[Show all top banners]

dd_sh
Replies to this thread:

More by dd_sh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारस केटी काण्डमा
[VIEWED 2685 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारस विक्रम केटी काण्डमा, पारस र हिमानी विच मारामार, वोलचाल बन्द

इनेपाल न्यूज डट कम जेठ ३० गते । आज प्रकासित भएको नयां पत्रिकाले राजदरवारका कुख्यात चरित्र पारसका वारेमा एउटा समाचार प्रकासित गरेको जहां युवराज पारस र हिमानी विच चर्केको द्धन्दको सविस्तार लगाएको छ । हेर्नुहोस त्यो समाचार जस्ताको त्यस्तै ।

तीन महिनादेखि गोकर्ण दरवार मा बस्दै आएका युवराज पारस र युवराज्ञी हिमानीबीचा घरायसी झगडा उत्कर्षा पुगेको छ । दिनहु हुने खटपटले चरम रूप लिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको छ ।
सिनामंगल निवासी इच्छा पाण्डेस"ग पारसको सम्बन्धका कारण परिवारमा झगडाको बिउ रोपिएको हो । पारस र इच्छाको सम्बन्ध तोड्न नसकेपछि हिमानी आफन्तको घरमा गएर हारगुहार गर्न थालेकी छन् ।

तीन छोरा-छोरीकी आमा हिमानी गत २३ गते बुधबार आफ्नी दिदीको घरमा गएकी थिइन् । मुनड्रप्स ओभरसिजका सञ्चालक प्रसिद्धसम्सेरकी श्रीमती हिमानीकी सहोदर दिदी हुन् । समाचार स्रोतका अनुसार हिमानीले दिदीसित भनेकी थिइन्, 'अब त अति भो, म ऊस"ग बस्न सक्दिन । आइ बिकेम फेल्योर इन अल एटेम्प्ट ।'
पारस र इच्छाको सम्बन्ध नौलो होइन, पारसको बिहे हुनुभन्दा एक वर्षघि बबरमहलको रिभिजिटेड होटल छेउमा उनीहरूको पहिलो भेट भएको थियो । मदिरा सेवनकै क्रममा भेट भएको जानकारहरू बताउ"छन् । दुइ विवाह गरिसकेकी इच्छाका दुवै श्रीमान्को मृत्यु भइसकेको छ । पहिलो भेटदेखि लोभिएका पारसले उनका लागि सिनामंगलमा एक घर किनेर राखेका थिए । प्रेम प्रस्ताव पारस आफैंले राखेका थिए । समाचार स्रोतका अनुसार उनी पारसलाई 'त"' भन्थिन् ।

इच्छाका बाबु एनडी जोशी लैनचौरमा फर्निचर व्यवसाय गर्छन् । इच्छाको पहिलो बिहे थापाथली निवासी पाण्डे थरका युवकसग भएको थियो । लागूऔषध दर्ुर्व्यसनका कारण उनका दुवै श्रीमान्को मृत्यु भएको हो । उनले अहिलेसम्म पनि पहिलो पतिकै थर लेख्ने गरेकी छन् ।

कालिकास्थानकी हिमानीसित विवाह भएपछि पनि पारस र इच्छाबीच भेटघाट निरन्तर थियो । जानकारहरूका अनुसार इच्छाले पारसलाई लक्षित गर्दै भन्ने गर्थिन्, 'त" केको शाहज्यादा - राजा हुनेखालको मान्छे होस् ।'

ज्योतिष विद्या जानेको दाबी गर्ने उनी भन्ने गर्थिन्, 'त त युवराज हुनुपर्ने, अझ राजै हुनुपर्ने, म तलाई शाहज्यादा भन्दिन ।'

१८ असोज २०५९ पछि इच्छा र पारसको भेट ठप्पै भएको थियो । दरबार सक्रिय राजनीतिमा आएपछि अब केके हुने भन्ने डरले इच्छा पारसस"ग टाढिएकी थिइन् । 'इच्छा सजग भएकी रहिछिन्, पारससित धेरै समयसम्म सर्म्पर्क भएन' समाचार स्रोत भन्छ, 'त्यसपछि पारसले काठमाडौंभर इच्छालाई खोजे, फेला पार्न सकेनन् ।' इच्छासित पारसको सम्बन्धबारे हिमानीले वैशाख २०६१ मा मात्र थाहा पाएकी थिइन् । वैशाखको पहिलो सातातिर हिमानी र छोरा-छोरीसहित पुतलीसडकतिरबाट कमलादीतिर गइरहेका बेला पारसले बागबजार छेउमा बाटो काट्दै गरेकी इच्छालाई देखेका थिए । 'पारसले गाडीको सिसा खोलेर एइ.... भनेर कराए' समाचार स्रोत भन्छ, 'तर इच्छाले वास्ता नगरी बाटो काटिन् । पारस हेरेकोहेर्‍यै भए ।'
त्यस दिन हिमानीले ती युवतीबारे पारससित धेरै सोधखोज गरेकी थिइन् । स्रोतका अनुसार इच्छाकै विषयमा उनीहरूबीच झगडा भएको थियो । १५ असोज २०६१ मा नया" बानेश्वरको एभरेस्ट होटलभित्रको ग्यालेक्सी डिस्कोमा पारस र इच्छाको भेट भएको थियो ।

गोरखसम्सेर र प्रगुनसम्सेरसहित डिस्को गएका पारसले इच्छालाई भेटेपछि असामान्य व्यवहार गरेका थिए । इच्छास"ग अंकमाल गर्दै पारस नाच्न थालेपछि गोरखसम्सेरले निर्मल निवासमा हिमानीलाई फोन गरी जानकारी गराएका थिए । खबर सुनेर हिमानी ग्यालेक्सी डिस्कोमा आएपछि पारस
'टेम्पर'मा आएका थिए, उनले हवाई फायर गरेर होटल परिसरलाई आतंकित बनाएका थिए । श्रीमतीले असामान्य अवस्थामा फेला पारेपछि आफंै रिसाएका पारस ठमेल पुगेर आतंक मच्चाउ"दै पोखरा पुगेका थिए । पोखरा पृथ्वीचोकमा गाडी रोक्न खोज्ने ट्राफिक प्रहरीलाई उनले झन्डै 'सुट' गरेका थिए । पछि फेवातालमा पारस चढेको डुगा दुघटनामा पर्दा उनी बालबाल बचेका थिए । त्यसपछि पनि हिमानीलाई छलेर उनले इच्छासित भेट गर्दै आएका छन् । इच्छाले सिनामंगलको घर बेचेर अहिले निर्मलनिवास नजिकै बस्न थालेकी छन् ।

सुन्दर मुहारकी धनी इच्छा अत्यधिक लागूऔषध सेवन गर्छिन्, यही कारणले पनि पारस र उनको सम्बन्ध अकाट्य बन्दै गएको समाचार स्रोत बताउ"छ ।पारसलाई इच्छाको प्रेमबन्धनबाट मुक्त गराउन हिमानीले हरेक प्रयास गरिसकेकी छन् । हिमानीकै दबाबमा पारस परिवार तीन महिनादेखि गोकर्ण दरवार बस्दै आएको थियो । तैपनि पतिको बानी नसुध्रिएपछि उनी हारगुहार गर्दै आफन्तकहा धाउन थालेकी हुन् ।

 
Posted on 06-13-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-13-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he's one lucky sob he's got money he's got gals but i bet he has more problems than any of us.
 
Posted on 06-13-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well I dont know about Paras,
But If I get chance to date Himani, I dont mind going out with her couple of times....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters