[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 छुटेको साथ र जितेको सम्बन्ध ।
[VIEWED 3552 TIMES]
SAVE! for ease of future access.
Posted on 01-04-08 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै शनिबार कान्तिपुर कोशेलीमा पढेको थिए, 'एउटा युवकको जीवनमा ४ वटा कुरा महत्त्वपुर्ण हुन्छ- घडि, रेडियो, साइकल र युवती ।' समय सँगै यी प्रतिनिधिहरुको स्वरुप फेरिएको छ तर महत्त्व जस्ताको त्यस्तै । म जति नै साधु भएर हिडें पनि यी चार कुराको महत्त्व मेरो जीवनमा पनि उस्तै नै छ। म बिराटनगर चाहेका/नचाहेका, रोजेका/नरोजेका कारणहरुले पुगेको थिए; जागिरको क्रममा । त्यो ठाँउ न मेरो बाध्यता थियो न त नै रोजाइ । तर त्यो समयमा म त्यहि थिए र त्यो नै वास्तविकता थियो। एक्लो मान्छे र अफिसको इन्टरनेट । डेरा छिटो जाने हतार पनि खासै थिएन । मेरो डेरा जाने समय एकदमै अनियमित हुनु स्वाभाविक थियो ।
एक दिन डेरा मा त्यसै पल्टेको थिए, अफिसबाट आएर । मेरो कोठाको ढोकामा कसैले नराम्रो संग हिर्कायो । एकछिन झनक्क रिस उठ्यो । त्यो 'ढ्वाङ्ग' आवाजले मेरो एकान्त बिग्रायो । एकैछिनको सन्नाटापछि बच्चा रोएको आवाज आयो । अल्छि मान्दै ढोका खोलेर हेरे । डेढ बर्ष जतिको बच्चा मेरो कोठा अगाडि रहेछ । रुदै बसेको । वरिपरि कोहि थिएनन् । भान्जा भान्जी खेलाएकोले बच्चा फकाउन मलाई त्यस्तो गाह्रो हुदैन। । गाजल लगाएका ठुला ठुला आंखा, मगमग बास्ना आईहेको, मेथी फुराएर, कपालमा अलिक धेरै नै लगाएको तोरीको तेल, फुलाटिनको दौरा सुरुवाल अनि पाक्क पुक्क परेका हात गोडा ।
आँसु गाला सम्म बगेर तल झर्दै थिए । मलाई देखेर बच्चा चुप त भयो तर आँसु थामिएनन् । मैले उसलाई बोक्न दुइ हात अगाडि बढाए । उ सरक्क म तिर आयो । मैले उसलाई उठाँए । उसलाई आफूतिर फर्काएर, देब्रे हातले आड दिइ दाहिने हातले सम्हाले।। बच्चा बोक्दाको त्यो अनुभव अति नै न्यानो र मीठो हुन्छ । फेरि मैले त्यसरी बच्चा नबोकेको पनि धेरै भएको थियो । आफ्ना बोक्ने पनि त कोहि छैनन् । के गर्ने ।
निकै आत्मिय अनुभव पाए मैले त्यो बेला । दाहिने हातले उसको आंसु पुस्दै सोधे "तिमीलाई कां लागो?" "यहां हो? " भनेर उसको टाउको देखांए । उसले समर्थन मा टाउको हल्लायो । यसलाई 'पाइया-पाइया' भनेर ढोकालाई पिटिदिए । अनि उसलाई पनि ढोका पट्टी अलिकति ढल्काएर राखें । उसले पनि 'ला - ला पाइया' भन्दै पिट्यो । बिचरो मेरो निर्दोष ढोका ।
हामी दुइजना मेरो कोठामा थियौं- बात मार्दै । 'यो के?" "त्यो के?" उसका प्रश्‌न थिए मेरा कोठाका हरेक अनाथ चिजहरुलाई । म कहिले सांचो त कहिले 'औतारी' जवाफ दिन्थे । उ संग नाक जुधाउंदाको अनुभव झनै मीठो थियो । 'तिम्लो नाकलाई मेलो नाकले खाइदियो ' भन्दै नाक जुधाएको र उसको त्यो खित्खिताएको हाँसो । बढो मोहक थियो । अनि त्यो हासो संगै उछिट्टिएर आएको उसको सिंगान । हत्त न पत्त मुख धोए । तर घिन भने त्यस्तो धेरै लागेन त्यो बेला । खेल्दै गए, रमाउदै गए, त्यहि बच्चा संग हराउँदै गए ।
केटा हो कि केटि हो, जान्न मन लाग्यो । उसको लुगा तानेर जान्न अफ्ठ्यारो लाग्यो । मैले सकिन । 'तिम्लो नाम के?' मैले सोध्न बिर्सिएको प्रश्न थियो । तोते बोलि मा जवाफ पाए " तुमन" । 'सुमन' पुरानो तर राम्रो लाग्ने नाम । तर त्यो उत्तर ले मेरो द्विविधा अन्त्य गर्न सकेन ।
समय एक पलमा बित्यो । बाहिर २-३ जनाको आवाज आयो । मेरी घर धनि दिदी र बच्चाकी आमा बच्चा खोज्दै रहेछन् । "बाहिर लडेको रहेछ । मैले फुल्याउन भित्र ल्याएको ।" भन्दै मैले सुमनलाई उसकी आमाको हातमा दिए । आफ्नी आमा पाएपछि मसंगको क्षणिक साथलाई चटक्क छोडेर , उसले आमाको अंगालोमा हाम फाल्यो । "हामी त कता हराइछे भनेर बाहिर खोज्न हिडेका ।" मेरी घरधनि दिदीले वातावरण सन्तुलित बनाउनु भयो । सुमनले एकै पटक भएपनि मलाई फर्केर हेरोस जस्तो लागेको थियो । अंह, हेरिन् ।बरु उसकी आमा मुस्काइन् कालो बुट्टादार साडी र रातो ब्लाउजमा वहांको मुस्कान मीठो थियो ।

त्यस दिन पछि सुमन मेरो पक्का साथी भयो । म अफिस पछिको आधा घण्टा ४५ मिनेट उ संग नै बित्‌न थाल्यो । मैले बिरानो बिराटनगरमा सानो साथी पाए । मलाई डेरा छिटो पुग्ने बहाना थियो सुमन । त्यो तोते बोलिमा उसले 'अंकल' भनेको मलाई प्यारो लाग्दथ्यो । म सुमनलाई कहिले काहिं चक्लेट लैजान्थे तर उसकि आमाले 'यसलाई चक्लेट दिने बानि नगर्नुहोस है' भन्नु भयो एक दिन । मैले प्रतिवाद गरिन वा भनौ गर्न सकिन ।

सुमनसंग बसेको समयमा मैले मेरो 'घडि' पनि बिर्सन्थे, 'रेडियो' पनि, 'साइकल' पनि र मेरी 'युवती' पनि । शायद म त्यति बेला आफैलाई बिर्सन्थे ।

दिनहरु त्यसरि नै चल्दै गए । सुमनको बाबा जनकपुरमा जागिरे । १५-२० दिनमा एकपटक घर आउनु हुन्थ्यो । सुमन बाहेक मेरो अरुसंग खासै बातचित हुदैन थियो । मलाई मन पनि लाग्दैन थियो र जरुरि पनि हुदैनथियो ।

लोड सेडिङ्गको एक सांझ म छतमा बसिसहेको थिए । अध्यारो भइसकेको थियो । एकदुईजना आइमाई मान्छे खासखुस गरेको आवाज सुने । आवाज मधुरो भएकोले प्रष्ट संग सुन्न सकिन ।

" किन गर्नु अर्काको छोराछोरीलाई माया"
"लाग्यो होला नि"
" आ आफ्ना छोरा छोरी त झर्को लाग्छ बेला बेला, अर्का को "
"आमा चाहिं को पो लागेको हो कि?"
---------------------------------------------------
---------------------------------------------------

त्यस पछिको वार्ता सुनिएन वा मैले सुनिन । सुन्ने धैर्यता पनि भएन । म बिस्तारै कोठा आएं । कसले कुरा गरेको, कसको बिषयमा गरेको, त्यो मलाई थाहा भएन। तर त्यो अस्पष्ट, अंध्यारो बातचितको अन्तिम वाक्य मेरो मनमा नराम्ररी बिझ्यो । "के मलाई नै भनेको हो त?" यकिन त मैले पनि गर्न सकिन ।
"के गरौं के?", त्यसै छटपट्टि भयो ।
"के मेरै बारेमा कुरा गरेको हो त?"
निश्चित उत्तर म संग थिएन । तर त्यो वार्ता मलाई भावनात्मक रुपमा बिचलित बानाउन काफि थियो । न म संग त्यो बातचितको निश्चितता थियो न त नै अब के गरौ भन्ने कुरा को उत्तर । म रात भरि छट्पट्टि नै रहें । त्यो यस्तो परिस्थिति थियो जसमा सोधिएका invalid questions को वैधानिकतामा न प्रश्न गर्न सकिन्थ्यो न प्रतिबाद नै गर्न । म लाचार थिए, त्यो रात ।
मैले एउटा मात्र उपाय सोच्न सके- बिना बहस डेरा सर्ने । मन हलुङ्गो भयो ।डेरा सर्ने ताम झाम मा लागें । दैवले मेरो बाटो सजिलो बनाइदिए । मेरो सरुवा भयो काठमाण्डौं त्यहि महिना । म खुला दिलका साथ बिराटनगर छोड्न तयार भए ।
अहिले काठमाण्डौं को चिसो डेरामा एक्लै बसेको छु । कम्प्युटर खुल्ला छ । मुकेश जी गीत गाउंदै छन -" इकदिन बिकजाओगे माटि के मोल जग मे रेहेजाएन्गे प्यारे तेरे बोल ।"
वालपेपर मा सुमनको फोटो राखेको छु । चिया संगै म सुमन संगको समयमा पुगेको छु ।म तनाव मुक्त छु । न्यानो अनुभव गरेको छु । शायद समस्याबाट भाग्नु पनि कहिले काहिं त्यसको  समाधान हुदों रहेछ ...........
 

 
Posted on 01-04-08 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ!

पहिलोपटक पढ्ने मौका पाइयो सिताराम सर पछिको, तर साहित्यमा कलम राम्रो संग चल्दोरहेछ तपाइँको, लेख्ने बानि रहेछ!, आशा छ अरु पनि पस्कनुहुनेछ!

 

Last edited: 04-Jan-08 11:37 PM

 
Posted on 01-05-08 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा प्रती बद्दी नै आकर्शित भएको जस्तो लाग्यो।  अरु सबै सत्यतथ्य रामजाने।


 
Posted on 01-05-08 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बच्चा प्रती बद्दी नै आकर्शित भएको जस्तो लाग्यो।  अरु सबै सत्यतथ्य रामजाने।


 
Posted on 01-05-08 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kathakar ta yeha po hunu hudo raicha, haina pahila kaha hunuhunthyo bhanya?

tapaiko lekhan shaile man paryo malai


 
Posted on 01-05-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe_Maila दाई

सम्झिदिनु भएको र फुर्काइदिनु भएकोमा धन्यबाद । साझाको स्तर माथि छ, त्यसैले रचना टाँस्न डर लाग्छ ।  म प्रयास गर्ने छु ।

sabaiko satru  जि,

उठाउनु भइको आरोप सहि नै हो । मेरो उमेरको या मेरो मन को दोष हुन सक्छ । कथा पूर्ण रुपमा काल्पनिक हो । आगे हजुर को बिचार ।

crazy_love  जि,

म त यतै कतै छु, संसार को कुनै ठाऊं मा । यति मीठो कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।

 


 
Posted on 01-05-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा चाइ घच्चिको लाग्यो। लेखाइ सारै राम्रो छ। कमल त सारै मज्जा ले चलाउनु हुदो रहेछ। बरु समय ले साथ दिए सम्म बेला-बेलामा खुराक पस्किदै गरे हामी जस्ता पाठक धन्य हुन्थ्यौ होला।
 
Posted on 01-05-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो कथा।  पहिले कहिले पढेकी थिन हजुरको कथा। साँच्चिकै कथाकार त हजुर पो हुनुहुदो रहिछ।
छोटो अनी मिठो, अरु पनि लेख्दै गर्नुस।

 


 
Posted on 01-05-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यो हासो संगै उछिट्टिएर आएको उसको सिंगान--- kati lively expression -- arupani padhney mauka dinuhos hai. 
 
Posted on 01-05-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जि, राम्रो अयो त, पहिलो प्रस्तुति। किन यति ढीला हो त।

ल जावस् जावस् अरु पनि।


 
Posted on 01-05-08 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lively , very near to truth and touchy...................feelings reloaded thanx for giving us the oppurtunity to read such a nice story..........finished it in a shot


 
Posted on 01-05-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramro sanga lekhnu bhayeko.. sakiyeko pani thahai bhayena..aru pani lekhdai garnu hola..


 
Posted on 01-06-08 2:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal ko chora जी

dipika02 जी

pjna007 जी

SurNaTal दाई, ( i guess i know you . if you are a karki.....pulchowk.. 54/55 batch elx/com????)

fucheketo जी,

kancha01  जी

सबैलाई धन्यबाद, मन पराईदिनु भएको मा र यति मीठो प्रोत्साहन दिनुभएकोमा । अरु सबैलाई पनि धन्यबाद,।।।

 

 

 


 
Posted on 01-10-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fataha manche, writing frequency chai alle bada hai sathi...
Last edited: 10-Jan-08 01:19 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
पाप न साप घोप्टो पारि थाप !!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters