[Show all top banners]

ANS
Replies to this thread:

More by ANS
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

illuminati

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उपचार गर्न नसक्दा सामूहिक आत्महत्या
[VIEWED 7079 TIMES]
SAVE! for ease of future access.
Posted on 02-16-10 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is so sad story i came across in kantipur online...


रुकुम, फाल्गुन ३ - 
उपचार खर्च जुटाउन नसक्दा रुकुमको एक विपन्न परिवारकी छोरी र उनका वृद्ध आमाबाबुले सामूहिक आत्महत्या गरेका छन् । 

भलाक्चा १ का ७० वषर्ीय दलबहादुर ओली, उनकी ६८ वषर्ीया श्रीमती कली र २७ वषर्ीया छोरी तुलसाले आइतबार बेलुका झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।

तुलसा लामो समयदेखि छारे रोगबाट पीडित भएको र उनको उपचारमा धेरै खर्च भएपछि ऋण तिर्न नसकेर आत्महत्या गरेको गाउँलेले बताए । आमा कली पनि पटकपटक बिरामी हुने गरेको र आर्थिक अभावकै कारण उपचार गर्न नसकिएको छोरा देविलालले बताए । 'स्थानीयस्तरमा धेरै उपचार गरियो तर सञ्चो हुन सकेन । उपचार गर्दागर्दै धेरै खर्च भएपछि जिल्लाबाहिर जान सक्ने अवस्था थिएन,' छोरा देविलाललाई उद्धृत गर्दै रुकुमका प्रहरी नायब उपरीक्षक होमजंग चौहानले भने, 'बेलाबेला यस्तो अवस्था हुनुभन्दा मर्न पाए हुन्थ्यो भन्थे । हामीहरू घरमा नभएको मौका पारी यस्तो गरेछन् ।' 

स्थानीय भागिमान बुढाथोकीका अनुसार छोरी तुलसाको उपचारमा यो विपन्न परिवारले एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको थियो । तैपनि उनलाई निको नभएकामा बाबुआमा निकै पिरोलिएका थिए । उपचारका लागि धामीझाँक्रीदेखि सबैखाले उपाय गरिसक्दा पनि प्रयास व्यर्थ भएपछि ओली दम्पती विक्षिप्तजस्तै बनेको उनले बताए । 'छोरीको उपचार गर्न नसकेका कारण उनीहरू पागलजस्तै भएका थिए,' स्थानीय कली ओलीले भनिन्, 'केही गर्दा पनि निको नभएपछि आज यस्तो गरेछन् ।' 

कलीका अनुसार तुलसाका बाबु एक साताअघि छोरीलाई भारतको दिल्ली लैजाने तयारीमा थिए । त्यसका लागि उनी आफ्नो घरमा पैसा सापटी माग्न आएको उनले बताइन् । छारे रोगकै कारण तुलसाको बिहे हुन नसक्दा आमाबुबा निराश भएको देविलालले बताए । 

तीनै जनाले घरनजिकैको चिउरीको रूखमा झुन्डिएर आत्महत्या गरेका थिए । आमाछोरी नजिकैको हाागामा एउटै खाले भिमलको डोरी र बुबा अलि माथिल्लो हाागामा छुट्टै खाले डोरीमा झुन्डिएको प्रहरी नायब उपरीक्षक चौहानले बताए । 'आमाछोरीले पहिले र बाबुले पछि आत्महत्या गरेजस्तो देखिन्छ,' उनले भने, 'अन्य चोटपटकको कुनै संकेत छैन ।'

पाँचजनाको यो परिवारका माहिलो छोरा आर्थिक अभावकै कारण रोजगारीका लागि भारत गएका थिए । जेठो छोरा देविलाल ससुरालीमा गएको मौका पारेर तीन जनाले आत्महत्या गरेको छिमेकीहरू बताउँछन् । उनीहरूले यसअघि पनि पटकपटक आत्महत्या प्रयास गरेको थाहा भएको छ । 

तीनै जनाको शव सोमबार जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम गरी छोरा देविलाल र छिमेकीहरूलाई बुझाइएको छ । उनीहरूले दाहसंस्कारका लागि शवहरू आफ्नै गाउँतर्फ लगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 
Posted on 02-16-10 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty sad.... so what did the Maoists do? I guess rukum is place where once Maoists rose from... What Maoists did to Rukum when they were in Power and and they were not????

 
Posted on 02-16-10 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What have you done so far........ Can you tell????
 
Posted on 02-16-10 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is a really heartbreaking news. I don’t see a point of blaming on each other here. Although it will be nice, if we can reach out to people who are in desperate needs before they are forced to act upon something horrific like such.


 
Posted on 02-17-10 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

damn!!! man its really sad ...dont let people die like that ..its soo baaaaddddd !! May their soul rest in peace ! God Bless

 
Posted on 02-17-10 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not ONLY in Nepal but it happened here in US as well..


 


Husband, wife found dead in Durham County home



The bodies of a Durham couple were found Monday in their Boylan Road home in Durham County, according to a search warrant.


Deputies responded after a neighbor went to check on the couple and found them dead inside the home.


Investigators said Anna Wright, 76, and her husband Charles Wright, 78, had been shot to death.


Authorities said the Wrights both had serious medical conditions, and it appeared that Charles Wright shot his wife before killing himself.


 
Posted on 02-17-10 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

27 years old daughter... it smells rat there....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters