[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्वीस बैंकमा नेपालीको ५४ मिलियन डलर
[VIEWED 6382 TIMES]
SAVE! for ease of future access.
Posted on 02-09-15 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वीस बैंकमा नेपालीको ५४ मिलियन डलर

(0 votes)
काठमाडौं—स्विजरल्यान्डको निजी बैंक एचएसबीसीको अकाउन्टमा नेपाली नाउँमा ५४ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४० करोड रुपैयाँ) भेटिएको छ। कर छली वा कर चोरीबाट लुकाइएको हुनसक्ने सो रकम 'स्विस लिक'का नाममा हालै सार्वजनिक भएको हो।
एचएसबीसीमा विश्वभरिका धेरै राजनीतिक नेता, विभिन्न क्षेत्रका हस्ती तथा अपराधीहरुले ती देशका सरकारबाट कर बचाउन तथा कर चोरीबाट अर्बौं डलर थुपारेको सूचिमा नेपाल पनि सामेल भएको हो। सो सूचिमा कूल २०३ मुलुक छन्। जम्मा पारिएको रकमका आधारमा नेपाल ११६ औं स्थानमा छ। स्विस बैंक सूचना लिक गर्ने आइसिजेको तथ्याङ्कअनुसार अनुसार ८ नेपालीको नाममा १२ गोप्य खाता छन् तिनमा ५४ मिलियन डलर रहेको छ। विश्वका प्रतिष्ठित मिडियालाई लिक गरिएको नामावलीमा नेपालको तर्फबाट कसले पैसा जम्मा पारेको भन्ने खुलाइएको छैन।

लिक भएको सूचि सन् २००७ रहेको र त्यसमा लगभग १ लाख व्यक्तिको नाम रहेको छ।

money

यसअघि सन् २०१३ मा आइसिजेले नेपालको तर्फबाट स्विस बैंकमा पैसा थुपार्ने १३ जनाको नाम सार्वजनिक गरेको थियो।

खाडी मुलुकमा पसिना बगाउने नेपालीको संख्यामा वृद्धि हुँदा सन् २०१३ मा नेपालीको प्रतिव्यक्ति आय सरदर २ हजार ३ सय १० डलर पुगेको विश्व बैंकले जनाएको थियो। दुई छाक टार्न मजदूरी गर्नुपर्ने अवस्थामा धेरै नेपाली रहँदा विश्वभरिका राजनेता एवं अपराधीहरुसँगै नेपालीले समेत स्वीस बैंकमा पैसा थुपारेको सार्वजनिक भएको हो। सो रकम बारे सरकारले एचएसबीसी बैंकलाई पत्राचार गरेर अनुसन्धान अघि बढाउन सक्छ।


एचएसबीसीमाथि अकाउन्ट होल्डरलाई कर छल्न सल्लाह दिँदै कानूनभन्दा आफू एक कदम अगाडि रहेको आरोप छ। नेपाल कानुनअनुसार विदेशी बैंकमा पैसा राख्नु गैरकानुनी हो।


स्वीस बैंकले तथ्यलाई स्वीकार्दै केही व्यक्तिले गोप्य सेवाको फाइदा उठाउँदै अघोषित अकाउन्ट खोलेको दाबी गरेको छ।

- See more at: http://www.nagariknews.com/economy/main-story/story/32841.html#sthash.lG7sgNrz.dpuf

 
Posted on 02-09-15 9:33 AM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

title देखेर मलाई त --------- धर्के मित्रले लौ नामनै भेट्टाउनु भएछ जस्तो लागेथ्यो \ मेरो बिचारमा नेपालको सन्धर्भमा यो तेती ठुलो रकम होइन \ अनि कर छलेको रकम नै पनि नहुन सक्छ \ बिनोद चौधरी ले खुल्ला रुपमा नै लेखेको/भनेको छ श्रीलंकामा ५ स्टार होटल मा अरबौ लगानी गरेको छ भनेर --जबकि नेपालको कानुन अनुसार बिदेशको बैंक मा खाता खोल्न वा बैदेशिक लगानी गर्न नापयिने व्यवस्था छ \

मेरो बिचारमा त त्यो सबै भन्दा धेरै पैसा यिनै (चौधरी , खेतान , ज्योति ,,, आदि समूह मद्धे ) कसैको हुनु पर्छ \- येसो अनुमान को खेति गरेको \

बरु नेपाली पत्रकार हरुले त्यो अजय सुमार्गीको नाममा आएको साढे ३ अर्ब रुपियाको बारेमा खोजतलास गरे हुन्थ्यो नि \ २ दिन पहिला कान्तिपुर मा अनि केहि महिना पहिले हिमाल खबर मा आएको थियो \ खासै अनुसन्धान मुलक थिएन अनि सुमार्गी संग एकपल्ट पनि सम्पर्क गरेको जस्तो लागेन \

अनि लास्ट week नै कान्तिपुर मा सेनाले बिस्कुट किन्दा ६०/७० करोड को tender मा थोरै पैसामा आपूर्ति गर्न तयार भएको कम्पनि लाइ नदिई अर्को लाइ दिएको कुरा त्यो \ अरु पत्रिकाले त एक सब्द पनि लेखेनन् \ बास्तबमा नेपालमा पत्रकारिता क्षेत्रले धेरै ठुलो काम गर्न सक्छ \
 
Posted on 02-09-15 11:13 AM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Real Business man lay paisa thuparera rakhdaina! Money must be of crook leaders, royals etc.
 
Posted on 02-09-15 11:16 AM     [Snapshot: 306]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेना का ठेकेदार र सेनापति अनि रक्षा मन्त्रालयको साझेदारितामा ठेक्का पट्टा को काम हुन्छ | सुनेको पूर्व मन्त्रि कार्की जीका भाइ अनि कलाकार ले यसै गरि कमाएका थिए रे ?

पत्रकारिता पनि दल र बल हेरेर लेक्छंन |
उनीहरुलाई पनि डर होला, " अबे ओ तेरेको सोना है कि नही " भन्ने हिन्दि फिल्मका सम्बाद लाइ मनन गरेका होलान ?
Chaudhari must have given share to Politicians.  
Last edited: 09-Feb-15 11:17 AM

 
Posted on 02-09-15 11:37 AM     [Snapshot: 335]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

atomic,

Theoretically you are correct 'real businessmen don't keep their money idle'. But, look at the 100 names of Indians that is released, many (most ?) are industrialist/businessmen, and very few are from political family.

मैले माथि भनेका ब्यापारीक घरानाको लागि ४/५ अरब ठुलो रकम होइन, safe side मा बस्न यता उता येसो पैसा राख्न तिनलाई ब्यापारिक नाफा-घाटा हिसाब गर्न पर्छ जस्तो लाग्दैन \

तेस्मथी त्यो १२ बाट खातावाल मद्धे 38% मात्र नेपाली passport बाहक छन् भनेको छ \ नेताहरु चै होइन जस्तो लाग्छ है मलाई त \ रोयल भने पनि जे भनेपनि १/२ जना rana हरु चै हुन सक्छन \
 
Posted on 02-09-15 1:14 PM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of all the swiss bank is not allowed to reveal the names. Why are they revealing the country of origin? They are trying to play with Nepalese minds. They must be together with the norweigians trying to create disorder so they can promote christianity.
 
Posted on 02-09-15 1:52 PM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

funtush,

it seems "Sajha Onion" has renamed himself/herself as 'funtush'.:)

PS: When Julian Assange leaked all those cable-communication files back then, I hope you did not say "U.S. government should not have released communications that contain another country's matters".
 
Posted on 02-10-15 4:55 PM     [Snapshot: 966]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे जी ,

नाम कहाँ बाट थाहा पाउनु , खाली बहस होस् भनेर मात्र पोस्ट गरेको हो.

नेपाली ले कालो पैसा विदेश लैजाने धेरै तरिका छन्, साधारण आए भएका मानिस विदेश जादा सरकार ले २५०० डलर दि हाल्छ, तर एरपोर्ट मा धेरै कडा नहुने हुदा ८-१० हजार सजिलै लैजान्छन जस्तो लग्छ. अब साधारण आए भए का मानिस लै तेही नै धेरै हुन्छ

कर बाट लुकाएको, घुस खाएको ,र अती भर्स्ताचार गरको पैसा तल का तरिका ले लैजान्चन

१. हुण्डी,नेपालका हुण्डी वालालाई पैसा दियो ,तिनी हरुले मध्ये पूर्व वा दक्षिण एसिया का देश को बैंक मा पैसा जम्मा गरिदिन्छन , त्यहाँ तिन महिना राखे पछी अमेरिका युरोप लैजान्चन.

२. Over invoicing - ब्यापारी, युध्योगी हरुले आफुले विदेश बाट आयात गरेको समान को बढी मुल्य कोटेसन मा राख्न लगाउछन agent लाई, agent ले त्यो बढी पैसा ब्यापारी युध्ह्योगि को विदेश मा रहेको बैंक खाता मा जम्मा गरिदिन्छ.

३.कागजी इम्पोर्ट - कागज मा मात्र इम्पोर्ट देखौछां र राष्ट्र बैंक बाट डोलर लिन्चन, त्यो पैसा विदेश मा रहेको आफ्नो agent लाई फठाउछ्न र आफ्नो बिदेसी बैंक को खाता मा जम्मा गर्छन , सबै काम नियेम अनुसार

४. कागज मा बढी समान को इम्पोर्ट - बास्तबिकता मा एकदमै कम समान इम्पोर्ट गर्छन युध्योग को लागि तर कागज मा धेरै समान देखाउछन र डलर राष्ट्र बैंक बाट लिन्चन, कानुनी रुप मा डलर नेपाल बाहिर जनचा, अगेंट मार्फत आफ्नो बिदेसी बैंक मा रहेको खाता मा जम्मा गर्छन
५. सेकेन्ड ह्यान्ड समान को इम्पोर्ट - डलर चाहि नया समान को पथाउछन, बढी पैसा अगेंट मार्फत बिदेसी बैंक खाता मा

६.Lower invoicing - आफ्नो उद्योग को समान विदेश मा निर्यत गर्दा थोरै पैसा मा निर्यात भएको देखौछन . नेपाल मा कम डलर आउछ तर विदेश मा बढी पैसा मा बेचे को हुन्छ, तेसरी जम्मा हुन आएको ;पैसा पनि बिदेशी बैंक को खाता मा

७ remittance agent - विदेश मा remmitance agency खोल्छन, नेपाल मा पनि remittance agency खोल्छन, विदेश मा नेपाली कामदार बाट डलर जम्मा गर्छन ,त्यो पैसा नेपाल कहिले आउदैन आफ्नो बिदेशी बैंक को खाता मा जम्मा गर्छन , अनी नेपाल मा चाही नेपाल मा कमाको पैसा दिन्छन remittance पठाउने को परिवार लाई .

अब चाउ चाउ कम्पनि को विदेश मा रेमिटान्स agency छ भने तिनले नेपाली बाट विदेश मा डलर जम्मा पार्छन, त्यो डलर नेपाल आउदैन , नेपाल मा चाहि चाउ चाउ बेचेर कमाको नाफा दिन्छन remittance पठाउने को परिवार लाई येसरी नेपाली पैसा मज्जा संग डलर मा परिणत गर्छन.

अरबौ रुपिया विदेश लैजाने ले येही गरेका हुन्छन, पैसा पठाको देखिदैन नेपाल बाट तर विदेश मा डलर जम्मा भइ रहन्छ, अब यता उता कागज मिलाउन नेपाल मा के गारो छ र






 
Posted on 02-11-15 1:49 AM     [Snapshot: 1113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Most of that money belongs to Maoists leaders who took a trip to Switzerland few years back.

To add to Dharkey's list:
1) A political leader works for foreign interests and as a results gets an account opened in his name in Swiss bank where the foreign agent transfers money for the leader's work and loyality.
 
Posted on 02-11-15 9:56 AM     [Snapshot: 1230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाखे हो, म पनि स्विस बैंक मा पैसा राखौ भनेको १०००$ जति। १००० $ राख्न पैन्छा कि पाइदैन? कसैलाई थाहा भए येसो जानकारी पाउन।


 
Posted on 02-11-15 10:28 AM     [Snapshot: 1244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

------- तपाई ले भनेको मद्धे ७ नम्बर पनि हुण्डी नै भयो , तेसैले १ र ७ नम्बर बाहेक अरु मा चै भन्सार बिभागले राम्रो संग , असल नियतले काम गर्यो भने रोकिन्छ \ हुण्डी त संसारको सबै ठाउमा चल्छ , तेस्लाई रोक्न त निक्कै मिहिनेत गर्नु पर्छ | उदाहारण को लागि ५ लाख वा १० लाख भन्दा बढी रकमको श्रोत के हो भनेर सोध खोज गर्न सकिन्छ तर सानो सानो रकम को हिसाब किताब गर्न गारो हुन्छ , तर तेही सानो सानो रकम जम्मा गरेर हुण्डी वालाले ठुलो कारोबार गरिराखेको हुन्छ \

अनि hurray ले भने जस्तै नेताहरुले बफादारी काम गरे बापत पाउने पैसा पनि एउटा बाटो हो \ तेस बाहेक बिदेशी supplier ले यहाका नेता , कर्मचारीलाइ दिने कमिसन पनि बिदेशमै जम्मा गरिदिने पनि अर्को बाटो हो \

केहि वर्ष पहिले नेपाल मामाघर अनि बंगलादेश घर हुने एउटा परिवारले नेपालमा समान supply गर्नको लागि नै भनेर कम्पनि खोलेर करोडौ पच पारेको अनि अख्तियारले चै पुलिसहरुलाई मात्र मुद्दा हालेको एउटा केस अझै ताजा हुनु पर्छ धेरैलाई \
 
Posted on 02-11-15 6:17 PM     [Snapshot: 1337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लाहुरे जी ,
हुण्डी पुरै कन्ट्रोल गर्न त गारो हुन्छ, किन भने कतिपय देश ले बिदेशी  डलर आफ्नो बैंक मा जम्मा गरे सोध खोज गर्दैनन् 

तर ७ नमब्र चाहि कन्ट्रोल गर्न सकिन्छ कि जस्तो लाग्छ 

जस्तै तेस्ता रेमिटान्स कम्पनी ले कति पैसा विदेश बाट  ल्यायो  बर्सेनि सरकार लै देखाउन पर्ने र कति पैसा नेपालमा वितरण गर्यो त्यो पनि देखौन पर्ने गर्यो भने केहि कन्ट्रोल होला .

नेपाल मा पैसा पनि वितरण नगर्ने, विदेश बाट पैसा पनि ल्याएको देखौन नसक्ने कम्पनी लै एक वर्ष पछि खारेज गर्दिने  तेसो भए तेसरी पैसा विदेश जना बाट रोकिन्छ  केहि हद सम्म 

neplaiketo 

पख्नोस अब हाम्रो नेता हरुले नेपाल लै switzerland बनाउने भन्थे, नेपाल लै switzerland  बनाए भने    त्यहाँ सम्म पैसा जम्मा गर्न जनै पर्दैन, नेपाल मै जम्मा गर्दा पनि switzerland मजम्मा गर्य जस्तै हुन्छ 


खै ! नेता’रूले 'नेपाल’लाई 'स्विजरल्यान्ड’ बनाइदिने नि गफै भो !... नत्र बिचरा’रू पैसो राख्न त्याँसम्म त पुग्नु पर्थेन कमसे कम 

 
Posted on 02-12-15 7:50 AM     [Snapshot: 1468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन रोकियो सुमार्गीको नाममा आएको अर्बौं अमेरिकी डलर?











उद्योगपति/व्यापारी अजयराज सुमार्गीका नाममा केही वर्षदेखि वैदेशिक लगानीका रूपमा आएको करिब १८ अर्ब रूपैयाँको स्रोत अन्तर्राष्ट्रिय समुदायले समेत खोज्न थालेपछि नेपाल राष्ट्र बैंकले यसको केही अंश रोक्का गरेको छ।

अमेरिकामा सेप्टेम्बर-११ को आतंककारी हमला भएयता ठूलो परिणाममा रकम एक देशबाट अर्को देशमा ट्रान्सफर हुँदा स्रोतबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुने गरेको हो। सन् २००६ देखि विभिन्न समयमा विदेशबाट लगानीका नाममा सुमार्गीले रकम नेपाल भित्र्याउँदै गरेका भए पनि उनले ल्याउने रकम शंकास्पद रहेकाले पछिल्लो एक वर्षदेखि उनको रकमबारे बढ्ता चासो व्यक्त हुन थालेको हो।

नेपाल राष्ट्र बैंकको उच्च स्रोतका अनुसार, उनले ल्याउन खोजेको रकम प्रत्यक्ष विदेशी लगानी (फरेन डाइरेक्ट इन्भेष्टमेन्ट–एफडिआई) नभएर ऋणका रूपमा आउन लागेपछि रोकिएको हो।

राष्ट्र बैंक स्रोतले यो रकमको स्रोत खुलाउन भनेको तर सुमार्गीले बैंकको चित्त बुझाउन नसकेकाले पनि यो पैसा निकाल्न बैंकले दिएको छैन।

सुमार्गीले नेपालबाटै पैसा बाहिर लगेर विदेशी ऋणका रूपमा त्यो रकम भित्र्याउन खोजेको पनि कतिले शंका गरेका छन्। उनको उच्च राजनीतिक हिमचिम र पछिल्ला केही वर्षमा देखिएको अस्वाभाविक आर्थिक उन्नतिका कारण पनि यस्तो शंकाले बल पाएको हो। 

‘एफडिआइका रूपमा आएको भए स्वीकृत हुन्थ्यो,’ राष्ट्र बैंक स्रोतले सेतोपाटीसँग भन्यो, ‘ऋणका रूपमा आउनका लागि त्यो स्रोत नखुलेको रकम मुलुकका निम्ति थप भार हुन्छ।’

स्रोतले अगाडि भन्यो, ‘ऋणका रूपमा आएको यस्तो रकम फेरि कुनै न कुनै रुपमा फिर्ता लैजान पाउँछन्, जुन मुलुकका निम्ति भविष्यमा भार मात्र हुन्छ।’

सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको नाममा पटक–पटक गरी यो रकम आएको हो। १० जनवरी २०१० मा एअर बेल साइप्रसको नाममा ८ करोड ५० लाख अमेरिकी डलर, त्यसको एक महिनापछि १० फेब्रुअरी २०१० मा ३० लाख अमेरिकी डलर आएको थियो।

त्यस्तै जुलाई २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डस्थित जोधर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबाट ९ लाख ५० हजार, त्यसको एक वर्षपछि फेरि २८ मे २०११ मा नेपाल स्याटेलाइट टेलिकमको नाममा १ करोड ५० लाख अमेरिकी डलर आएको थियो। सेप्टेम्बर २०१३ मा एअर बेलबाटै फेरि ६ करोड ५० हजार डलर आएको थियो।

२०१० यता १७ अर्ब नेपाली रूपैयाँ बराबरको अमेरिकी डलर नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकमा रहेका सुमार्गीका कम्पनी खाताहरूमा आएको हो। यसरी रकम आउन थालेपछि फ्रान्सको पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) समेत सक्रिय भएर यसबारे सोधपुछ गर्न थालेपछि देशभित्र पनि यसबारे चासो भएको हो। नेपालसमेत एफएटिएफको सदस्य राष्ट्र हो।

सुमार्गी भने आफूले सन् २००६ देखि नै लगानी ल्याइरहेको र त्यसको लागि सरकारको स्वीकृति रहेको बताउँछन्। गत वर्ष मंसिरमा निर्वाचन भई सरकार परिवर्तन भएपछि मात्र यो समस्या आएको उनी बताउँछन्।

‘मलाई कसैले पनि लिखित रूपमा यसकारण रकम रोकिएको भनेर जानकारी दिएको छैन,’ हेटौडा मूलघर भएका व्यापारी सुमार्गीले बानेश्वरस्थित हेलो नेपालको नवौं तलामा रहेको आफ्नो कार्यालयमा सेतोपाटीसँग भने, ‘रकम निकाल्न जाँदा नपाएपछि राष्ट्र बैंकले रोकेको भन्ने मौखिक जानकारी मात्र दिइयो। लिखित नपाएको हुनाले कतै गएर यसबारे उजुरबाजुर गर्न पाएको छैन। म कहाँ गएर कसलाई भनौं?’

अर्बौं लगानी ल्याउने व्यक्तिलाई घोषणाअनुसार लगानी किन आएन भन्ने प्रश्न गर्नुभन्दा निरूत्साहित गर्न खोजिएको उनले बताए। सन् २०१३ को सेप्टेम्बरमा आफूले दुई वर्षमा साढे २३ अर्ब लगानी ल्याउने घोषणा अनुसार पहिलो वर्ष ११ अर्ब ल्याएको उनले बताए।

‘११ अर्ब ल्याएपछि ८ अर्ब मैले खर्च गरुञ्जेल कतैबाट कुनै प्रश्न उठेन,’ उनले भने, ‘प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले निर्णय गरेर र सरकारकै स्वीकृतिमा यो रकम आएको थियो। तर, ३ अर्ब रुपैयाँ मात्र एक वर्षदेखि रोकिएको हो। हाम्रा नाममा आएको सबै रकम हामीले निकालिसकेका छौं।’

सुमार्गीले ऋणका रूपमा ल्याउन लागेको रकमको ब्याज पनि अन्तर्राष्ट्रिय बजारबाट ल्याएको भन्दा महँगो छ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यो १२.७५ प्रतिशत छ। जबकी अन्तर्राष्ट्रिय वित्तीय बजारमा त्यत्रो ब्याज नै नहुने बैंक स्रोतले दाबी गर्‍यो।

सुमार्गी भने ऋणका रूपमा आए पनि सेयरमा परिवर्तन गर्न सक्ने बताउँछन्। ‘यो ऋण हामीले तिर्ने हो, अरू कसैले हाम्रो ऋण तिरिदिनु पर्छ र?’ उनले भने, ‘त्यो ऋणलाई एक बिन्दुमा सेयरमा परिवर्तन गर्न सकिन्छ भन्ने प्रावधान सम्झौतामा छ।’

लगानी योजना

आफूले लगानी योजनाअनुरुप पहिलो वर्ष ११ अर्ब ल्याइसकेको भए पनि तीन अर्ब रुपैयाँ रोकिएपछि अर्को वर्ष सन् २०१४ मा साढे १२ अर्ब ल्याउन सक्ने स्थिति नरहेको सुमार्गीले बताए।

उनले सेप्टेम्बर २०१३ मा पत्रकार सम्मेलन गरी धादिङको आँखुखोला जलविद्युत् आयोजनाका लागि ५.५ अर्ब, राजधानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त होटल खोल्न करिब साढे ४ अर्ब लाग्ने जानकारी पत्रकार सम्मेलनमार्फत् दिएका थिए। त्यो बेला उनले कम्पनीले १० अर्ब बाह्य ऋण भित्र्याएको र कामको गतिसँगै थप ८ अर्ब रूपैयाँ ल्याइने जानकारी दिएका थिए।

पत्रकार सम्मेलनमा घोषणा गरिएको करिब २५ अर्ब लगानी हेलो नेपालकै नाममा विदेशमा रहेको रकम ल्याउने तयारी गरिएको निष्कर्ष राष्ट्र बैंकस्थित उच्च स्रोतको छ। आफ्नै रकम ऋणको रुपमा ल्याइएको अनुमान केन्द्रीय बैंकको छ।

‘रकम आएपछि के प्रयोजनका निम्ति आएको हो, त्यसको डकुमेन्टेसन गर्न भन्ने निर्देशन बैंकहरूलाई दिइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उनीहरूले सुमार्गीलाई बोलाएर यसको डकुमेन्टेसन गर्नू भनेका हुन्।’

सुमार्गीले राष्ट्र बैंकलाई लगानी बोर्डको स्वीकृतिमा रकम ल्याएको जानकारीसमेत गराएका थिए। त्यति मात्र होइन, लगानी बोर्डका एक वरिष्ठ अधिकारीले राष्ट्र बैंकका अर्का वरिष्ठ अधिकारीलाई तुरुन्त रकम फुक्का गर्न दबाबसमेत दिएका थिए। यही घटनाले राष्ट्र बैंक र लगानी बोर्डबीच एक किसिमको तनावको स्थिति पनि देखियो।

वैदेशिक लगानी ल्याउँदा त्यसको दायरा बुझ्नु पर्ने सुझाव राष्ट्र बैंक अधिकारीहरूको थियो। अझ लगानी ल्याउने भनिएका उद्योग दर्तासमेत नभएको र रकम आएपछि प्रक्रिया सुरु भएको तथ्यले राष्ट्र बैंकलाई थप सशंकित तुल्याएको थियो।

सुमार्गीको लगानी योजनासम्बन्धी समाचारलाई जस्ताको तस्तै साभार गरी नबिल बैंकको सब्सिडियरी कम्पनी नबिल इन्भेष्टले आफ्नो साइटमा राखेको छ। उक्त साइटअनुसार, मुक्तिश्री ग्रुपका नेपाल स्याटेलाइट टेलिकम ७ अर्ब, धादिङ आँखुखोला हाइड्रो ५.५ अर्ब, पाँच तारे होटल ५ अर्ब, मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज ४ अर्ब, नेपाल इन्फ्रा ३ अर्ब गरी साढे २३ अर्ब रुपैयाँको लगानी हिसाब उल्लेख गरिएको छ।

यो पैसाको मालिक को?

सुमार्गीका कम्पनीका निम्ति भनेर रकम पठाउने भर्जिन एअर बेल युके र जोधर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड साइप्रस किन नेपालमा लगानी गर्न तयार भए? भर्जिन आइल्यान्ड र साइप्रसलाई ‘ट्याक्स हेवन’ अर्थात् जस्तोसुकै रकम पुर्‍याए पनि कर छुट दिने व्यवस्था छ। त्यसैले नेपालीहरू आफैंले त्यहाँ रकम पुर्‍याएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

जानकारहरूका अनुसार, अहिले भर्जिन आइल्यान्डबाट सुमार्गीका मात्र होइनन्, अन्य लगानी पनि आइरहेका छन्। कुनै न कुनै हिसाबले नेपालकै रकम लगानीका हिसाबले फर्कन थालेको हो। नेपालबाट भारतको हवाला मार्केट हुँदै डलरमा परिवर्तन भएर त्यो रकम भर्जिन आइल्यान्ड, साइप्रस आदि पुग्ने गर्छ। अझ भर्खरै स्वीस बैंकमा नेपालीकै खाता रहेको तथ्य सार्वजनिक भएको छ। त्यो रकम पनि यसरी नै अन्तर्राष्ट्रिय अर्थ बजारमा पुगेको हो।

भर्जिन एअर बेल र जोधर इन्भेष्टमेन्टका कम्पनीका बारेमा धेरै जानकारी फेला पर्दैन। कारण, कर छुट पाइने भएकाले भर्जिन आइल्यान्ड र साइप्रसमा यी कम्पनीको दर्ता मात्र छ। सेप्टेम्बर २०१२ मा एनसेलको अभिभावक कम्पनी टेलियासेनेराले हेलो नेपाल ब्रान्डको मोबाइल फोन सञ्चालक नेपाल स्याटेलाइट टेलिकमको स्वामित्वबाट नेपालको ‘नियामक व्यवस्था’का कारण अलग हुने घोषणा गरेको थियो।

यो स्विडिस कम्पनीले आफ्नो परोक्ष स्वामित्व जोधर इन्भेष्टमेन्टलाई बिक्री गर्ने बताएको थियो। जोधर पनि ब्रिटिस भर्जिन आइल्यान्डमा रहेको कम्पनी हो। टेलियासेनेराले साइप्रसस्थित एअरबेल सर्भिसबाट यसको सेयर लिएको थियो। हेलो नेपालले सुदूर र मध्यपश्चिममा सेवा विस्तारको जिम्मेवारी पाएको छ। यसको थालनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काठमाडौं र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले रोल्पाबाट टेलिफोन गरी यो सेवाको थालनी गरेका थिए।

ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसका कम्पनीहरूको कुनै आधिकारिक जानकारी पाइँदैन। ब्रिटिस भर्जिन आइल्यान्डमा रहेको जोधर इन्भेष्टमेन्टका कुनै पनि प्रमुख कार्यकारीहरूबाट जानकारी फेला नपरेको व्यवसाय तथा वित्त व्यवस्थाबारे जानकारी दिने संस्था ब्लुम्बर्गले आफ्नो साइटमा उल्लेख गरेको छ।

सुमार्गी भने सबै ठूला कम्पनीहरूले ब्रिटिस भर्जिन आइल्यान्डमा गएर आफ्ना खाता खोल्ने गरेको उल्लेख गर्दै नेपाललाई पनि विदेशी लगानी ल्याउन त्यस्तै व्यवस्था गर्नुपर्ने सुझाव सरकारलाई दिएको पनि बताए। उनले आफ्नो नेपाल स्याटेलाइट टेलिकमको मालिक एअरबेल सर्भिसेज लिमिटेड साइप्रस, एअरबेल सर्भिसेज लिमिटेड साइप्रसको मालिक जोधर इन्भेस्टमेन्ट, जोधर इन्भेष्टमेन्टको मालिक टेलियासोनेरा एसिया होल्डिङ र टेलिया सेनेरा एसिया होल्डिङको मालिक टेलियासोनेरा नर्वे भएको बताए।

सुमार्गीले भने, ‘कुनै नयाँ काम गर्ने बेलामा विभिन्न कम्पनीहरूले त्यसमा लगानी गरेर स्थापना गर्ने भएका हुनाले सबैको बारेमा जानकारी फेला पर्दैन।’

‘मैले आफूले ल्याउने रकमबारे सरकारलाई सबै जानकारी गराइसकेको छु,’ उनले भने, ‘मैले कहाँकहाँ गएर यो बताउँ?’

उनले सुर्खेतमा स्थापना हुने मुक्तिश्री सिमेन्ट कम्पनीका नाममा आएको रकम अहिले बैंकमा अड्किएर बसेको उल्लेख गर्दै भने, ‘के नेपालमा लगानी ल्याएर रोजगारी दिन्छु भन्दा पनि यस्तो हुने? के हामीले अब सिमेन्ट उत्पादन नगर्ने?

ब्रिटिस भर्जिन आइल्यान्डकै कम्पनीहरूबाट अरूले समेत नेपालमा लगानी ल्याइरहेका छन्। तर, सुमार्गीको लगानीमा अहिले आएर रोक लाग्नुमा राजनीतिक कारण भएको उनी ठान्छन् भने नियामक राष्ट्र बैंकलगायतका संस्थाहरू भने अन्तर्राष्ट्रिय क्षेत्रबाटै यो रकमको स्रोत र यसको प्रयोजन खोज्न थालेपछि रोकिएको ठान्छन्।

यो रकमका कारण राष्ट्र बैंक र लगानी बोर्डका बीचमा समेत असमझदारी उत्पन्न भएको छ। ठूलो रकम भएको हुनाले सुमार्गीले पनि देशभित्रकै राजनीतिक र अन्य संस्थागत दबाब दिने गरेको अनौपचारिक जानकारी विभिन्न पदाधिकारीहरूले दिएका छन्। सुमार्गी भने आफ्नो यत्रो ठूलो रकम बैंकमा अड्किएर बस्दा पनि चुप लागेर बसेको बताउँछन्।

‘स्वीकृति नभई यो पैसा आएको होइन,’ उनले भने, ‘आज किन चौतर्फी प्रश्न तेर्स्याइँदै छ? मैले ८ अर्ब ल्याएर खर्च गरुञ्जेल आज प्रश्न गर्नेहरू कहाँ हुनुहुन्थ्यो?’

Last edited: 12-Feb-15 07:51 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters