[Show all top banners]

CyLegend

More by CyLegend
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yet another ridiculous article by this moron
[VIEWED 2279 TIMES]
SAVE! for ease of future access.
Posted on 06-03-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गि्रनकार्डको अनुहार

Last Updated on Tuesday, 04 May 2010 16:17 Written by Anil Pandey Friday, 26 March 2010 13:5

नेपालीमा एउटा उखान निकै लोकपि्रय छ- नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छाबाको अनुहार ! उखान कसरी बनेछ भने एकादेशमा भरुवा बन्दुकवाल एक सिकारी रहेछन् । जेथोको नाममा केबल छर्रा हालेर उड्नेमा ढुकुरदेखि दौडनेमा खरायोसम्म मार्नसक्ने बन्दुक मात्र रहेछ उनीसँग । त्यसकै भरमा उनको गुजारा चलेको रहेछ । देशमा माओवादीको जन्म भैसकेको भए उहल्यै खोसिदिन्थ्यो त्यो बन्दुक तर कथाको मुलुकमा त्यस्तो अपि्रय केही भएको थिएन । यद्यपि एकदिन अलिकति मन अमिलो हुने काम भएरै छोड्यो । सिकारीले दिनभरि दौडेपछि बल्लतल्ल यौटा बाँदर मारे र घरमा लिएर आए । तर काट्न मन लागेन । मन नलाग्नुको कारण थियो अनुहार । बाँदरको अनुहार आफ्नै पिताश्रीका भाइ कान्छाबासँग काटिकुटी दुरुस्त मिल्नपुग्यो ।

 संयुक्त राज्य अमेरिकामा यस लेखकले दिनभरिको मात्र होइन िसंगो एक दशक लगाएर ुगि्रनकार्डु नामको एक थान सिकार फेला पार्ने नेपाली सिकारीलाई धेरै भेटेको छ ! पाठक महोदय के तपाईंले पनि भेट्नु भएको छ केही यस्ता शिकारीको शुभनाम गोप्य राखेर म अशुभ परिस्थितिका बारेमा जानकारी गराउँन चाहन्छु । कुरा सुरु गरौं  बोस्टोनमा मेरा एक महिला मित्र हुनुहुन्छ- पूर्व पत्रकार । उहाँ चलचित्र तथा कला क्षेत्रमा समाचार सङ्कलन गर्ने गर्नुहुन्थ्यो । ुअमेरिकामा रहेका नेपाली कलाकारको जीवनी सङ्कलन गर्नेु उद्देश्य देखाएर आपुू संलग्न रहेको अखबारको सिफारिसपत्रसहित भिसाका लागि आवेदन दिनुभयो । एक महिनाका लागि प्रवेशाज्ञा पाएर अमेरिका भित्रिनुभयो । त्यस्ता एक महिना ६० वटा बिते तर उहाँ नेपाल फर्किनु भएन । ुओभर स्टेु नामको ुपद्वीु धारण गरेर यहाँ बसेको बस्यै गर्नुभयो । पाँच वर्षसम्म बेनाम दासीसरह अमेरिकामा ट्याइलेट सफा गरेर र भुईं घोटेर बस्नुभयो ।


जति कमाउनुहुन्थ्यो गि्रनकार्ड दिलाइदिन्छु भन्ने अमेरिकाकै वकिललाई बुझाउनु हुन्थ्यो ।
यहाँ आउँदा २७ वर्षकी पाको उमेरकी अविवाहित तरुनी उहाँ ३२ की हुनुभयो तर विवाह गर्न पनि पाउनु भएन । यतै कतै जोडी बाँध्न सकेको भए हुन्थ्यो त्यो उहाँलाई जुरेन- गैरकानुनी ढंगले बसेकी युवतीलाई कसैले पत्याएन । अन्ततः अदालतले उहाँलाई मुद्दा जिताइदियो लामो सुस्केरा काड्दै गि्रनकार्ड समाउनुभयो । र दौडेर नेपाल फर्किनुभयो विवाह गर्ने केटाहरुको ताँती लाग्यो । केही दिन अघिसम्म कसैले नपुछेकी उहाँलाई गि्रनकार्डकै कारण सबैले आँखा गाड्न थाले । बिनागि्रनकार्ड नेपाल फर्केको भए यस जिन्दगीमा उहाँ फेरि कहिल्यै अमेरिका आउन सक्नु हुने थिएन । तर पाँच वर्षको दासतापछि एकैसाथ सबै प्राप्त भएजस्तो भयो उहाँलाई ।


तर यो उहाँको खुसी त्यति बेला गि्रनकार्डरुपी ुकान्छाबाको अनुहारु सावित भयो जब ३२ वर्षमा विवाह गर्दा पनि उहाँले नेपालको दुलाहालाई सँगै अमेरिका ल्याउन पाउनु भएन ।


यी हरफ लेखिरहँदा उहाँ बोस्टोनमा र उहाँका दुलाहा काठमाडौंमा हुनुहुन्छ- सुन्दैछु उहाँहरुको विवाह तोडिने सम्भावना बढेर गएको छ । दुवैका जीवनको संघारमा अर्कै पुरुष र महिला उभिइसकेका छन् । घरपरिबार बसाउने ढल्कँदो उमेरमा बच्चा पाउँदा हुने समस्या झेल्नेआदि कुराको त यहाँ चर्चा गरिएकै छैन ।

उहाँले गि्रनकार्ड त पाउनु भयो तर त्यसका लागि चुकाएको मूल्यलाई महत्व दिने कि नदिने त्यस मूल्यका अगाडि गि्रनकार्डको तौल कमजोर त देिखंदैन ! त्यो सबै हामीले विचार गर्ने विषय हो । गि्रनकार्ड पाएपछि जीवनमा आउने उचाइको अनुभूति अवसरको ओइरो र पहुँच अगाडिको जीवनसँग तुलना नै गर्न सकिन्न- अथाह छ । मेरो जीवनको नजदिक रहेका दुई व्यक्तिहरु  पहिला अमेरिका आउँदा गि्रनकार्ड नभएकै कारण बीचमै निराश बनेर फर्केका व्यक्ति हुनुहुन्छ । तर पछि गि्रनकार्ड प्राप्त गर्नुभयो- कुशल व्यवसायीका रुपमा आफ्नो व्यक्तित्व सनप्रुा_िन्सस्कोजस्तो व्यस्त र प्रतिस्पद्र्धी शहरमा स्थापित गरिसक्नु भएको छ ।

गि्रनकार्ड पाएको पाँच वर्षपछि अमेरिकाको नागरिक हुन आवेदन दिन सकिन्छ । तर गि्रनकार्ड मात्र पाएको व्यक्तिले अमेरिकामा राजनीति वा शासन साचालनका लागि हुने आवधिक निर्वाचनमा मतदान गर्ने र उम्मेदबार हुनेबाहेकका सबै अधिकार प्राप्त गर्दछ । नागरिकता नै पाएपछि भने यहाँ कुनै अपराध नै गरेपनि उसले ुडिपोटु हुनुपर्दैन तर गि्रनकार्ड मात्र हातमा पार्नेहरुले आपत्तिजनक व्यवहार गरेमा घर फर्किनुपर्छ । अमेरिका आप्रवासीहरुको मुलुक हो । आप्रवासी संस्कार कायम राख्नकै लागि यसले नेपाल र योजस्ता केही मुलुकका लागि डिभि चिठ्ठा खोलिरहन्छ । नेपालीका लागि गि्रनकार्ड पाउने यही नै सहज माध्यम हो । यसअतिरिक्त कलाकार लेखक राजनीतिज्ञ द्वन्द्वपीडितआदिका लागि अमेरिका प्रवेश गरेर सीधै गि्रनकार्डका लागि आवेदन दिन पनि मिल्छ । यस पक्तिकारका धेरै साथीहरु यस्तै सुविधामा गि्रनकार्ड पाएर यहाँ बसेका छन् । उनीहरुलाई भने लेखक विशेष सुविधा पाउने भाग्यमानी ठान्छ । तर यस्ता भाग्यमानीका लागि पनि गि्रनकार्डमा यदाकदा ुकान्छाबाको अनुहारु देखापर्छ ।  हिलोमा पुूल फुलाउने आन्तरिक शक्ति त हुन्छ तर आफै फुल्न सक्तैन । आज बाबुआमाले गि्रनकार्ड लिए र नागरिकता पनि पाए भने भोलि जन्मिने छोराछोरीका लागि भने अमेरिकाको राष्ट्रपतिसम्म बन्ोर ढकमक्क फुल्ने बाटो खुल्छ । सिकारीको मानसिकता त्यागेर सिर्जनाको चिन्तन लिने हो भने ुकान्छाबाु को न्यायो माया अमेरिकामा पाउने सम्भावना प्रशस्तै छ |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters