भर्खरै बिहे गरेर आएकी नया“ दुलही । घरैभित्र सि“गारिएर बस्ने काम । घर बाहिर निस्कन र परपुरुषलाई मुख देखाउन नहुने प्रचलन । उसको काम के त - सबैले सोच्छन्, घरैभित्र बस्नेले मीठो-मीठो पकाउने र टन्न खाने । तर यो सोचाइ रूपन्देहीको ग्रामीण भेगका नया“ दुलहीसित भने ठ्याम्मै मिल्दैन । उनीहरू दर्ुइछाक भात पनि पेटभरि खान पाउ“दैनन् । कोही एकैछाक खान्छन्, दुवैपटक खाने केहीले मात्र आधा पेट ।
यसका उदाहरण हुन्, रूपन्देहीको रायपुर गाविस शिशौ सेमराकी रामदुलारी वरुढ । बिहेपछि घर आएकै दिनबाट आधा पेट खान सुरु गरेकी उनले पेटभरि खाना नखाएको ५ वर्षभयो ।
गरिबी वा बिरामीका कारण उनले खाना नखाएकी भने होइनन् । कारण के हो त - रामदुलारी भन्छिन्, "पेटभरि खाए दिउसै दिसा लाग्छ । दिसा लागे के गर्ने - त्यही डरले थोरै खाना खाएकी हु“ ।" उनलाई सुरु-सुरुमा त भोक खटाउन साह्रै गाह्रो भयो । पछि बानी पर्दै गयो । रामदुलारीले भनिन्, 'नया“ बुहारीले दिउसै बाहिर निस्कन नहुने । घरमा चर्पी पनि नहुने । मसित आधा पेट खानुको अर्को उपाय थिएन । त्यसैले यसैमा बानी पारे“ ।'
यो समस्या रामदुलारीको मात्र होइन । रूपन्देहीको मर्चवारका धेरै महिलाको साझा समस्या हो । किनभने मर्चवारका धेरैजसो घरमा चर्पीे छैनन् । स्थानीय वासिन्दाका अनुसार यहा“को समाजमा नया“ दुलहीलाई पहिलो बच्चा नजन्माउ“दासम्म घर बाहिर निस्कन मिल्दैन । मुख ढाकेर निस्किहाले पनि दिसा गर्न मिल्ने खोल्सा-खोल्सी परेका ठाउ“ नजिकै छैनन् । रायपुर ५ की रामणीदेवी कर्ुर्मी भन्छिन्, "त्यसैले आधा पेट खान्छौं र बानी पार्न अ“ध्यारैमा दिसा जान्छौं ।"
मानिसको शरीर न हो, कहिलेकाहीं त आधा पेट खाए पनि उज्यालैमा दिसा लाग्ला, त्यस्तो बेला के गर्ने - रामणीदेवीले भनिन्, "भरसक रूने, रन्थनिने र खटाएर बस्ने ।" नसके घरभित्रै केही चिजमा दिसा गरेर पोको पारेर राख्ने र रात परेपछि बाहिर लगेर फाल्ने ।"
नया“ दुलहीलाई घरभित्रै राख्ने र पुरुषबाट लुकाउने चलनसित मर्चवारवासीको सम्पन्नता नापिन्छ । जति धेरै वर्षनया“ दुलही घरभित्र लुकायो, उति धेरै त्यो घरको मान, सम्मान र इज्जत बढ्छ । ऊ सम्पन्न खानदानको ठानिन्छ । त्यो घरका छोरीचेलीको सजिलै बिहे हुन्छ । तर दुलही छिटो निस्किए भने त्यो घर दर्रि्र मानिन्छ । छोरीचेलीको मात्र होइन, छोराको बिहे हुन पनि गाह्रो हुन्छ । यही इज्जत जाने डर र सम्पन्नता देखाउने होडले यहा“का नया“ दुलही वर्षौंसम्म घरभित्रै लुक्ने गर्छन् । आफ्नो रवाफ कायम राख्न कतिपय जमिनदारले त जीवनभर दुलही बाहिर निकाल्दैनन् ।
स्थानीयका भनाइमा घरमा चर्पी नहुने र बाहिर निस्कन पनि नमिल्ने भएपछि यहा“का धेरै महिला दिउसो दिसा लाग्ने डरले आधा पेट खाना खान्छन् । पेट खाली राख्दा र सकी-नसकी दिसा सहेर बस्दा महिलाका स्वास्थ्यमा समस्या देखिएका छन् । धेरै गर्भवती, सुत्केरी आमा र बच्चा दुवैलाई कुपोषण भएको छ । ग्याष्ट्रिक नहुने महिला कोही भेटिन्नन् ।
उनीहरूको प्रजनन स्वास्थ्यमा पनि उक्तिकै समस्या छ ।
महिलाका स्वास्थ्यमै असर देखिएपछि यहा“को दुलही लुकाउने परम्परा हटाउन महिला अधिकारसित सम्बन्धित धेरै संघ-संस्थाले पहल गरे पनि । तर घरमा अनिष्ट हुन्छ भन्दै गाउ“लेले आफ्नो चलन छाडेनन् । प्रचलन नछाडेपछि केहीले चर्पी बनाउने अभियान चलाए । तर न घरमा चर्पी बने, न दुलही लुकाउन छाडे । नानीदेखिको बानी कसैले फेरेन । सित्तैमा चर्पी बनाइदिने संघ-संस्था आए पनि उनीहरूले चर्पी बनाएनन् । सामाजिक अभियानकर्ता रामगोपाल वरुढ भन्छन्, "बाजेका पालादेखिको चलन झट्ट हट्दो रहेनछ । नया“ दुलही देखाउन र व्यवस्थित चर्पीमा दिसा बस्न उत्तिकै गाह्रो हुन्छ ।"
प्रश्न उठ्छ, महिला सधैं आधा पेट खाएर रोगिएर बस्ने कि अन्य उपाय खोज्ने - मर्चवार क्षेत्रकी सामाजिक परिचालक श्यामदुलारी हरिजन भन्छिन्, "दुलही लुकाउने र चर्पी नबनाउने दुवै चलन अज्ञानताका कारण भएका हुन् ।" गाउ“लेहरू शिक्षित भए दुलही लुकाउन छाड्नेछन् । स्वास्थ्यप्रति सचेत भए घर-घरमा चर्पी बन्नेछन् । अब दुलही लुकाउन बन्देज गर्ने र खुला रूपमा दिसा-पिसाब गर्नेलाई रोक्ने छुट्टा-छुट्टै कार्यक्रम होइन, संयुक्त रूपमा समाजलाई शिक्षित र स्वास्थ्यप्रति सचेत बनाउने कार्यक्रम ल्याउनर्ुपर्छ । गाउ“ले शिक्षित र सचेत भएमात्र मर्चवारका दुलहीले पेटभरि खान पाउनेछन् ।