[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 63845 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-12-08 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले आउने हो लास्त पार्ट,
चाडै पस्कौ, यो भाग पनि सदा झै राम्रो छ,
ठुल्दै नभएको भये देखिन ज्ञानलाल ले धुलाई खाको है पाक: चाको।

 
Posted on 05-12-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कबिता को ताल देखेर त दिक्कै लाग्यो राहुलदाई, कस्ती होली जता पनि ठीक्क 

अब अर्को भागमा चै सबै नौटन्की बन्द गराएर घोक्रे ठ्याक लगाइदिनुस है कबिता सबिता दुइटैलाई


 
Posted on 05-12-08 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,
ज्ञान लाल र पाक:चा को फाइट त हुन्थ्यो नि बिचमा म पात्र न भएको भए। कथा रमाइलो बनाउन मसला  हाल्ने भए त कती हाल्न मिल्थ्यो, हलुचा, चिकंचा ( तेल) , आलु चा, आदी इत्यादी भिलेन र हिरो का साथीइहरु नि हुन्थ्यो नि। तर यो कथा नि सत्य कथा भएकोले बिना मसला पनि मिठासपूर्ण भए जस्तो मलाई चाँही लागेको छ है।

भउते काजी जी,
कथा मात्र ज्ञान लाल , कबिता सबिता को होइन। कथा तपाईंको पनि हो। सतिसाबित्रिको अभिनय र मोहजालमा फसाइएका अनेकौं ज्ञानलाल हरुको हो। ठीक गर्नु भयो, कुरा लाई निचोड मा पुर्‍याएर शान्तिको सास फेर्नु भयो। शायद ज्ञानलाल ले पनि त्यस्तै गर्ने हुन कि ?

नेपाल को छोरा जी,
सके सम्म छिटो यो कथालाई गन्तब्य मा पुर्‍याएर म नि शान्तिको सास फेर्ने प्रयासमा छु।

लहरे जी,
हो भने म न भएको भए, ज्ञान लाल को बाजा बज्थ्यो होला। बिचरा पाक: चा ठुलदाई संग अली डराउदो रहेछ।

दीपिका जी,
हो अब को आखिरी अंक मा ती नक्कचरी हरु को सम्मानित अवतरण गर्ने प्रयास मा छु।
 


   

 
Posted on 05-14-08 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता
अन्तिम भाग

अब कबिताको नाटकको अन्त्य कसरी गर्ने भन्ने सोचमा आइडिया खोज गर्न थालें। ज्ञान लाल् नि मीठा मिठा सपनाहरु सजाएर आइपुगे, काठमाडौं। कलकत्ता देखि को दुइ दिने  यात्रा भरि उ कबिता संग बिताउने रंगिन पलहरुको बजेट बनाउदै  थिए होला, यता ती पल,  छल मा परिवर्तन भै सकेको के थाहा। आउने बित्तिकै मेरो घर आइपुगे ज्ञान लाल्।

कहिले आइस्?

आज बिहान।
के छ यार हाल खबर?

कस्को? मैले नि दिएं।
मेरो कि उसको?

तेरो नि, उसको त म आफै पत्ता लगाई हाल्छु नि।

ए मेरो, ठिकठाक, गर्मी यता नि छ, उता नि छ। यता धेरै अधर्मीहरु देखें। भेटें।
को अधर्मी? मन मा अलि चिसो घुसे छ ज्ञानलालको मा।

हेर ज्ञान लाल, म तं कहिले आउला र सल्लाह गरौला भनेर बसेको। आजै आइ हालिस्। सिरियस कुरो छ।

के भन न छिट्टै, ( ज्ञानलाल् को सास् फुल्न थाल्यो)

कबिताको बारेमा। तं न रिसाउ एक् छिन, पुरै सुन अनि मात्र रियाक्ट गर।कबिता को बारेमा जे जति मैले नेगेटिभ कुरा देखें सुनें सब सत्य रहेछ। १५-२० दिन अघि पाक:चा आएको थियो, तेरो हात खुट्टा भाच्दिन्छु भनेर।

किन भाच्ने मेरो? कहिले काहि मात्र रिसाउने ज्ञानलाल आगो भयो।

तैले पाक:चाले लभ गरेको केटी माथि आँखा लगाइस् रे। इन्जिनीयरको ध्वाँस दिई चारा हालिस् रे। जबर्जस्ती कबिताको इच्छा बिपरीत घुमाउन लगिस् रे।

ज्ञानलाल को आँखामा आगो होइन पानी बरर् झर्न थाले, मेरो कुरा पुरा नभैकनै।

के यार्, यति कुरा मै रोइस्, मर्द ले के के सहनु पर्छ के के।

म ज्ञान लाल को पीडा महशुस गर्न सक्छु। महशुस गर्नु र पीडा झेल्नु फरक फरक हुन् तर  पनि भन्न करै लाग्छ।

मलाई थाहा छ, तेरो मनमा कति रेक्टर स्केल को भूकम्प आएको छ अहिले। अझै आफ्टर श:क झेल्नु छ। ठण्डा दिमाग ले कसरि डन्डा चलाउने भनेर सोच्ने बेला हो यो।
 अझै पत्याउन सक्दिन तेरो कुरा। अस्ति मात्र कबिताको लेटर् आएको थियो, छुट्टीको प्लानहरु पठाएकी।

लौ सुन, म संग पाक:चा को फोन नम्बर छ, तं आउने बित्तिकै फोन गर्छु र यो द्वेध चरित्रको पर्दाफास गर्ने उपाय भनुला भनेको थिएं। मैले एउटा प्लान सोचेको छु, तं राजी हुन्छस् भने, पाक:चा लाई फोन गरेर त्यहि अनुसार गर भन्छु।

हुन्छ?
के हो प्लान?

अब, म आइपुगें, साह्रै मिस् गरेको छु, भेट्नु पर्‍यो भनेर फोन गर्नु। भोलि शनिबार पनि हो,अरु बहाना  पनि चल्दैन।

 अनि?

पाक: चा  र तं एकै ठाउंमा बसेर फोन गर्ने। पहिला टयाम र ठाम मिलाउ। त्यसको लगत्तै पक:चालाई फोन गर्न लगाउने। भोलि त्यहि समयमा त्यही ठाउंमा भेट्न कर गराउने। संभवत एकै समयमा एकै ठाउंमा भेट्न स्विकार गर्ने छैन। अनि पाक: चा लाई अलि चाँडो २०-३० मिनेट अगाडी त्यहि ठाउं होइन कि संगै को ठाउंमा भेट्न राजी गराउने। त्यस पछि त काजी काम सकियो। दुबै संगै प्रकट हुने।

यो प्लानले काम गर्ला त?

संभवत गर्छ। दुबै लाई नाइ भन्न् सक्दैन त्यसले। एकै ठाम् मा एकै ट्याम मा भेट्न  पनि सक्दैन। तर कर गर्यो भने अलि फरक समय मा फरक ठाउमा भेट्न आउछे, मेरो बिश्वास हो।

लौ यो प्लान अनुसार गर्ने भएं, कहाँ बोलाउने त?
तैले किङ्गस् वे को नाङ्लो मा बोलाउ, पाक चालाई जमल को मिराज मा। ३०मिनेट को फरक मा भए, बाटो पनि पर्छ। तर दुबै जना मिराज मा जाने।

वण्डरफुल आइडिया।

सधै के को हन्डर खान्छस त वण्डरफुल पिलान् न बनाए।

यो प्लान को बारेमा पाक्:चा लाई अवगत गराएं। पाक:चा झन् हौसिए।

प्लान अनुसार सबै हुने भयो। सुरुमा त पक:चा को आग्रह लाई नकारी, माइजु हस्पिटलमा छ उता जानु पर्छ भन्दै। हस्पिटलबाट नजिकै छ, १० मिनेट लाई मात्र भने पछि कबिता आउने भइ।

दुबैलाई बोलाएर भनें, पर्दाफास् हुन्छ नै, तर यसको अर्थ यो होइन को पर्दा च्यात्ने काम् होस्। अर्थात उ आफै लज्जित हुने छे, त्यसैले इज्जत लिने काम नगरिएसै।  बस, तिमी संग को सहयात्रा यहि टुंगियो आइन्दा देखि कुनै ज्ञानलाल कुनै पाक:चा को चोखो माया मा खेलवाड नगर्नु। हर कोइ मान्छे ज्ञानलाल् हुन सक्दैन, हर कोइ पाक:चा। आदि इत्यादि मिलाएर भन।

हुन्छ भन्दै, दुबै जना गए। प्लान अनुसार भए। पर्दाफास् भयो। यो कथा को पर्दा नि खस्यो।


"लौ छोरी, यिनै हुन सबिता र कबिता को कथा। कस्तो लाग्यो त?"
 
"कस्तो नक्कचरी है ड्याडी दुबै जना?"

ती नक्कचरी भए त आफ्नै ठाउंमा हुनु नि, ज्ञान लाल जस्तो सोझो चरा यानी बि-चराको मुटु छोयला-छोयला कचिला-कचिला भएको न बानाउनु नि ।

"अहिले के गर्दै छिन् नि कबिता?"
 
सुन्छु, तिनको अहिले सम्म बिहे भएको छैन रे। बिहे होस् पनि कसरी? एकै चोटी २ जना संग बिहे गर्न खोज्ने? एक जनाले गन्नै नसक्ने गरी बिहे गर्दै जाने, अर्की को चाहिँ बिहे नै नहुने। तिनीहरुको चाल-चलन हाम्रो समाजमा चल्दैन, हाम्रो समाजलाइ पच्दैन। न पचे पछि छेर्छ। त्यहि भएको हो।

हाहाहा!!!!!!!!!!!!! गर्दै छोरी पनि मेरै स्टाइलमा हास्न थाली।


!!!अस्तु!!!


 
Posted on 05-14-08 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कबिताको बल्ल पर्दाफास भएछ ! ज्ञानलाल र पाक: चा लाई एक्कै चोटि मिराजमा देख्दा कबिता यस्तो भयिन होली है ठुल्दाइ?

 

 

धन्यवाद छ ठुल्दाइ !


 
Posted on 05-14-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठे !!!
ठुल्दाइ ले ज्ञानलाल को उद्वार गर्दिनु भएछ नत्र आजसम्म पनि कबिताकै 'ट्याउटिस' भित्र हुन्थ्यो होला  अहिले कबिता ले 'धेरै केटालाई एकैचोटि कसरी घुमाउने' भनेर ट्युसन पढाउछे होला त्यही भएर बिहे गर्न पनि फुर्सत पाईन कि?
जे भयो भयो अब चाँही अल्ली राम्रो मान्छेको कथा सुनाउनोस है
 
Posted on 05-15-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,
सधैं पाक:चा र ज्ञानलाल लाई मिराज देखाउने कबिताको मिराजमा दुबइ लाई देख्दा कस्तो भयो होला है? आफु नगएको ले भन्न सकिएन। जे भयो राम्रो भयो। कथा कबिता को सकियो।

 

पर्बते जी,

हो यस्ता नक्कचरिहरु को कथा मलाई नि मन पर्दैन। तर एक चोटि यस्ता नकावधारी सतिसाबित्रिहरु को नि लेख्नै पर्छ जस्तो लागेर मात्र।
अब आउने कथा राम्रो मान्छे कै हुने छ। राम्रो मान्छे ले सधैं दु:ख खान्छ, त्यही दु:ख लेख्दै छु।
 


 
Posted on 05-15-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,
सधैं पाक:चा र ज्ञानलाल लाई मिराज देखाउने कबिताको मिराजमा दुबइ लाई देख्दा कस्तो भयो होला है? आफु नगएको ले भन्न सकिएन। जे भयो राम्रो भयो। कथा कबिता को सकियो।

 

पर्बते जी,

हो यस्ता नक्कचरिहरु को कथा मलाई नि मन पर्दैन। तर एक चोटि यस्ता नकावधारी सतिसाबित्रिहरु को नि लेख्नै पर्छ जस्तो लागेर मात्र।
अब आउने कथा राम्रो मान्छे कै हुने छ। राम्रो मान्छे ले सधैं दु:ख खान्छ, त्यही दु:ख लेख्दै छु।
 


 
Posted on 05-15-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ALi kati Rahulvai ko style me Kabita Mirage ma gayeko pani explain garnu parne.....ani maja hunthiyo.

 

 


 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै बदो  मज्जा आयो कथा पढेर। तर क्लैमेक्स अली चाडओ गर्नु भयो। त्यो मिराज मा के के भयो होला है? जे होस् दाई गज्जब भयो। म त अब  प्रिन्ट गरेर रख्छु  
 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै बदो  मज्जा आयो कथा पढेर। तर क्लैमेक्स अली चाडओ गर्नु भयो। त्यो मिराज मा के के भयो होला है? जे होस् दाई गज्जब भयो। म त अब  प्रिन्ट गरेर रख्छु  
 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गजबको रमाइलो कथा सकियो! राम्रो सेटको खुराक पस्केकोमा धन्यवाद् छ ठुल्दाई!

""अब आउने कथा राम्रो मान्छेको हुनेछ""  केहि नराम्रा मान्छेहरु र घटनाहरु नि राख्नोस है ठुल्दाई आगामि कथामा! ट्विस्ट राम्रो हुन्छ के। यो कथामा मलाई मजा लागेको चाहिँ के हुन्छ थाहा नहुनु हो। अनि अर्को कुरा रमाइला शब्द र घटनाको उतारचढावले कथालाई मनोरंजक बनायो!

साधुवाद्!


 
Posted on 05-15-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शितल बी जी
हुन त हुन्थ्यो तर आफु न गएको सिनको वाख्या अली हावादारी हुने हो कि भन्ने डर ले ने लेखेको। जे होस् काम भयो त्यसइमा ठुलदाइ मख्ख।

रबी जी,

सिनेमा को पट्कथा भए क्लाइमेक्स अली फाइट साइट राखेर गर्नु हुन्थ्यो। ठुलदाइ को शिष्य अनी साथी पर्‍यो, सोबर हुने नै भयो। जे भयो, प्रेमा को मिराज, मिराज मै गएर अन्त्य भयो। संयोग नि कस्तो है?


बिर्खे जी,

हुन्छ , अर्को कथामा सबै जना हुने छन। हिरो हिरोइन भिलेन, जोकर नोकर। समष्टी मा कथा मन पराइ कमेण्ट हान्दिनु भयो, यही नै मेरो लागि पुरस्कार भयो।

 
 


 
Posted on 05-15-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


द ज्ञानलाल, द कबिता र द पाक चा: को मिराजमा भएको ट्राइङगुलर डेटको अली अली सम्बाद राख्दिनु पर्थ्यो कि ठुल्दाइ, मजा आउथ्यो पढ्न !
जे होस् इट वाज इन्टरेस्टिङ

 
Posted on 05-16-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ यि दुबै को कथा पनि सकियो। ज्ञानलाल र पाक: लाई चै भलो नै गर्दिनु भएछ हजुरले। अब अर्को राम्रो गुण भएकी केटीको सुनाउनु न त है, पढेर आनन्द हुने खालको कथा  अझ हजुरको त्यो हास्य ब्यङ मिस्त्रित रचनाले झन सुनमा सुगन्ध हुन्छ।
 
Posted on 05-16-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Dai,

Maile pani balla sake Sabita ra Kabita ko chartikala padera. Tini haruko chartikala dekhera ris pani uthyo ra hajur ko hasybyanga bhareko lekhai padera has pani uthyo. Tulana garda hajur ko hasyabyanga le jityo. Aba arko katha kahile aucha?


 
Posted on 05-16-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी,
पढ्नु भयो होइन, नक्कचरी हरी चिरबिरी? अब आउने कथा फेरी पनि एक दु:ख पाएकी नारी को नै हुने छ। आशा छ सदा झै मन पराइ दिनु हुने छ।

सुजाता जी,

न रिसाउनुस्, तर सतर्क हुनुस्। यस्ता सती साबित्रिको ढोंग गर्ने मुम्बईयाहरु धेरै छन हाम्रो समाजमा।


 
Posted on 05-21-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ कस्ता कस्ता मान्छे देख्नु पर्छ है यही जूनिमा। हाम्ले नि देख्छम तर हजुरले जस्तो अछ्यर्मा उतार्न हम्मे हुन्छ, कस्तो राम्ररी प्रस्तुत गर्नु भो हजुरले चाँही।

 
Posted on 05-21-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty ji,

सबिता र कबिता लाई चिन्नु भएको मा धन्यवाद 

Last edited: 21-May-08 09:17 AM

 
Posted on 06-03-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी मैले पनि चिने कबिता र सबिता लाइ। समाजमा देखा पर्ने बिभिन्न चरित्रहरु मध्य यि खराब चरित्रहरुको चित्रण र मिसिएको हास्य अनी ब्यंग्य रमाइलो भयो। अब कस्को कथा आउछ त दाइ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters