[Show all top banners]

blue_moon

More by blue_moon
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चुनावमा वाईसीएल
[VIEWED 1241 TIMES]
SAVE! for ease of future access.
Posted on 07-19-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्री र प्रचण्डको सम्बन्ध फेरि बिग्रिएलाजस्तो छ। किनभने प्रचण्डले अहिले भर्खरै वाईसीएलको नाम लिनुभएको छ। वाईसीएलको नाम लियो कि प्रधानमन्त्रीको दिमाग तातिहाल्छ। प्रचण्डले वाईसीएलको नाम त्यसै लिएको होइन। अब हुने संविधानसभाको चुनावमा सशस्त्र प्रहरी र वाईसीएल मिलाएर सुरक्षा दिनुपर्छ रे !

चुनावलाई वाईसीएलले सुरक्षा दिने भन्नेबित्तिकै भोट खसाल्ने मतदाताको संख्या ७५ प्रतिशत घट्छ। बा147की २५ प्रतिशतले पनि भोटै खसाल्नु पर्दैन। उनीहरूको भोट पनि वाईसीएलले नै खसालिसकेको हुन्छ। आखिर वाईसीएल जनताको सेवा गर्ने संस्था हो। जनताको बाटो बनाउने मात्र होइन जनताको भोट खसाल्ने काममा पनि वाईसीएल अगाडि नै छ भन्ने कुरा त्यसले प्रमाणित गर्नेछ।

प्रचण्डको यस्तो प्रस्ताव सुनेर प्रधानमन्त्रीलाई फेरि दम बढेको हुनुपर्छ। देशमा चुनाव जित्ने गिरिजाप्रसाद कोइरालाको आ207नै मौलिक शैली छ। त्यो यसपालि पनि लागु हुने। यदि चुनावको जिम्मा वाईसीएललाई दिने हो भने कोइरालाको शैली कसरी लागु हुन्छ? तस्कर र भ्रष्ट व्यापारी भनेपछि वाईसीएलले छोड्दै नछोड्ने। उता, तस्कर र भ्रष्ट पाएसम्म कांग्रेसले छोड्दै नछोड्ने। कुरा कसरी मिल्छ? जसले कोइरालालाई समर्थन गर्न खोजेको हो, त्यसैलाई वाईसीएलले समाइदियो भने के गर्ने?

पक्का छ, कोइरालालाई समर्थन गर्नेहरू बढीभन्दा बढी वाईसीएलको हिटलिष्टमा परेका हुन्छन्। उनीहरू वाईसीएलको हिटलिष्टमा परेकाले कोइरालाका सहयोगी बनेका हुन् वा कोइरालाको सहयोगी भएकाले वाईसीएलको हिटलिष्टमा परेका हुन्, त्यो छुट्टै खोजको विषय होला। तर, वाईसीएललाई चुनावको सुरक्षामा ल्याउने भनेको सुन्दा पक्कै पनि प्रधानमन्त्रीको स्वास्थ्यमा धक्का पुगेको हुनुपर्छ। कि कसो गोकर्ण र बालकृष्ण ब्रो?

Source:damadol
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters