अन्तिम इच्छा , कथम कदाचित !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो एउटा फिल्म हेर्न पुगे ' The Kids Are All Right” " । बिसय बस्तु मा एउटा Sperm Doner  सँग बच्चा हरुले भेट्छन , अनी त्यो बच्चाले बिर्य दान गरेको बाउलाई बास्केट बल खेल्दै गरेको बेला त Burried  वा cremation  गरेको मन पराउछस ? अंकनाइ Burried  भएको भन्ने मा किन भनी आर्को प्रश्न सोद्छ अनी डोनर बाउले कोही आएर visit गर्ला भन्ने कुरामा त्यो बच्चाले भन्छ त र मरी सकेको हुन्छन तेस्ले के नै फरक पार्छ र ? यो फिल्म हेरे पछी मेरो दिमाग पनि एही बिषयको वारीपरी कुमालेको चक्र घुमे झै घुमी रह्यो , अनी उखान सम्झे मरे पछी डुमै राजा . जिबन को यात्रा कहाँ र कसरी अन्त्य हुन्छ त्यो त त्रिकाल दर्सिले नै जानुन, यदी कथम कदाचित असमायिक घटना घटे मा किन घर परिवारलाई दु:ख अनी साथी भाईलाई. निर्क्योउल मा पुगे कथमा कदाचित केही भए कानुकी कर्वाही सकीएको भोली पल्टै सिधै क्रेमतिओन मा लागि दिनु । अनी सकिन्छ भने एक चम्चा खरानी मात्रै नेपाल पठाइ दिनु . एही हो मेरो इच्छा पत्र ।   " ।

MAGorkhe1 · Sep 23, 2011 2:23 PM · 12,723 views

3 Replies

ल तिम्रो अन्तिम इच्छापत्र हेर्ने सौभाग्य प्राप्त गरे । अन्तिम सास घाँटी आएर अड्के पछि मलाई खबर गर्नु, म तिम्रो अन्तिम इच्छा पुरा गर्ने सक्दो कोशिस गर्ने छु ।  

Geology Tiger · Sep 23, 2011 2:31 PM

 gorkhe bro, kasko planema chadhera Nepal jaane rahar chha? Fedex ki DHL? Normal post bata pathayo bhane ta hulak ko manchheharule sai baba ko bivut bhanera use gardelan, ani na timro aatmale shanti pauchha, na tiniharuko!

jantare1 · Sep 23, 2011 2:56 PM

कुरो सुन्दा अचम्म लाग्ने नै छ , हरेक बर्ष २-४ जना नेपाली असामयिक घटनामा परेको समाचार र सहयोगको कुरा साझामा कुनै नौलो होइन तर कसैले यस्तो असामयिक घटनामा परे म चाँही एसो गर्छु भन्दा ठट्यौली कुरा भन्दा गहकिलो कुरा हो जस्तो लाग्यो . हो हामी सबै किङ जुनियर को झै सपना बोकेर आएका छौ , आउँदा सबैसँग भेट घाट गरी आ ईयो , हुन सक्छ त्यस्मा पनि कुनै गहिरो भेद लुकेको छ , एउटा अपठित समाचार छ " लौ म टाढा जादै छु फर्किएर आउन सक्छु सक्तिन , सके भेट होला नभए एही हो" यो लेख पढे पछी मेरो सुक्ष्म दिमागले त्यस्तो पो हो कि भनी तर्क को एक छेउ बुन्यो . त्यो हावाइ जहाज चड्ने बेलामा हात हल्लाइ हल्लाइ बाइ बाइ भनेको कस्ले बिर्सेंको छ अनी त्यो सन्खुवा सभाको मुखिया बाको अन्तरे छोराले त्यो बौद्ध माथि पुगे पछी पशुपतिलाई निसान गरी दुइहात जोडेर प्रभु त्यो हरियो पत्ता बनाएर मात्रै फर्किन सकु ? आफु चाही तेती चलाख रहिनछु भनी थाहा पाए , म गोब्रेले पनि भगवान सँग माग्नु पर्थ्यो नि ? तेसैले यो कैयाको तेल पेलाइमा परेको घोडा जस्तो दौडाइमा छु ? गन्तब्य र इच्छा त्यो हरियो पत्ता पाउनु मा छ र थियो . यो गोर्खेको कुरा पढे पछी , मलाई नेपाल जादा बन्द डिब्बामा हैन त्यो त्रिभुवन बिमान स्थल्मा रेब्यन को चस्मा ढल्काएर , हरियो पत्ता र नोट र त्यो नाज ले भने झै किनेको सुनका लाप्सा अनी एक हात्मा apple ल्यापटप बोकेर मात्रै जाइन्छ । हो कथमा कदाचित को कुरामा म पनि साझामा बिचराको बिषयबस्तु बन्न चाहन्न,हो मैले पनि थोरै मात्र donation गरेको छु , आबस्य्कता ले थिचेर हो वा हामी मन्दिर र पूजा आजा मा मात्रै विश्वाश गर्ने भएर हो , हात उठी हाल्दैन , तेस्तै होला अरुको पनि। गाउ गोठ तिर बाट लिन आउने हरुको आर्कै कथा हुन्छ कथामान्दु शहरमा। बिछोडको दु:खमा अर्को दु:ख नथप्दा ठिकै होला । गोर्खे म पनि तिम्रो बिचरामा शाहअंअती छ्हु । जस्ले जे सुकै भनुन

Bhojpoore · Sep 24, 2011 8:16 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion