[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

tragicomic

Tyo Din

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रहरी महानिरीक्षकका जोगी छोरा
[VIEWED 3949 TIMES]
SAVE! for ease of future access.
Posted on 01-19-15 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धर्मनिरपेक्षता ठीक या हिन्दू राष्ट्र? यसबारे चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न प्रवञ्जनबहादुर सिंह योगी बनेका छन्।


पुस महीना एकसरो गेरु बस्त्र, गेरु रंगकै झोला बोकेर खाली खुट्टा हिंडिरहेका उनलाई देख्दा चिनेजानेकाले सोध्छन्, ‘यो के गरेको?’ उनी हाँस्दै भन्छन्, “जोगी भएको।”

पुर्ख्यौली घर बझाङ पीपलकोट–३ बुङल भएका प्रवञ्जनबहादुर सिंह (३६) अर्थात् योगी व्याघ्र वेदनाथ डेढ वर्षदेखि खप्तड आश्रममा मग्न छन्। त्यसो त सांसारिक जीवन त्यागेकाको परिचयसँग पृष्ठभूमिको कुनै सम्बन्ध हुँदैन।


तर, सुदूरपश्चिमेलीका लागि प्रवञ्जनबहादुर सन्न्यासी हुनुले विशेष अर्थ राख्छ। किनकि उनी पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहका जेठा छोरा हुन्।

आठ वर्षीया छोरीका बुबा प्रवञ्जन काठमाडौंमै जन्मे, हुर्के। सेन्ट जेभियर्स स्कूल हुँदै भारतका प्रख्यात कलेजहरुमा उच्च शिक्षाका लागि भर्ना भए। काठमाडौंदेखि न्युयोर्कसम्मको रात्रि जीवनको अनुभव बटुले।


र, ११ जेठ २०७० को बिहान मृगस्थलीबाट योगी व्याघ्र वेदनाथको परिचयमा निस्किए। उनको रुप देखेर परिवार स्तब्ध भयो। तर, उनले आफ्नो निर्णय बदल्न चाहेनन्।

प्रवञ्जन जोगी हुनुअघि

प्रवञ्जन जोगी हुनुअघि

त्यस्तो के विरक्ति थियो जसले प्रवञ्जनलाई योगी बन्न प्रेरित गर्‍यो? उनी भन्छन्, “म विरक्तिएर होइन, हिन्दू धर्मको अध्ययनका लागि सन्न्यासी भएको हुँ।”

मुलुकमा धर्मनिरपेक्ष घोषणासँगै पक्ष–विपक्षमा बहस चलिरहेका बेला चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न आफू योगी बनेको उनको तर्क छ।


आश्रममा उनी हिन्दू धर्मग्रन्थ, दर्शन, संस्कृतिको अध्ययनसँगै ध्यान अभ्यास गरिरहेका छन्।

- See more at: http://www.himalkhabar.com/?p=91806#sthash.yGpw0tPZ.dpuf

 
Posted on 01-20-15 6:34 AM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I met him in Khaptad, whatever his background he is devoted....RESPECT
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters