पन्ना को सम्भिधान लेख्न ३ बर्ष ले नी पुगेन !
एउटा सानो देश् मा ३-४ वटा उप प्रधान मन्त्री रे , ४०-५० जना मन्त्री ले सब लाई रोजी छादी छ !
सम्सद सम्सद कुटा कुट, पार्टी फोरा फोर , थुक्क नेता हो लाज भन्ने कुरा केइ रैनछ है ।
ए सब कुरा ले बर्बद चै मेरो देश् , बिचरा हेर बिचरा मेरो देश् 
अब नेपाल लाई सिक्किम हुन बाट कसैले रोक्न सक्दैन ! गयो मेरो देश् ! बुदेस काल सम्म येसो नेपाल जना पाइयेल की भनेको नेपाल नै नरहने भो भुत्रो जानु !


 
Posted on 01-05-11 10:11 PM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Pire lai kehi bhannu chha ki yesma??
 
Posted on 01-06-11 1:09 AM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i guess someone would say something like this, and we all know who that someone would be:

I am an ivy league graduate. I have a masters degree. I have about six ropanis land in Kathmandu, so i  am rich byaaatch. i am going to invest that cuz I am da smartest. I know all the US policy, Nepali neta consipiracies and UML is the best thing ever happened in this planet after the invention of underwear. come argue with but don't u dare tell i am American or tell me to go back home either, cuz ummmmmm.. i am da smart one byaatchh... haha

 
Posted on 01-06-11 3:52 AM     [Snapshot: 308]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धैर्य गर्नुहोस् साथी भाई हो नेपाली जनता सोझा छन तर दिमाग नभका भने अवश्य होइनन। एक्दिन एही साझामा जनता हरु को बिरोध मा नेता मारिए भन्ने थ्रेड नि देख्नु हुनेछ। यी नकचरा नेता हरुले जनताले केही गर्दैनन भन्ने सोछेका होलन तर मलाई लाग्छ अब त अती भो। हामीले धेरै शहअयौ, धेरै चुप लाग्यौ  अब त यीनी हरु लाई नङो बनाएर सडक मा ल्याएर पिती पिती मर्नु पर्छ। जिउदो चै छोड्नु हुन्न। एउटा अली राम्रो लिडर चाहिन्छ अनी सुरु हुन्छ। म त नेता हरु लाई आगो लगएर मरेको हेर्न अती अत्तुल छु। यदी कोही नेता का भरौते वो स्वयम नेता नै पनि साझा युजर छन भने सुन अब तिम्रा रत्तौली का दिन गये। मर्न तयार भएस। 
 
Posted on 01-06-11 10:34 AM     [Snapshot: 585]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@Kalopani:  Your language depicts very well which Ivy League you could have attended.  If you truly attened, then it is a shame for us who attend Ivies with you.  I would have been better attending a community college.

 
Posted on 01-06-11 10:44 AM     [Snapshot: 594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Former IGP Rana washes hands off Sudan scam

Former Inspector General of Nepal Police Om Bikam Rana has denied his involvement in irregularities in the purchase of Armoured Personnel Carriers (APCs) and other equipments for the Nepal Police team deployed in Sudan under the United Nations peace mission.

Speaking at the Reporters Club Thursday, Rana said the payment for the equipments was made after his tenure and those concerned with the disbursement should be held responsible for the alleged corruption. The payment was made without following the regulations, he said, pointing fingers at former IGP Hem Bahadur Gurung and current IGP Ramesh Chand Thakuri.

The APCs purchased for the police mission have been found to be more than 40 years old, which went out of use quickly. The United Nations recently declared the Nepal Police team 'ineffective' on grounds of the lack of proper equipment including APCs.

Corruption worth 350 million is suspected in the Rs 440 million purchase deal. The then Home Minister Krishna Prasad Situala, then Home Ministry secretary Umesh Mainali, former IGPs Rana and Gurung and incumbent Thakuri are among those suspected of irregularities. nepalnews.com
 
Posted on 01-06-11 11:24 AM     [Snapshot: 647]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहां लेख्नुको कुनै अर्थ हुन्न -KP

"राम्रा ब्यक्तिलाइ साथ दिने,उसको हौसला बढाउने र मर्कामा पर्दा शक्ति बढाउने काम कहिल्यै हुन्न। अनी को हुन्छ असल? किन हुने असल? कसका लागी हुने असल?"

यस्तो घटना भईरहेको छ,तर खै कसैले समाचार लेख्ने हैन? यि पत्रकारहरु पनि खाली नचाहिने विषयमा मात्र पछि लाग्छन्। चाहिने विषयमा कुरा उठाउने हैनन? चोक, बजार र गल्लीहरुमा सञ्चारमाध्यम र सञ्चारकर्मीबारे चासो र जिज्ञासा हुनेहरुले बारम्बार गर्ने गरेका यस्ता प्रतिकृया सुनेपछि आफुसंगै प्रश्न गर्छु–आखिर लेखेर के नै हुन्छ र यो देशमा? केवल महिनाको तलव पाक्ने बाहेक ? गम्भिर विषयमा लेखेपनि हल्का विषयमा लेखेपनि हुने केही हैन। जसको बारे समाचार लेखिन्छ, अनी जसले समाचारप्रति चासो देखाउनुपर्ने हो तिनिहरु महात्मा गान्धीका तीन वटा बांदर झै कान ,आंखा र मुख छोपेर बसेका छन्। तिनिहरुको छाला गैडाको जस्तै जब्बर बनिसकेकोछ, जसलाइ कुनै संवेदनाले छुनै सक्दैन।

यो साताका २ वटा घटना एसपीहरुको बढुवामा गरिएको गोलमाल अनी माओवादी नेतावाट चोरीको गाडि बरामदहुंदा पनि उसैलाई फिर्ता दिन बाध्य हुनुपरेको समाचारवाटै अहिलेको अवस्थामा नीति, नियम र कानुनबारे लेख्नु, बोल्नु र देखाउनु मुर्खता मात्र हो भन्ने पुष्टी हुन्न र? एसपी रमेश खरेललाइनै हेरौन। यदी गृहमन्त्री भिम रावल, प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरी साच्चिकै प्रहरीको मनोबल उच्च राख्नुपर्छ है भन्नेमा प्रतिबद्ध हुन भने उनीहरुले क्रमगत रुपमा एक नम्बरदेखी पांच नम्बरसम्ममा रहेका एसपीहरुको बढुवा गरेको भए अहिले यो विवाद आउनेनै थिएन। खरेल बढुवामा पर्दैनथे। र उनले अशन्तुष्टी ब्यक्त गर्ने तर्कपनि हुने थिएन।

तर, उनीहरुले त्यसो गरेनन्। कारण यसो गर्दा उनीहरुले चाहेका मान्छेहरुको बढुवा हुन्नथ्यो। तर यसो गर्दा उनीहरुको स्वार्थ पुरा हुन सक्दैनथ्यो। त्यसैले उनीहरुले वरिष्ठताको आधार टेकेनन् अनी  कार्यक्षमतातिर लागे।

मानविय कमजोरी जोसंग पनि हुन्छ। त्यो कमजोरी खरेलसंग पनि देखिन्छ नै। तर,उनले हिजो सिराहा र पोखरामा हुंदा गरेको काम अनी काठमाडौं प्रहरी प्रमुखमा रहंदा गरेको कामको सर्वसाधारणले सम्मान गरेका छन्। प्रहरी हुनु त खरेलजस्तो भनेका छन्। के ति सबै प्रायोजित ब्यक्तिहरु मात्र थिए त? पक्कै थिएनन्। साच्चिकै खरेलले एसपीको रुपमा उत्कृष्ठ काम गरेका थिए।
तर, कार्यक्षमता भन्दै गृहमन्त्री र प्रहरी महानिरिक्षकले पटक पटक नसिहत पाएका असक्षम अनी काठमाडौंको शान्ती शुरक्षा बहाल गर्न नसकेको भनेर आफ्नै संगठनले सरुवा गरेको ब्यक्तिलाई बढुवा दिएपछि राम्रो काम गर्नेको मन कसरी थामिन्छ? खरेलको मनपनि थामिएन र उनी एक महिनेविदामा बसे।
त्यो विषयमा सञ्चारमाध्यम विशेष गरी नागरिक दैनिकले लगाताररुपमा समाचार प्रकाशित गर्‍यो। पाठकहरुवाट पनि उस्तै प्रतिकृया आए, त्यो पनि प्रकाशित भयो। तर, त्यसको सकारात्मक असर के त? अंह केही भएको छैन, अनी हुनेवाला पनि छैन। गृहमन्त्री र प्रहरी महानिरिक्षक कानमा तेल हालेर बसेका छन् र बसिरहने छन्। अन्यायमा परेका खरेलले न्याय पाउनेवाला छैनन। पत्रकारले जति नै लेखुन न प्रधानमन्त्री माधवकुमार नेपाल चु बोल्ने वाला छैनन।

लाग्न सक्छ, खरेल अहिले बढुवा नभएर के भयो र? पछि बढुवा पाईहाल्छन् नि। तर संगठनमा त्यस्तो हुन्न। संगठनमा जागिर खाएको वर्ष गणनाको आधारमा काम गर्न पाईन्छ। समय कटेपछि अवकास अनिवार्य हो। यदी अहिले खरेलले बढुवा पाएका भए उनी प्रहरी महानिरिक्षकसम्म हुन भ्याउंथे। महानिरिक्षक नभएपनि अतिरिक्त प्रहरी महानिरिक्षक पक्का थियो उनको।

अहिलेको प्रावधान अनुसार प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षमा उसले अवकास पाउंछ। खरेल २०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन। भनेपछि अब उनको सेवा अवधी ८ वर्षमात्र हो। अहिले उनले बढुवा पाएको भए २०७५ सालमा अवकास पाउंदा उनी कमसेकम एआईजी पक्का हुन्थे। अहिले बढुवा नपाएपछि कमसेकम अब बढुवाका लागी २ वर्ष त लाग्छ नै। त्यो पनि चाडोमा। त्यसले गर्दा उनी अवकास पाउनु अगाडिसम्म नियमित बढुवामा परेभनेपनि हुने डिआईजीसम्म मात्र हो। त्यसैले पनि उनी यत्तिविध्न निरास भएको हुनुपर्छ।

डिएसपीकै बढुवा हेरौन। १४ नम्बरमा रहेका ब्यक्तिलाइ एक नम्बरमा बढुवा गरे। अनी ८ नम्बरमा भएका ब्यक्तिलाई धकेलेर २१ नम्बरमा पारे। त्यो पनि विनाकुनै कसुर। जो २१ नम्बरमा परेका छन् ति प्रहरी अधिकृत उनै हुन जो नवराज सिलवाल काठमाडौंको प्रहरी प्रमुख रहंदा उनको प्रमुख सहयोगी थिए। सिलवाल पनि सक्षम, व्यवसायिक र उत्कृष्ठ भिजन भएका प्रहरी अधिकृत नै हुन। उनी काठमाडौं बस्दा उत्कृष्ठ काम गरेका थिए। त्यसमा धेरथोर ति प्रहरी अधिकृतको पनि सहभागिता पक्कै थियो नै। तर, उनी बढुवाहुंदा २१ नम्बरमा फालिए। विजयकुमार गच्छद्धारका ज्वाई भएकै आधारमा दिलिप चौधरी एक नम्बरमा ल्याईए। यो बारेपनि सञ्चारमाध्यमहरुमा समाचार आएका छन्। तर, त्यसले के असर पारेको छ र? के परिर्वतन भएको छ र ? सञ्चारकर्मीले जायज तथ्य अगाडि राखेका छन्,राखिरहेका छन्। तर त्यसको कुनै प्रतिकृया नै छैन। अनी लेख्नेले पनि किन लेख्ने ?

चोरी गरेर ल्याएको पजेरोमा टाटा सफारीको नाममा दर्ता रहेको नम्बर राखेर माओवादी नेता खड्गबहादुर विश्वकर्मा हिडिरहेको फेला परेपछि प्रहरीले पक्राउ गर्‍यो। गाडि राखेर यातायात व्यवस्था कार्यालयलाई सोध्यो। सोध्दा पजेरो त चोरिको निस्कियो। प्रहरीले कार्वाही प्रकृया अगाडि बढाउने प्रयास गरियो। तर, राजनीतिक दवाव यसरी बढ्यो कि लाजै पचाएर प्रहरीले चोरीको गाडि उनै नेता विश्वकर्मालाई बुझायो। सञ्चारमाध्यममा प्रमाण सहित यि सबै समाचार प्रकाशित भएका छन्। तर, त्यसले चोरीको गाडि चढ्ने नेता अनी चोरीको गाडि फिर्ता गर्न लगाउने गृहमन्त्री र उच्च प्रहरी अधिकारीलाइ के भएको छ र?

यदी विश्वकर्माको स्थानमा अन्य सर्वसाधारण नागरिक भएको भए अहिले उ जेलमा कोच्चिसकेको हुन्थ्यो। अनी कानुनपनि ब्यक्ति हेरेर कार्यान्वयन हुन थालेपछि गर्ने के? जति लेखेपनि, केही नहुने भएपछि ज्याननै जोखिममा राखेर लेख्नुको अर्थ के ?

शक्तिको दुरुपयोग गर्दै आफु अनुकुल निर्णय गर्ने गृहमन्त्री र प्रहरी महानिरिक्षकमाथी छानवीन शुरु होस। अनी उनीहरुले गरेको गलतकामका लागी दण्ड होस। चोरीको गाडि चढ्ने विश्वकर्माजस्ता पनि जेल परुन। अनी गाडि छोड्न निर्देशन दिने नेता र उच्च प्रहरीलाई कार्वाही होस। अनी पो थप उत्साह थपिन्छ काम गर्न ।

राम्रा मान्छे भएनन देशमा खाली खराबै खराब मात्र भए भनेर चिया पसलमा चर्चा मात्र गरिन्छ यहां। तर, राम्रा ब्यक्तिलाइ साथ दिने,उसको हौसला बढाउने र मर्कामा पर्दा शक्ति बढाउने काम कहिल्यै हुन्न। अनी को हुन्छ असल? किन हुने असल? कसका लागी हुने असल?  खरावहरुको भिडमा संघर्षका साथ उभिएको असल पात्र जो चारैतिरवाट दुश्मनहरुको चौघेरामामा बांचेको हुन्छ। उसको साथमा कोही नहुने हो भने को बन्न खोज्छ असल ? लड्दा हात समानेहरु नहुने भएपछि किन अरुका लागी आफु जोखिममा पर्ने ?

शक्तिशाली ब्यक्तिले गरेका कुकाम सार्वजनिकहुंदा केही हुन्न। न सरकार सक्रिय हुन्छ, न समाज नै। पत्रिकामा लेख्ने , रेडियोमा बोल्ने र टेलिभिजनमा देखाउने सञ्चारकर्मी मुर्ख बनिरहेका छन्। उनीहरुले कति जोखिम मोलेर सूचना संकलन गरेका हुन्छन् समाजलाई ति कामका बारे जानकारी गराउन। तर समाज मौन छ। बदमासी गर्नेलाई कसैले सोध्न सक्दैन किन यस्तो गरिस् भनेर। कोही विरोधमा उत्रदैन, खरावलाई दण्डित गर्न र असललाई पुरस्कुत गर्न। गलत काम गरेको ब्यक्तिले गलत काम गर्‍यो है भनेर प्रमाण सहित समाजलाई जानकारी गराउने ब्यक्ति नै खुस्केट झै हुन थालेपछि कति समय खुस्केट बनिरहने?

एउटा हिरोइनको चटपटे अर्न्तवार्ता लिनु र भ्रष्टाचार सम्बन्धी जोखिमपूर्ण समाचार खोजेर लेख्नु बराबर भएपछि को लाग्छ भ्रष्टाचारको समाचार खोजेर ज्यान जोखिममा पार्न। हिरोइन खोज्यो, समाचार लेख्यो भइगो। नेताले गरेको भाषण टिपेर बनाएको समाचारमानै समाज मक्ख पर्छ भने किन पछि लाग्ने अपराधीहरुको ?




 
Posted on 01-06-11 1:02 PM     [Snapshot: 782]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

tero name nai "americane" ani Nepali huna laaz laagne nai bhayo ni
 
Posted on 01-06-11 1:53 PM     [Snapshot: 857]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal is going to cry because you don't wanna be called a Nepali? And who asked you to be identified as Nepali, we simply don't care.
I do understand your frustation, but have you ever held yourself (and myself) responsible for all this? If one leader does this then that's the leader's fault; but if all the leaders are doing it, don't you think it is the janata's fault? Paap sahanu pani paap ho. We are all to blame, so forget Nepali, you should say, "Aba ta MA bhanna pani laaz lagi sakyo"
 
Posted on 01-06-11 6:35 PM     [Snapshot: 1084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@jptsamachar , read thread before you comment !

@Stiffler bro , this kind of dialouges suit on bollywood movie not in real life ! ok i promise you just guarntee me that u goona take care of my responsibility after my death and i will bomb so called parliament when all so called leaders are there !
Nobody is scared of death , thats the responsibility what stops ! what happen to those who died on 2nd Jana aandolan ??
 
Posted on 01-06-11 7:10 PM     [Snapshot: 1123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Actually I was frustrated by these kind of news, still I will not say "Nepali bhanna laz lagi sakyoo"

Look at these lawless sequences
1) video of Prachanda of Saktikhor and media and opponent parties were not able to get any thing from that

2) Suntali Dhami was raped by her colleague and still they were not prosecuted all because of home minister

3) Mahara got caught while asking for money to buy the legislator and nothing happens

4) Minister, Karima Beugm, slapped the government officer and still did not had to face consequences.

4) Polices were almost sure that DPM kin is operating VOIP, and still they can not do anything abt it

5) Former Home minister, current Police chief and others are involved in biggest scam, everybody have proof and still nothing happens

6) One of the DPM is lobbying (not only lobbying but also offering bribe) for airbus to selling NAC, irrespective to what is suitable for the company and still media were not able to ask single question to him

7) Finance Secretary reports to US Embassy that he took the decision in order to favor their interest and still nobody cares like nothing happens

8) Police had to return the theft vehicle to back to 'Chor' because of 'Mathi ko Aadesh', and Police simply jailed a woman, as she did not vacate her room, as room  was required for police domestic helper. And look at this picture.

9) Ramesh Kharel, guy who work his butt-off for his duty was not promoted, and promotion was given to other guy, who was kind of demoted, because he was not able to full fill his duty.

10) Transporters simply vandalised passenger buses for defying their strike in support of their syndicate system on the highway. ()



And we are, here just fighting in some public forums :(:(

 
Posted on 01-06-11 11:04 PM     [Snapshot: 1256]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FRIDAY, 07 JANUARY 2011 10:22 नागरिक
smaller text tool icon medium text tool icon larger text tool icon
'डेढ वर्ष भइसक्यो, माग्दा दिँदैनन्'-
सुरेन्द्र पौडेल, काठमाडौं, पुस २३- साउदी अरबका राजदूत हमिद अन्सारीले त्यहाँ मृत्यु भएका नेपाली कामदारका परिवारलाई बिमा कम्पनीले दिएको क्षतिपूर्ति रकम निजी खातामा राख्ने गरेको खुलेको छ।
 
  पीडित परिवारका अनुसार सम्बन्धित बिमा कम्पनीले क्षतिपूर्तिबापत दूतावासलाई बुझाएको रकमबारे परिवारलाई जानकारी दिएको डेढ वर्ष बित्दा पनि राजदूतले उक्त रकम दिन मानेका छैनन्। क्षतिपूर्तिबापत आउने लाखौं रकम राजदूतले निजी खातामा राखेको आरोप पीडितहरूको छ।
मर्सिडिज गाडी चलाउँदा दुर्घटनामा परी साउदीमा मृत्यु भएका झापाका रमेश सुवेदी र काम गर्दा कम्पनीभित्रै दुर्घटनामा परी मृत्यु भएका सर्लाहीका सन्तलाल तामाङका परिवारले क्षतिपूर्तिका लागि परराष्ट्र मन्त्रालय धाएको डेढ वर्ष बित्दा पनि मन्त्रालयले समेत पीडितसम्बन्धमा कुनै चासो दिएको छैन। परराष्ट्रले समेत राजदूतका पक्षमा बोल्ने गरेको आरोप पीडितहरूको छ।
'घटनाबारे हामीले भर्खरै थाहा पायौं,' परराष्ट्र प्रवक्ता दुर्गा भट्टराईले भने, 'यथार्थ बु‰ने प्रयास गरिरहेका छौं।'
आफन्तका अनुसार सुवेदीको मृत्यु अघिल्लो वर्ष जेठमा भएको थियो। साउदीस्थित अदालतले परिवारलाई एक लाख रियाल (२० लाख रुपैयाँ) क्षतिपूर्ति दिने निर्णय गरेपछि बिमा कम्पनी 'पाहुनिया' ले चेकमार्फत उक्त रकम नेपाली दूतावासलाई बुझाएको थियो। बिमा कम्पनीले दूतावासलाई बुझाएको ४९६५५९ नम्बरको चेक फोटोकपी गरी फ्याक्समार्फत पीडित परिवारलाई पठाएको छ। चेकमा राजदूत अन्सारीले बुझेको सही गरेका छन्। चेकमा उल्लेख भएअनुसार गत वर्ष साउनमै बिमा कम्पनीले रकम बुझाएको हो।
'बिमा कम्पनीले एक लाख रियाल क्षतिपूर्ति दूतावासलाई बुझाएको चेकको फोटोकपी हामीलाई पठाएको डेढ वर्ष भइसक्यो,' पीडितका गाउँले नारायण परियारले भने, 'पैसा माग्दा दिनै मान्दैनन्।'
सुरुका केही महिना क्षतिपूर्ति लिन सुवेदीका बुबा र श्रीमती परराष्ट्र धाएका थिए। तर, काठमाडौं बसेर ताकेता गर्न पैसा नभएपछि छिमेकी परियारलाई क्षतिपूर्ति बु‰न जिम्मा लगाई उनीहरू घर फर्केका थिए। 'मै धाउन थालेको पनि आठ महिना भयो,' परियारले भने।
क्षतिपूर्तिका लागि साउदीस्थित दूतावासमा फोन गर्दा रकम प्राप्त नभएको जानकारी दिइएको उनले बताए। पीडितका अनुसार राजदूत अन्सारीलाई नै फोन गर्दा उनले उक्त रकम दूतावासको खातामा नभई आफ्नै खातामा राखेको जानकारी परिवारलाई गराएका थिए।
अन्सारीले बिमाको ४० प्रतिशत रकम दुर्घटनामा परेको गाडी बनाउन खर्च भएको र ४० प्रतिशत वकिललाई दिएको उल्लेख गर्दै २० प्रतिशतमात्र परिवारले पाउने जानकारी केही दिनअघि दिएको परिवारले बतायो।
'अरुलाई समेत उनले रकम निजी खातामा राखेको जानकारी दिँदै उपलब्ध गराउन आनकानी गरेका रहेछन्,' मृत्यु भएका अर्का कामदार तामाङका आफन्त रोजन रखालले भने, 'न हाम्रो समस्या परराष्ट्र मन्त्रालयले सुन्छ, न दूतावासले।'
तामाङको मृत्यु अढाइ वर्षअघि काम गर्दागर्दै भएको थियो। तामाङका भाइ अनिल पनि उनीसँगै काम गर्थे। अनिलले नै बिमा कम्पनीले क्षतिपूर्ति रकम राजदूतावासमा पठाइसकेको जानकारी नेपालमा परिवारलाई दिएका थिए। '१०-१२ पटक राजदूतलाई पत्र पठाइसक्यौं, जवाफ नै दिँदैनन्,' रखालले भने।
क्षतिपूर्तिको रकमबारे बुझ्न जाँदा परराष्ट्र कर्मचारीले उल्टै झगडा गर्ने र हप्काउने पीडितले बताए।
परराष्ट्र प्रवक्ता भट्टराईका अनुसार बिमा कम्पनीले दूतावासलाई रकम बुझाएपछि वकिलको पारिश्रमिक कटाएर मन्त्रालयमा पठाउनुपर्छ। मन्त्रालयले सम्बन्धित जिल्लामार्फत रकम पीडित परिवारलाई भुक्तानी गर्छ। 'चेक बुझेको डेढ वर्ष बित्दा पनि पीडितले क्षतिपूर्ति पाएका छैनन् भने यो अक्षम्य अपराध हो,' उनले भने।
पीडितको आरोप राजदूत अन्सारीले पनि स्वीकार गरे। 'सुवेदीको परिवारलाई दिईएको क्षतिपूर्ति रकम मसँगै छ, तर अहिले उनीहरूलाई दिन मिल्दैन,' अन्सारीले नागरिकसँग टेलिफोनमा भने, 'कम्पनीसँग छिनोफानो नभई दिन मिल्दैन।' पीडित परिवारलाई कम्पनीले भूलवश चेक पठाएको उनले तर्क गरे। उनले भने, 'धेरैजसोको पैसा आएको छ। छिट्टै दिने प्रयास हुन्छ।'
  
 
Posted on 01-06-11 11:50 PM     [Snapshot: 1300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-11 7:41 AM     [Snapshot: 1408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I realize your frustration, but I take offense when you say Nepali bhanna ni laaz lagyo. I am Nepali myself and most users here are. It’s a collective identity we share and when you spit on that identity I will take offense.
I thought your title was more dramatic (like “ hindi movie dialogue”) than what I posted but that’s your opinion. That is something I truly believe. I am not going to sit here and curse Nepal since she didn’t do nothing for me, She has, and what have I done in return? If you still think I am being emotional, so be it. The leaders are guilty but we are equally guilty of electing them.

 
Posted on 01-07-11 10:12 AM     [Snapshot: 1474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I know my title was little dramatic , actually let me open secret it was from one of my poem I wrote in class 8 or 9 ! Long time ago, now I am very older than that time ! A it's from poem it seems like dramatic word ! I even don't remember at what sense I wrote that time and I don't have full part also ! I just remember title !!
Now it again match with our country reality so I revised that and wrote as thread !!
 
Posted on 01-07-11 10:20 AM     [Snapshot: 1483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-07-11 11:48 AM     [Snapshot: 1532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज् को ताजा खबर - माओवादीले पौडेल लाई प्र म बन्न सहयोग गरे कङ्रेसले अनमिन राख्न दिने -
भोलिको ताजा खबर - ईन्डियाले कुजतालाई    मुख्य mantri बन्न सहयोग गरे india lai  Nepal राख्न दिने
Last edited: 07-Jan-11 11:48 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters