[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पहाड साँच्चिकै चाखलाग्दो
[VIEWED 1522 TIMES]
SAVE! for ease of future access.
Posted on 09-15-11 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पहाड साँच्चिकै चाखलाग्दो

चन्द्रकिशोर


मधेसले पहाड चिन्नुपर्‍यो । अहिले नै आएर यो प्रश्न किन उठाउनुपर्‍यो ? किनभने अहिले हामी भविष्यको मार्गचित्र कोर्न जसरी तम्सिएका छौँ त्यस सन्दर्भमा मधेसले आफ्नो सामथ्र्य र समृद्ध पहिचान गर्न पनि पहाडलाई बुझ्नुपर्छ । नेपाली सन्दर्भमा पहाडलाई नबुझीकन तराई मधेसले आफ्नो भाग्य र भविष्य निर्धारण गर्न हतारियो भने त्यो अधुरो र एकांगी हुन सक्छ । मधेसले केवल आफ्नै स्वार्थका लागि पनि पहाडको अग्लाइलाई आफ्नो मनभरि तौलन सक्नुपर्छ । पहाड जान्नुको अर्थ त्यहाँको राजनीतिक र सामाजिक परिवेश मात्र होइन, प्रतिकूलताका बाबजुद पनि त्यहाँ आशाको जसरी सञ्चार भएको छ त्यो मधेसका लागि पाठ हुन सक्छ । त्यहाँको प्राकृतिक स्रोत, जनशक्ति, चेतना पनि मधेसका लागि महत्त्वपूर्ण पक्ष हुन् । पहाडको आवश्यकता र मधेसको पहाडमाथिको निर्भरता पहिचान गर्न पनि मधेसले पहाडलाई चिन्नुपर्छ ।

प्रश्न उठ्न सक्छ, मधेस आफ्ना लागि आफैं लड्न तत्पर छ । उसले हिजो त्यत्रो विद्रोह गर्‍यो । उसले आफ्नैबारेमा जाने त पुगिहाल्यो नि । मधेसको वर्तमान र भविष्यको स्रोत, सीमा र सामथ्र्यको पहिचान गर्न र त्यसलाई मापन गरी आफ्नो अनुकूलताको स्थिति निर्माण गर्नका लागि पनि उसले पहाड नचिनीकन सुखै छैन । मधेसी राजनीति होस् वा नागरिक क्षेत्र प्रत्येकमा पहाडका बारेमा अधुरो र पूर्वाग्रही ज्ञान छ । यो स्थिति मधेसतिर मात्र होइन, पहाडतिर पनि मधेसका बारेमा एकखालको बहुप्रचारित छवि नै प्रायको मानसपटलमा गुँड बनाएर बसेको छ । नेपालका अभिन्न यी दुई भूभागका बहुसंख्यक बासिन्दामाझ एकअर्काप्रति पहिचान गर्नमा भएको संकोचले गर्दा पनि अन्तरघुलनमा कयौँ अप्ठेरा खडा गरेको छ जो राजनीतिक यक्ष प्रश्नहरूलाई हल गर्न व्यवधान सिर्जना गरिरहेछ ।

पहाड र मधेसको अन्तरसम्बन्ध नागरिकस्तरमा बिनाकुनै प्रचारको गजबले हुँदै गएको छ । सुदूर पहाडका भन्ज्याङहरूमा बजार बनाउन पुगेका वा त्यहाँका उत्पादनलाई सोझै मधेसमा पुर्‍याउने नदी प्रणालीसँगै अन्तरशृंखला बनेको छ । यसका बारेमा प्रायः विमर्श भएको छैन । राज्यले कुनै सुविधा वा योजना नदिईकन पनि नागरिक तहमा यस्ता सञ्जालहरू कसरी विकसित हुँदै गए ? धनुषाका व्यापारी सिन्धुलीको जुनार लिन होस् वा सप्तरीका व्यापारी धनकुटामा तरकारी बेच्न पुगेको होस् वा बर्दियाबाट चामल बेच्न सुर्खेत पुगेका हुन् । यी सबै जनआवश्यकता अनुसार आफैँ परिचालित र परिलाभान्वित हुँदै गएका छन् । पहाड र मधेसलाई जोड्ने पुराना मार्गहरू प्रायः ओझेलमा पर्न थालेका छन् । नयाँनयाँ राजमार्ग र बुल्डोजर मार्गले ती पुराना मार्गहरूलाई कथाका विषय बनाइदिएका छन् । तर चाखलाग्दो कुरा के छ भने बन्दै गएका नागरिक सम्बन्धका आधारमा विकसित व्यापार मार्गहरूले तराई र मधेसलाई दैनिक आवश्यकतासँग जोडिएर आउने बजारकेन्दि्रत दिशा दिएको छ ।

यो जलवायु परिवर्तनको विश्वव्यापी विमर्शको बेला पनि हो । मुस्ताङ वा मनाङ आफैँमा खुम्चिएर यो बहसमा भाग लिन सक्ने स्थितिमा छैन । उसले म्याग्दी र पाल्पालाई पनि जोड्नुपर्‍यो । त्यसपछि कपिलवस्तु र रूपन्देहीलाई पनि गाँस्नुपर्‍यो । त्यसैले होला पानीविज्ञ अजय दीक्षित परिवर्तनको असरबाट कुन समुदाय प्रभावित हुँदै छन् त्यसको प्रणालीगत असर के पर्दै छ र त्यससँग जुध्ने विधि के हुन सक्छ भन्ने सवालमा त्रिक्षेत्रीय संवाद गर्न सक्रिय छन् । उनी भन्छन्, यी तीनै भूभागलाई एकैसाथ जोडेर नहेरेसम्म असरसँग जुध्ने ताकत निर्माण गर्न सकिँदैन ।

संघीयताको बाँडफाँड के हुने हो र त्यसका मानक केके निर्धारण गर्ने हो त्यो बहसलाई एक छिनलाई थाती राखौँ । मधेस कसरी समृद्ध हुन सक्छ त्यसका लागि पनि पहाडका सकारात्मक प्रयत्नहरूलाई उसले सिक्न जान्नुपर्छ । पहाड हेर्नमा सुन्दर देखिन्छ तर पहाडको जीवन अत्यन्त कष्टपूर्ण छ । कष्टपूर्ण जीवन सहेर पनि सुखलाई घरदैलोमा साँट्ने जुन साहस र समर्पण पहाडका गरागरामा भेटिन्छ त्यो मधेसको आलीआलीमा पुग्न जरुरी छ । पहाड भन्नेबित्तिकै त्यहाँ सबै सम्पन्न छन् वा त्यहाँ सबै शासक नै छन् भन्ने भ्रम एकातिर मधेसमा छरिएको छ भने मधेसमा हुने रोदन पनि कसैको राग हो भन्ने सन्दर्भ पहाडमा तेर्सिएको छ । यसो हुनुका पछाडि अन्तरक्षेत्रीय संवादको कमी

हो । मधेस बनाउने नाममा चन्द्रगढीदेखि चाँदनीदोधारासम्मको तेर्साे (भर्टिकल) मा धेरै छलफल गरियो तर मुस्ताङदेखि मर्चवारसम्मको ठाडो -हराइजन्टल) मा संवाद चलाइएन । जनआन्दोलनपछिका वर्षहरूमा क्षेत्रगत छलफल त बहुत भए तर अन्तरभौगोलिक विमर्श भएन । यसले गर्दा पनि एउटा ठूलो रिक्तता खडा गर्‍यो । एकअर्काप्रतिको बुझाइमा सूचनाको कमी, पृष्ठभूमि र उर्लंदो नाराको उत्तेजनाले गर्दा एकअर्काप्रति तिक्तताको मोडमा ल्याएर उभ्याइदिएको छ जब कि राजनीति बाहेकका क्षेत्रमा सामन्जस्य बाक्लिँदै गएको छ ।         

एउटा रोचक अनुभव वरिष्ठ कार्टुनिस्ट वात्सायनको छ । उनी निसंकोच भन्छन्, 'मेरा प्रायः कार्टुनको पृष्ठभूमिमा भिरको बाटो, पहाड, नदीका खोँचहरू बढी आउँछन् किनभने त्यही परिवेशमा हुर्कियो र पहाडी क्षेत्रमै बढी डुलियो । तराईसँग बढी सामीप्य हुनै पाएन । आफ्नै देशको एक अभिन्न भूभाग भएको हुँदा त्यहाँको सामाजिक र राजनीतिक परिघटनाहरूलाई लिएर पनि कार्टुनमार्फत् प्रतिबिम्बित गर्छाैं तर पनि मलाई लाग्छ अझ मधेसमा मनभरि घुम्न पाए मुटुभरि मधेसलाई सजाउन सक्थेँ ।' उनका यी भनाइले पनि एकअर्का भूभागसँगको सामीप्यको अभावले पनि परिस्थितिजन्य अप्ठ्याराहरूलाई प्रस्ट्याउँछ । आज आवश्यकता बढेको छ समाजका ती क्षेत्रहरू जसले विचार निर्माण गर्नमा वा समाजको बग्दो दिशामा सार्थक हस्तक्षेप गर्न सामथ्र्य राख्छ उनीहरूलाई यी भूगोलजन्य रिक्तताबाट जोगाउने प्रयत्न गरौँ । त्यो भनेको उद्यमीहरूबीच, पत्रकार र साहित्यकारहरूबीच, अधिकारकर्मीबीच ठाडो संवादको प्रक्रियालाई प्रोत्साहन गरौँ । यसले नयाँ नेपाललाई प्राणवत्ता दिन्छ ।

हिजो द्वन्द्वबाट निकै थिलथिलो भएको र समाजमा धेरै निराशा फैलिएका बेलामा पनि पहाडमा मानिसहरूले आशाको दियो जगाइरहेका छन् । अहिले पनि नयाँ काम, नयाँ धन्दा गर्न सुदूर गाउँहरूमा सिर्जनशील हातहरू मौन ढंगले काम गर्दै छन् । यहाँनेर सम्झनुपर्ने कुरा के छ भने सबैलाई राज्यले संरक्षण गरेको छैन । आफ्नो उन्नतिको सबैभन्दा ठूलो तागत आफैँमा हुन्छ । पहाड आज यस कारणले आशाको पहाड भएको छ कि त्यहाँ मानिसले आफ्नै सामथ्र्यलाई पहिचान गरी परिचालित गरेका छन् । पहाडलाई प्रकृतिले पनि दःुख दियो । पछिल्ला वर्षहरूमा परिवर्तनका लागि भएका द्वन्द्वहरूले पनि कम्ती दुःख दिएन तर त्यो पहाड नै हो कि आफैँभित्र पीडाहरूलाई सुसाउँदै परिश्रमको मुस्कान छर्न सक्षम बनेको छ । समकालीन दक्षिण एसियामा यस्तो परिदृश्य दुर्लभ छ ।

पहाडमा देखिएको यो सकारात्मक 'मुड' त्यहाँको सामाजिक क्षेत्रमा पनि देखिन्छ । त्यसैले शिक्षा, स्वास्थ्यजस्ता सेवाप्रदायक क्षेत्रमा देखापरेको गुणस्तर अरू ठाउँका लागि अनुकरणीय छ । राजनीतिक ठेलमठेल कम छैन यता । समाजमा विसंगतिहरू पनि टन्नै छन् तर अप्ठ्यारोपनमा पनि हुर्कने जुन जिजीविषा छ त्यो त गजबको पो छ । जुन समस्या मधेसले यतिखेर भोग्दै छ पहाडले केही दशक पहिले भोगिसक्यो । ऊ हिजोका अप्ठ्याराबाट आत्तिएन बरु ऊ पर्वतको चट्टाने बाटोजस्तै समस्यालाई तोड्दै आफ्ना लागि जीवन सुगम बनाउँदै हिँड्यो । मधेस यतिखेर सामाजिक संक्रमणको अवस्थाबाट गुजि्रराखेको छ । यस परिस्थितिमा उसले हिजोका दिनमा पहाडले गुमाएको समय र संघर्षबाट पाठ पैँचो लिन सक्छ । पहाड फगतमा एउटा भूभाग मात्र होइन । आफैँमा एउटा प्रतीक हो ।

मधेसले आफ्नो सामाजिक संरचनालाई खल्बलिन नदिन र वर्तमानका अप्ठ्याराहरूलाई छोप्दै अवसर लिँदै जानका लागि पहाडले गुमाएका अतीतबाट सिक्न सक्छ । यसो भएमा उसले आफूलाई गुमाउनबाट जोगिन सक्छ अर्थात मधेसमा यतिखेर रोजगारीका लागि बाहिर जाने क्रम बढेको छ, सामाजिक द्वन्द्वका ज्वालामुखीहरू फुट्दै गएका छन् । अन्तरजातीय सम्बन्धका चुकुलहरू खुल्दै छन् । यस्तो अवस्थामा परम्परागत सामाजिक संरचनालाई ध्वस्त हुनबाट जोगाउनु र स्थिर सामाजिक परिवेशलाई कायम राख्नु मधेसका लागि अहिलेको कार्यभार हो । त्यसैले नेताजीहरूले के भन्छन् त्यतातिर हेर्नुभन्दा पनि के गर्दा राम्रो हुन्छ त्यतातिर हेर्न सके मधेसको भाग्य र भविष्यको मार्गचित्र सही दिशामा जान सक्छ । पहाड र मधेसको भाग्यरेखा फरक छैन । राजनीतिक अतीतले मात्र होइन, भूगोलले पनि एकअर्कासँग अभिन्न रूपमा जोडिदिएको छ । यस अर्थमा अनुभवहरूको साझेदारी र परिपक्व दृष्टिकोण निर्माण गर्नु जरुरी छ । यसले पहाड र मधेसलाई अझ बढी अन्तरघुलन र अन्तरनिर्भर गराउँछ । हो, राज्य यहाँ अहिले पनि निष्त्रिmय र निस्पिmक्री छ । उसले नागरिक तहमा भइराखेका प्रयत्नहरूलाई टेवा नदिईकन राज्य पुनर्संचनाको भगिरथ सवाललाई एक्लै हल गर्न सक्छ त ? प्रश्न पहाडजस्तै छ तर जवाफ मधेसको फराकिलो फाँटजस्तै नखोजेसम्म सामुन्नेका गाँठाहरू फुस्कँदैनन् ।

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters