झ्याउँकिरी'लाई हार्दिक बधाई !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाको आफ्नै फूलबारीमा फूलेको एउटा हनोहार साहित्यिक प्रतिभा 'झ्याउँकिरी'लाई उहाँको कविता 'देश, आमा र निद्रा'ले यो पटकको एएनए सम्मेलनमा आयोजित कविता प्रतियोगिता जित्न सफल भएकोमा समस्त साझाबासीहरुको तर्फबाट हार्दिक बधाई र भविष्यमा अझ सुन्दर सुन्दर रचनाहरु रच्नको लागि शुभकामना!

Geology Tiger · Jul 3, 2012 11:11 PM · 20,071 views

8 Replies

 हार्दिक बधाई मेरो पनि . सफलता को कामना . 

rahulvai · Jul 3, 2012 11:24 PM

मेरो तर्फबाट पनि झ्याँउकिरीलाई हार्दिक बधाई छ। साह्रै मार्मिक अनी मन छुने वास्तबिक कबिता... फेरी पनि बधाई..... 

sunayani · Jul 4, 2012 12:51 AM

 हार्दिक सुभकामना है झ्यौउकिरी लै / आफ्नै बन्धु ले जितेको मा धेरै खुसि लग्यो / 

Karnali Blues · Jul 4, 2012 1:46 AM

  मेरो पनि हार्दिक बधाई

namit_thapa · Jul 4, 2012 10:39 AM

झ्याउँकिरी भाइ ले साह्रै सटीक शव्द र वाक्य हरुको अती सुन्दर बुनाइ द्वारा कलम बद्ध गरेको अत्यन्त तथ्यात्मक, समय सान्दर्भिक र  हृदय स्पर्शी कविता पढ्दा र मातृभूमि नेपालको बर्तमान स्थिती संझदा त मुटुमै भक्कानो फुटेर रुन मन लाग्यो. साथै हाम्रो माझ मा यस्ता प्रतिभाशाली युवा साहित्यकार हरु पनि छन् भन्ने कुरा महसुस गरेर गौरव पनि लाग्यो. झ्याउँकिरी भाइ, भविष्यमा पनि यस्तै सुन्दर सुन्दर कविता हरुको सोपान्द्वारा  साझावासी हरुको साहित्यिक तृष्णा मेटाउने काम भै रहोस् ता कि तपाइंलाई साझा वासी हरुले झ्याउँकिरी भन्दा पनि नेपालि साहित्यका ज्योतिला जुनकिरी को रुपमा चिनुन! मेची टू महाकाली

Mechi to Mahakali · Jul 4, 2012 12:14 PM

 साझाका सबै मित्रहरुलाइ मुरी मुरी धन्यबाद ....तपाईहरुको नै प्रोत्साहनले म यहाँसम्म आइपुगेको छु .... Geology  Tiger दाइलाइ मेरो विशेष धन्यबाद ||  

jhaukiri · Jul 4, 2012 11:59 PM

ढिलै भएपनि  बधाई  है  झ्याउँकिरी .... धेरै  बधाई  

thahachaena · Jul 19, 2012 10:38 AM

लौ मेरो पनि बधाई 'झ्याउँकिरी' लाई!

comingsoon · Jul 19, 2012 11:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion