पोर्ट-अ-प्रिन्स, कातिक १२ (एपी) - हाइटीमा रहेका नेपाली शान्ति सैनिकमाथि
हैजा फैलिएको आरोप त्यहाँका स्थानीय नेताहरुले लगाएका छन्। सो आरोपपछि
मिसनले नेपाली शिविरबाट निस्केको फोहोर नमुना अनुसन्धानका लागि लगिएको
समाचार एजेन्सी एसोसिएट प्रेसले जनाएको छ।
[Disallowed String for -
[Disallowed String for -
हाइटीमा गत सातादेखि फैलिएको हैजाको कारण कम्तिमा ३ सय ३ जनाको
मृत्यु भएको छ भने ४ हजार ७ सय २२ संक्रमित भएका छन्। तर मिसनका प्रवक्ता
भिन्सेन्जो पुग्लिसेले भने त्यसको खण्डन गरेका छन्।
उनले शिविरबाट शुक्रबार संकलन गरिएको नमुनाको परीक्षण नकारात्मक
देखिएको बताएका छन्। उनले हालै मिसनमा सहभागी हुन पुगेका कुनै पनि नेपाली
सैनिकमा सो रोग नभएको बताएका छन्।
तर सैनिक मिसनमा फोर्स कमाण्डरले भने थप अनुसन्धानका लाग आदेश दिएका छन्।
नेपालबाट
हालै हाइटी पुगेको समूहले सो हैजा फैलाएको आरोप लगाइएको छ। पछिल्लो पटक
अक्टोबर महिनाको शुरुमा नेपाली सेनाको डफ्फा हाइटी पुगेको हो।
नेपाली
सेनाका शिविर रहेको मिरेवलीसका मेयर र सिनेटल मध्य हाइटी भएर बग्ने
अर्टिबोनिटे नदीका सहायक नदी मेइले नदीमा किरानमा नेपाली सेनाका शिविरबाट
रोगको स्रोत भएको आरोप लगाएका छन्। अर्टिबोनिटे आसपासका दुर्गम क्षेत्रमा
पहिलो पटक हैजाका रोगी देखिएका थिए।
विश्वका अन्य स्थानमा हैजा महामारी समान्य मानिन पनि दक्षिणी गोलार्द्धमा २० शताब्दी पछि पहिलो पटक हाइटीमा हैजाको देखिएको हो।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारी सम्बन्धी विज्ञ
एरिक मिन्ट्जले गृष्मकालमा नेपालीका पश्चिमी क्षेत्रमा फैलिएको हैजाको तथा
हाइटीको जीवाणु एकै प्रकारको भएको बताए।
नेपाली सैनिक शिविरमा प्रयोग सेप्टी ट्याङ्की अमेरिकी वातावरण संरक्षण
नियोगको निर्धारण गर्ने माफदण्डअनुसारको भएका र त्यसलाई निजी क्षेत्रले
नदीभन्दा २ सय ५० मिटर पर ल्यान्डफिल्ड साइटमा फाल्ने गरेको जनाएको छ।
मिरावेलमा तीन वटा शिविरमा करिब ५ सय नेपाली सैनिक कार्यरत छन्।