[Show all top banners]

Soil
Replies to this thread:

More by Soil
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विनदास काठमाण्डौँ
[VIEWED 8152 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-10 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

During my last meeting with my friend Scott he asked me a question. Are you guys waiting for some help from other nations to build your city? I had no answer for him, because once i told him that young guys are leaving country because of the problems. May be all of us are aware of this. I found an article and want to share with you guys. 

Author: Mr. Ram Hari
 अलकापुरी कान्तिपुरी नगरी थियो हिजो तर आज फोरकापुरी क्रान्तिपुरी सहरी भन्न्ो भएको छ अचेल काठमाण्डौँलाई । यो सहरमा सभ्य मानिसका असभ्य सोच र व्यवहारले चार भाजाङ्गभित्र नै फोहरको डुङ्गुर सानो पहाडझैँ बन्न थालेको छ । चारैतिर दुर्गन्ध फैलिएको छ । सरुवा रोगहरुले डेरा जमाउँदै छन् । सुन्दर नगरीय स्वरुप कुरुपतामा बदलिन थालेको छ । यसबाट सबैलाई अनिष्ट प्रभाव पर्दै गएको छ तर पनि काठमाण्डौँ विनदास तवरले आर्थिक सामाजिक राजनीतिक र भौतिक रमझममा डुबेको छ ।
विभिन्न संघ संस्था दल सरकार आदिका आ-आफ्नै कुटिल दाउपेच चलेजस्तै दुर्गन्धित फोहरको रहस्यमय राजनीति साप्ताहिक पाक्षिक मासिक परिधि बनेर समस्याको क्रीडास्थल बनिरहन्छ । देशको एक मात्र महानगरपालिकाको त यो गति छ भने अरु त झन् उपनगरपालिका र नगरपालिकाको के गति होला तथापि पजेरोमा हुँइकिनेदेखि ठेलागाडा कुदाउनेसम्म अरबौँका व्यापारीदेखि नाङ्लो पसलेसम्म टाईबुट कस्नेदेखि नाम्लोडोरी बोक्नेसम्म्ालाई काठमाण्डौँ सहर नै चाहिएको छ त्यसैले पनि काठमाण्डौँ विनदास भई बसिरहेको छ । 
 एकातिर यस सहरका पाँचतारे होटेलभित्र फजुल खर्च गरी मस्ती लुट्नेहरुदेखि अर्कोतिर दूधको पलास्टिकभित्र ड्रेनड्राइटको लेदो घोलेर क्षणिक स्वर्गीय आनन्दमा रमाउँदै सडकका पेटीहरुमा लमतन्न सुत्ने अनाथहरु प्नि यही सहरलाई केन्द्रबिन्दु बनाएर बसेका छन् । ईष्र्या लोभ र अनावश्यक चिन्ताको तापले पिल्सनेहरुलाई बाक्ला डनलप तथा म्याटि्रसमा चैनको निद नआएर डाक्टरको परामर्श लिनेदेखि चप्पल नाम्लो र ढुङ्गोलाई सिरान बनाएर आरामको निद सुत्ने भरिया पनि यही छन् । त्यसैले काठमाण्डौँ बिनदास बनी यिनै अद्भूत तिलस्मी विषय नियाली रहेको छ । यही सहरका हजारौँ भिडमा थरीथरीका विद्यालयले ज्ञानको चौतारीमा विभिन्न विषयका विविधता बाँडिरहेका छन् भने अनेकौँ नामका बैँक फाइनान्स सहकारीहरुले नौलौ आश्वासन वितरण गरी दाम कुम्ल्याइरहने पनि कति छन् छन् । 
सहरका गल्लीपिच्छे वैदेसिक रोजगारीका सपना बेच्ने कम्पनिदेखि नवीन जोस र जाँगर भएका विद्यार्थीलाई कन्सलटेन्सीका रौनकले प्रतिभा पलायन गराउने भूमिका निर्वाह गरी यही फोरकापुरीमा नाक खुम्च्याई खुम्च्याई बसिरहेका छन् । त्यसैले पनि काठमाण्डौँ विनदास पाराले आफ्नो सान र सौकतका साथ हेरिरहन्छ । यसर्थ यहाँ फोहरै फोहरको डुङ्गुर बढे पनि हत्या लुटपाट र कोलाहल मच्चे पनि यसलाई कुनै प्रभाव पर्दैन । ऊ अझै आफ्नो सान र मानमा रौसिएकै देखिन्छ । कुनै पनि समस्यामा टायर बालेर त्यसको धुवाँको बादल निर्माण गर्न सक्षम भएका नेपाली दलका कार्यकर्ताहरु नयाँ विज्ञानलाई चुनौति दिन पनि यहीँ त_िम्सएकै छन् । यस सहरमा यस्ता दल संघ संस्था परिषद आदि जो जति छन् जसले आफ्ना स्वार्थका लागि बन्द हड्ताल गरी विभिन्न माग प्रस्तुत गरेर दैनिन्दिनी कार्यलाई अबरोध पुर् याउँछन् तैपनि विनदास भएर यस्तै प्रहसन हेरी बसिरहन्छ काठमाण्डौँ । 
Author: Ram Hari


Last edited: 28-Feb-10 07:05 PM

 
Posted on 02-28-10 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

my loved and dear ones are all in KTM but I want the so called earthquake to happen on the worst way possible. I'm all fked' up. I don't think that earthquake can make any more damage. From mental to physical all shit are so much fked' up that nothing can harm anymore anyway.

If you can make changes then don't f'king just comment. show what u have done. I'v got maha-kabya of changes that I can do now.
Last edited: 28-Feb-10 11:19 PM

 
Posted on 02-28-10 11:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mpahilo...you are sick!
 
Posted on 03-01-10 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You know I am. Was going to write that one but already did it on other posts so.
Last edited: 01-Mar-10 12:02 AM

 
Posted on 03-01-10 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेपालको राजधानी सारने बेला भयो !!! काठमांडू को सम्पदा बचाई राख्ने हो भने नया नेपालको केंद्रीय राजधानी सबै ठाऊं बाट पायेक पर्ने र खेर गहि रहेको ठाउमा सारदा राम्रो होला |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters