[Show all top banners]

arahat
Replies to this thread:

More by arahat
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

kanchinani93

tenthfractal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  दुई करोडको जन्मदिन
[VIEWED 9824 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-11 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पशुपतिशमशेरले मनाए थिम्पुमा जन्मदिन

७०औं जन्मदिन मनाउन आमन्त्रित डेढ सय पाहुनाका लागि दुई करोड खर्च

नयाँ पत्रिका

काठमाडौं, २५ वैशाख

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमसेर राणाले ७०औँ जन्मदिन भुटानको राजधानी थिम्पुमा मनाएका छन् । नेपाल, भारत र बेलायतका पाहुनाका साथ मनाइएको उत्सवमा करिब दुई करोड रुपैयाँ खर्च भएको छ ।

जन्मदिन मनाउन राणाले परिवार र नातेदारहरूको ठूलो टोली काठमाडौंबाट थिम्पुमा लगेका थिए । नातेदार टोली आइतबार काठमाडौं फर्केको छ भने परिवार बुधबार मात्र र्फकंदैछ । पाहुनालाई विशेष खाना खुवाउन एकजना कुक काठमाडौंबाट लगिएको थियो ।

राणाको जन्मदिनको कार्यक्रममा सहभागी हुन भारतको ग्वालिएरमा रहेका उनका ससुराली र बेलायतबाट समेत केही नातेदार थिम्पु पुगेका थिए । करिब एक सय ५० जना सहभागी रहेको जन्मदिन कार्यक्रम थिम्पुको सबैभन्दा चर्चित र सुविधासम्पन्न पारो होटेलमा गरिएको थियो । अतिथिहरूलाई पनि सोही होटेलमा बसाइएको थियो । जन्मदिनमा सहभागी हुन पशुपतिकी सासुसमेत थिम्पु पुगेकी थिइन् ।

अध्यक्ष्ा राणाले पाहुनाका लागि दुईवटा बँदेलको मासु, रक्सीका केही बोतल र अन्य केही खानेकुरा सँगै थिम्पु लिएर गएका थिए । बँदेलको मासु झापाबाट ल्याइएको थियो । यसैगरी स्वकीय सचिव अमीर राणा र उनकी श्रीमतीलाई पनि पशुपतिले थिम्पु लिएर गएका थिए ।

स्रोत अनुसार एकजनालाई काठमाडौंबाट थिम्पु लैजान र थिम्पुबाट काठमाडौं ल्याउन ३५ हजार रुपैयाँ खर्च लागेको थियो । होटेलमा बस्दा प्रतिकोठा तीन सय डलर भुक्तानी गरिएको थियो । उनीहरूलाई बिहीबार भुटानको ड्रयुक एयरबाट थिम्पु लगिएको थियो ।

राणाको जन्मदिनमा पशुपतिका दुई छोरी देवयानी र उर्वशी पनि सहभागी भएका थिए । देवयानी अहिले थिम्पुमै युएनडिपीको माइक्रो हाइड्रो पावर प्रोजेक्टमा कार्यरत छिन् । उर्वशी भने नयाँदिल्लीमा छिन् । स्रोतका अनुसार काठमाडौंका नातेदाहरूलाई थिम्पु लैजान र थिम्पुमा भएको खर्च अध्यक्ष राणाले आफैँ बेहोरेका थिए भने ससुरालीतिरको यातायात खर्च उनीहरूले नै बेहोरेका थिए ।

देवयानी र उर्वशीको विशेष आग्रहमा राणाले थिम्पुमा जन्मदिन मनाएको स्रोतको दाबी छ । राणाका स्वकीय सचिव अमीर राणाले छोरीहरूले गरेको कार्यक्रममा सहभागी हुन उहाँ थिम्पु गएको बताए । 'छोरीहरूले बोलाएको कार्यक्रमा सहभागी हुन राजा थिम्पुमा सवारी भएको हो । यसलाई किन ठूलो समाचार बनाउने ?' नयाँ पत्रिकासँगको कुराकानीमा राणाले भने । यसअघिका जन्मदिन पनि उनले भारतका विभिन्न सहरमा मनाउँदै आएका थिए ।

थिम्पु भोजमा अध्यक्ष राणाले प्रभाकरणशमसेर राणा र बबीविक्रम शाहका छोरा राजीवविक्रम शाहलाई पनि सँगै लिएर गएका थिए । तर, आफ्ना सबैभन्दा नजिकका ठाकुर शर्मा र गिरबहादुर केसीलाई उनले थिम्पु लगेनन् । त्यस्तै अर्का नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र बुद्धिमान तामाङलाई पनि अध्यक्ष राणाले बोलाएनन् । थिम्पु भोजमा आफूहरूलाई नबोलाइएकोमा शर्मा र केसी दुःखी भएको स्रोतको भनाइ छ ।


 
Posted on 05-10-11 1:36 PM     [Snapshot: 406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so what?????????????? did he show you the hotel bills??? retard samjhana gaire style reporters are full of crap.

 
Posted on 05-10-11 1:58 PM     [Snapshot: 455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha samjhana gaire style reporting ...that's funny...here is another gaire style report:

Samjhana Gaire has an affair with dc nepal owner

 
Posted on 05-10-11 5:46 PM     [Snapshot: 684]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Samjhana Gaire has an affair with dc nepal owner ? Really?

Another Gaire style report once reported :

Samjhana Gaire has an affair with stink CC Dhamala ...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
Who is hottest nepali female?
NEPAL TPS
Why some Nepali people pull each other's legs???
Measles vax deaths vs measles death in USA
Homeowner Charged renting to illegal migrants
Alert: Deported over Traffic Ticket
Are we sure that TPS for Nepal will be terminated under the Trump admin?
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters