अस्तित्वहीनझैं लाग्छ- डराएर लुकेजस्तो कसैको कर्कश आदेशमा लत्रिएर झुकेजस्तो चारै सूरमा लहर लागेर विपत्ति र पिडाले ढुकेजस्तो अन्धकारको भारले थिचिएर पाईलाहरु रुकेजस्तो, यो बिजुली निभेको रात मलाई अचेत बनाउन सघन हुँदै सोहोरिएका छन् यो बस्तीका सम्पूर्ण पिडाहरु, र म थुप्रिएका पिडाहरुबाट फुत्किन कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै कहिले मलीन ताराहरुसंग गुँडुल्किँदै आफूलाई दौडाईरहेछु यो बस्तीको शिर-पुछार, किन यस्तरी कान्तिहीन छ बस्ती? कहिल्यै बैंश नआउने गरी जन्मिँदै आत्मा सुकेजस्तो किन यस्तरी झोक्राएको छ यो बस्ती? अक्षता हान्दै कसैले कालो मन्तर फुकेजस्तो किन हरबखत सन्त्रस्त छ बस्ती? कसैले अविराम कानमा घोर आतंक भुकेजस्तो। (माघ १, २०६७; राती ११:३५ बजे; पोखरा)
Gautam B. · Feb 17, 2011 12:01 PM · 25,144 views
Nice poem man. I like it.
The Lonely Traveler · Feb 17, 2011 3:17 PM
लौ धेरै पछी देख्न पाइयो यहाँलाई साझामा ! अब लोडसेडिङ बलेको देशमा रातहरु त निभ्ने नै भए नि हजुर ! बरु यहाँको कलम ननिभोस् अहिलेलाई त्यति कामना !
Geology Tiger · Feb 17, 2011 3:20 PM
मन पर्यो। मिठो गहकिलो कविताको लागि धन्यवाद।
simple_keta · Feb 21, 2011 4:26 AM
कविता प्रेमि माझ मेरो एउटा लुत्रे कविता पेश गर्न चहान्छु। के म बौलाएकै हो त आज ऐठनले बिहानै उठेँ अनि अनिँदोमै पत्रिका पढेँ तर पचेन किनकि कतै राजनिति भेटिन ॥ लौ बर्बाद! सायेद म बौलाएछु कि ? मन्त्रिको आशिर्वाद पत्रकार सन्चो भएछ कि ? अनि कुरो बुझ्न बासिभात निलेर दर्शन लिन मन्त्रि मन्दिर गएँ तर बाटोमै अचम्म परेँ मन्त्रिले कुचो लाएको देखेर के म बौलाएकै हो त ? के यो मेरै भ्रम हो त ? कृपया सुझाव दिनु होला! धन्यवाद!
simple_keta · Feb 21, 2011 4:34 AM
गौतम जी को यो सारगर्भित कबिता फेशबूक मा पढेको थिएं आज दोहर्‍याइ पढें । हिजो अलिकतो दुखेको थियो आज बेस्सरी दुख्यो ।
rahulvai · Feb 21, 2011 9:47 AM
राम्रो कविता को लागि Gautam B लाई धन्यवाद , Simple keta केटा लाई pani अनि म टुक्रे ओस्ताद को पनि एउटा सानो टुक्रा कल्पी, कल्पी मेरो मन रुन्छ फूल भै फुलु भने, ओइली एक दिन झर्नु पर्छ बादल भै उडु भने झरी बनि झर्नु पर्छ कल्पी, कल्पी मेरो मन रुन्छ सफलता सधै चुमु भने दुखः को अँगालो मा रम्नु पर्छ नदि भै बगु भने सागर मा मैले बिलौनै पर्छ कल्पी, कल्पी मेरो मन रुन्छ प्रेम मा डुबु भने बिछोड को सधै डर हुन्छ जिन्दगि के हो? जति बुझ्यो तेती कल्पी, कल्पी मेरो मन रुन्छ
timi_mero_sathi · Feb 21, 2011 10:33 AM
१० औंला जोडेर सबैलाई नमस्कार! Gautam B. सरको गज्जबैको कविता पढे पछि निस्केको timi_mero_sathi ओस्तादलाई मेरो प्रणाम। timi_mero_sathi को गज्जबैको गयो गिति कविता। परफेक्ट! मादलुको तालमा गाँउ गाँउ जस्तो भो। मेरो सबैलाई सुभकामना! बाई! Click here to subscribe to timi_mero_sathi's postings. You will get notification when the users posts in sajha.
simple_keta · Feb 21, 2011 12:35 PM
Thank you Gautam ji, simpleketa and timi mero sathi. You guys inspire someone like us to read 'kabitas'. Good job !
adhikari_bandhu · Feb 21, 2011 8:14 PM
गोतामे प्रभो, धेरै ट्याम भा थ्यो दर्शन पाईया थे न प्रभो को -- हाम्रा गाम तिर अचेल खग्रास ग्रहणको जोग परेको छ -- ग्रहण नसकिदै साँझ परेर रात लम्बिने हो कि भन्ने डर हो प्रभो, तर बिहान त हुन्छ हुन्छ---
Deep · Feb 22, 2011 10:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion