[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ३५ वर्षपछि 'बेहुलाबेहुली' को पुनर्मिलन
[VIEWED 4585 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-10 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


३५ वर्षपछि 'बेहुलाबेहुली' को पुनर्मिलन




    धनकुटा, वैशाख २७ -  विवाह भएको ४ दिनमा पतिसँग बिछोडिएकी उनले साढे तीन दशकपछि पुनर्मिलन हुन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । पतिको आगमनमा आस गरेकी उनले वर्षौ बिछोडमा भोगेको पीडा र आँसुको कथा उनले पतिलाई बल्ल सुनाउन पाएकी छन् ।


    ३५ वर्षअघि बिछोड भएका विराटनगरका केदारप्रसाद न्यौपाने र कमलाको बल्ल धनकुटाको विश्रान्तिस्थित वृद्धाश्रममा पुनर्मिलन भएको छ । विवाह गरेको चार दिनमा धार्मिक विधिअनुसार चतुर्थी गरेको दिन केदार बेपत्ता भएका थिए । सँगै सुतेका पति बिहान ओच्छ्यानबाटै बेपत्ता हुँदा कमलाले चिन्ता र व्याकुलतामा कयौं दिनरात बिताउनु परेको उनले बताइन् । बेहुला अवस्थामा बेपत्ता भएका पतिसँग अघिल्लो महिना पहिलो भेट हुँदा उनले चिन्नसमेत सकिनन् ।

    १६ वर्ष आफ्नै पतिको घरमा बिताएकी कमला त्यसपछि माइती संखुवासभा मादीमा बस्दै आएकी थिइन् । लामो समय माइती बस्दा कुरा काट्ने डरले उनले विकल्पको खोजीमा वृद्धाश्रम रोजेको बताइन् ।

    कमला आफ्नी आमा पार्वता दाहालसँग २६ वर्षदेखि यहाँ बस्दै आएकी छन् । अघिल्लो वर्ष वृद्धाश्रमबारे जानकारी दिन आएका एक वृद्धसँग भेटघाट हुँदा नाम ठेगानाका आधारमा पति भएको शंकासमेत भएपनि उनले अनुहारबाट चिन्न सकिनन् । तर पुनः विश्रान्ति वृद्धाश्रममा बस्न अघिल्लो महिना आएपछि उनीहरूबीच पुनर्मिलन भएको हो । पहिले फोटो खिच्ने चलन थिएन, तन्नेरी बेहुला अवस्थामा बिछोडिनुभएका उहाँलाई वर्षौंपछि भेट हुँदा चिन्ने कुरै भएन, उनले अघिल्लो महिना भेट हुँदाको स्मरण गर्दै भनिन्, वृद्धाश्रम आएको केही दिनमा मात्र पति भएको देवरले भनेपछि थाहा पाएँ ।

    आमाको सानैमा मृत्यु भएपछि बाबुले सौतेनी आमा ल्याएकाले निकै हैरानी खेप्दै आएका केदारले करकापले कमलासँग विवाह गर्नुपरेको सुनाए । भर्खरै विवाह गरेकी पत्नीका अगाडि सौतेनी आमाले दुव्र्यवहार गरिन्, नरमाइलो लाग्यो, उनले भने, सौतेनी आमाको रुखो व्यवहारले घर र परिवार छोडेर भारततर्फ लागेको थिएँ । लामो समय भारतमा बस्दै आएका केदारले वृद्धावस्था वृद्धाश्रममा बिताउने चाहनाले त्यहाँ आएका थिए । त्यसरी बिछोडिएका उनीहरूबीच वृद्धाश्रममा अप्रत्याशित पुनर्मिलन भएको छ ।

    कमला वृद्धाश्रमकी पुरानो स्वयम्सेविका हुन् । उनले वृद्धवृद्धाको स्वास्थ्य र सरसफाइबारे ध्यान दिने मुख्य काम गर्दै आएकी छन् । त्यहाँ हाल २९ वृद्धवृद्धा रहेका छन् । सबैकी साझा छोरीका रूपमा कमला रहेकी छिन् । उनीसँगै बस्दै आएकी १०४ वषर्ीया आमा पार्वतापछि पति पनि थपिएका छन् ।



     
    Posted on 05-15-10 5:00 PM     [Snapshot: 287]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यो कथाले नेपाली को ब्यथा सङै नपुङ्सकता पनि जनाउछ । He should not be running away leaving her alone. 
     
    Posted on 05-16-10 2:00 AM     [Snapshot: 486]     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    sabai Nepali layee kina dosh ni?
     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    मन भित्र को पत्रै पत्र!
    TPS Work Permit/How long your took?
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Guess how many vaccines a one year old baby is given
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
    They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
    Travelling to Nepal - TPS AP- PASSPORT
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    TPS Reregistration and EAD Approval Timeline.......
    nrn citizenship
    Morning dharahara
    Another Song Playing In My Mind
    TPS Renewal Reregistration
    जाडो, बा र म……
    1974 AD Pinjadako Suga Remixed
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters