[Show all top banners]

bolyokipolyo
Replies to this thread:

More by bolyokipolyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विश्व गंगटा प्रतियोगिता !!
[VIEWED 11460 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-11 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I am not sure who the actual writer is, (I know it's a guy) --- this is floating around in facebook! Nice Sattire ! I thought you'd enjoy! 

गंगटा

"विश्व गंगटा प्रतियोगिताको निमन्त्रणा आयो । अमेरिकामा हुन लागेको यस प्रतियोगितामा फ्रानस, जापान, जर्मन, बेलायत, लगायतका अन्य धेरै युरोपेली, उत्तर अमेरिकी, दक्षिण अमेरिकी र केही एसियाली राष्ट्रहरु छनोटमा परे । जित्नेलाई ठुलो धनरासी प्रदान गरिने यस प्रतियोगितामा नेपाल पनि पर्यो । प्राप्त रकम देश बिकासमा खर्चिनु पर्ने एकमात्र सर्त थियो । सबै राष्ट्रहरुले उत्कृष्ट गंगटा भेला पारे । नेपालले पनि ६०१ गंगटा जम्मा गर्‍यो मधेस, पहाड र हिमाल सबैतिर बाट । सारा नेपालीमा खुशीयाली छायो, पुलकित भए सबै । आफ्नो देशले एउटा इतिहास रच्ने भयो - कतिले भने । फुलमालाले झकीझकाउ पारेर सम्पूर्ण देशको नेन्त्रित्व गर्न ति सबै गंगटाहरुलाई एउटा ठुलो, चमचमाउदो सिसाको भासमा राखियो । प्रतियोगिता नगिकिदै थियो । अब सम्पूर्ण देशको आँखा अनी प्रथाना ति गंगटामा थिए । नेपालीहरुको सपना अब धेरै टाढा थिएन । एक बरिस्ठ महानुभावकले ति जम्मै गंगटा लिएर अमेरिका प्रस्थान हुनुभयो । कार्यक्रम चालु भयो । अन्य राष्ट्रहरुले पनि त्यसैगरी आ-आफ्ना गंगटा सिसाको भासमा सबैले देख्ने गरी प्रतियोगोतामा ल्याए ।  

'नेपालबाट किन यती धेरै गंगटा ?' एउटा खैरेले सोध्यो

'समावेसी' महानुभावले छोटो उत्तर दिए ।

गंगटाले भेरीएका भासहरु लाइनै टेबलमा थिए । भासको मुन्तिर राष्ट्रको नाम लेखिएको थियो । नेपालको नाम अङ्रेजीमा क्यापिटल लेटरमा NEPAL लेखिएको थियो । सबै भास माथि ढक्कन थियो । नेपालको भासमा ढक्कन थिएन ।

'त्यो कुन देशको भास हो ढक्कन नलाएको ?' कसैले बोल्यो

'कस्तो मुर्ख ! जस्को भा पनि ढक्कन लाउ छिटो' अर्कोले बोल्यो

यो सुनेर महानुभावले - 'पर्दैन लाउनु, ठिकै छ' भनेर चर्किए ।

'किन पर्दैन ? अहिले ति गंगटा निस्कन्छन, छोपी हाल झट्ट' कार्यक्रमको एक स्वयमसेवकले भने

'नियममा छैन कहीँ पनि छोप्नै पर्छ भन्ने, लु छ भने देखाउनोस कुन पेजमा छ' महानुभावले ठाडो प्रश्न गरे ।

'नियममा त छैन होला तर तपाईंको नियतमा चैं खोट छ जस्तो छ है' - एक युवकले भिडबाट बोले ।

'हामीले त सुरक्षाको दृष्‍टिकोणले खतरा हुनसक्छ भनेर पो भनेका हौँ त'- अर्को युवकले भन्यो

'केही हुँदैन, चिन्ता नलिनोस' महानुभावले हाँस्दै भने ।

'केही नहोला, तर केही भइहाल्यो भने ? मान्छेहरु आतिएर भाग्लान । किन चान्स लिने, कृपया बन्द गर्नोस ।' अर्को आवाज आयो भिडबाट ।

हेर्दाहेर्दै मान्छेहरुको भिडलाग्यो । सबैले त्यो ढक्कन बन्द गर्नुपर्ने तर्क राखे । नियममा त्यस्तो नलेखिएको हुँदा आयोजकहरुको हात पनि बाधीएको थियो । कसै गर्दापनी नलागे पछी, कार्यक्रम रोक्ने र पछीको मितीलाई सार्ने कुरा चल्नथाल्यो । कुरा अमेरिकि राष्ट्रपतीसम्म पुग्यो । उनले 'किन बन्द गर्न नचाहेको तपाईंले?' प्रश्न गरे

महानुभावले हाँस्दै भने - 'रास्ट्रपती महोदय, ति ६०१ गंगटा नेपालभरी बाट चुनिएर पठाइएका हुन । त्यो भासबाट कोही निस्किदैनन । यदी कोही निस्किन खोज्छ भनेपनी अर्कोले निस्किन दिनेछैन ।'

राष्ट्रपती अलमल्लमा परे । यो देखेर ति महानुभावले भासलाई देखाउदै भने - 'ल त्यो हेर्नोस'

भासभित्र गंगटाहरु एक माथि अर्को खप्टिएका थिए । टुप्पोमा पुगेको एउटालाई तलबाट अर्कोले खुट्टो तान्यो । कोही लाप्पा खेल्दै थिए । कोही एउटा कुनामा मुख लुकाएर बसेका जस्ता देखिन्थे । माथिको एउटाले तलका २-४ ओटालाई लात्तले हान्यो । ति भुइँमा बज्रिए । फेरी अर्को हुलले माथि उक्लिदै गरेकोलाई एकै चोटि हमला गरेर पुन: तल झारे । घम्सा घम्सी, कुस्ती, लडाईं, थिचोमिचो निकैबेर चल्यो । एकछिन शान्त भएको मौका छोपेर कोही उक्लिन खोज्यो भने, सबै जोसिएर त्यस्को खुट्टा तान्थे अनी फेरी सुरुकै चटक दोहोरिन्थ्यो । त्यहाँ उपस्तिथ सबै यो द्रिस्य हेरेको हेरै भए । नेपाल स्वदेश फर्कियो, रित्तै ।

एस. एन."


 
Posted on 08-09-11 10:10 AM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you have my 1+; Shame on Nepali Poiliticians.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
The Battle of the Titans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters